मोरङ र उदयपुरबाट लागूऔषधसहित ६ जना पक्राउ
विराटनगर । मोरङ र उदयपुरबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । उदयपुरको कटारी नगरपालिका-४ मा लागूऔषध बिक्री भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले पाँच जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । ट्रामाडोल र स्पास्मो आठ सय ७७ ट्याब्लेटसहित सोही स्थानका ३१ वर्षीय बिनय सुनुवार, ३४ वर्षीय हरि कृष्ण राई, २६ वर्षीय...






























