मापसे गरेका पति-पत्नीबीचको झगडामा चार महिने शिशुको ज्यान गयो
विराटनगर । मादक पदार्थ सेवन गरेका पति-पत्नीबीचको झगडामा निर्दोष चार महिने शिशुले ज्यान गुमाउनु परेको छ । घटना पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका-२ अर्मलेको हो । २१ वर्षीय दीपेन्द्र परियार र उनकी पत्नी ३५ वर्षीया कमला परियारबीच सोमबार राति झगडा भएको थियो ।
सोही क्रममा कमलाले शिशुलाई ढुङ्गाले हानेर सख्त घाइते बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । शिशुलाई उपचारका लागि पाल्पास्थित र...