महोत्सव विवादीत भएपछि मुख्यमन्त्री राई उद्घाटनमा नआउने

महोत्सव विवादीत भएपछि मुख्यमन्त्री राई उद्घाटनमा नआउने

उदयपुर, १५ फागुन ।  प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राई उदयपुरको गाईघाटमा हुने महोत्सवमा नआउने भएका छन् । जिल्लाको सदरमुकाम गाईघाट स्थित त्रियुगा उद्योग वाणिज्य संघले आयोजना गरेको पहिलो प्रदेश महोत्सव त्रियुगा –२०७४ विवादीत भएपछि मुख्यमन्त्री राई नआउने भएका हुन् । मुख्यमन्त्री राई प्रमुख अतिथिकको रुपमा आउने भनिएपनि महोत्सव बिवादीत हुदै गएपछि नआउने भएको हो । परिक्षाको मुखमा महोत्सव राखेको,...
सीमामै विषादी जाँच्न निर्देशन

सीमामै विषादी जाँच्न निर्देशन

काँकडभिट्टा, १५ फागुन । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले पूर्वी नाका काँकडभिट्टाबाट विषादीयुक्त र प्रतिबन्धित खाद्य वस्तुको आयात कडाइका साथ रोक्न सीमाका सरकारी कार्यालय र सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । मेची भन्सार तथा प्लान्ट, खाद्य र पशु क्वारेन्टाइन कार्यालयका अधिकारीलाई नगरपालिकाको कार्यालयमै सोमबार बोलाएर उहाँले निर्देशन दिनुभएको हो । मानव स्वास्थ्यमा घातक असर पु¥याइरहेको ...
भोजपुरका द्वन्द्व पीडितसँग एक दिने अन्तरक्रिया

भोजपुरका द्वन्द्व पीडितसँग एक दिने अन्तरक्रिया

भोजपुर, १५ फागुन । भोजपुरका द्वन्द्वपीडितसँग एकदिने अन्तरक्रिया सम्पन्न भएको छ । स्थानीय शान्ति समिति, भोजपुरले सोमबार आयोजना गरेको नगरस्तरीय द्वन्द्वपीडितसँग एकदिने छलफल तथा अन्तरक्रियामा सहभागीले द्वन्द्वपीडितको परिवारलाई नेपाल सरकारले चाँडोभन्दा चाँडो राहत उपलब्ध गराउनु पर्ने माग राखेका छन् । द्वन्द्वका क्रममा अंगभंग भएका पीडित परिवारका छोराछोरीलाई समेत सरकारले निःशुल्क पढाउने वातावरण बना...
ट्रलीमा जोडेको फलामको किलाले लागेर मृत्यु

ट्रलीमा जोडेको फलामको किलाले लागेर मृत्यु

उर्लाबारी, मोरङ, १५ फागुन ।  मोरङको धनपालथान–१ स्थित भित्री सडकखण्डमा ट्र्याक्टरको ट्रलीमा जोडेको फलामको किलाले लागेर सहचालकको गएराति मृत्यु भएको छ । कदमाहा–गडेरिया भित्री सडकखण्डमा कदमाहाबाट गडेरियातर्फ जाँदै गरेको को १ त ६७६० नम्बरको ट्र्याक्टरको ट्रलीमा जोडेको फलामको किला उछिट्टिएर छातीमा लाग्दा भारत अररिया जिल्ला बस्ने ४० वर्षीय साजित मिँयाको मृत्यु भएको हो । घटनामा गम्भीर घाइते भएका उनक...
इलाम बजार स्थापनाको २०० औँ बार्षिकोत्सव मनाइने

इलाम बजार स्थापनाको २०० औँ बार्षिकोत्सव मनाइने

इलाम, १५ फागुन।  इलाम बजार स्थापना भएको दुई शताब्दी पुगेको अवसरमा आगामी वर्ष २०० औँ वर्षगाँठ भव्यरूपमा मनाइने भएको छ । विसं २०७५ सालमा हालको सदरमुकाम इलाम बजार स्थापना भएको २०० वर्ष पुग्दैछ । भारतसँगको सुगौली सन्धिपछि नगरीगढी (हाल भारत) बाट फर्किएको श्रीनाथ पल्टन इलामको माइस्थानमा आएर बसेपछि इलाम बजार स्थापना भएको थियो । सुगौली सन्धिपछि नेपाल पक्षले जितेको भूभाग छाड्दै आउने क्रममा विसं १८७५ मा ...
खोटाङको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा डुंगा सञ्चालन

खोटाङको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा डुंगा सञ्चालन

खोटाङ, १५ फागुन ।  धार्मिक तथा पर्यटकीयस्थल खोटाङको बराहपोखरीमा डुंगा सञ्चालनमा ल्याइएको छ । बराहपोखरी गाउँपालिका–१, बराहपोखरीमा रहेको करिब ३३० मिटर लम्बाइ र २१० मिटर चौडाइ भएको बराहपोखरीमा जलयात्रा गर्दै मनोरञ्जनका लागि तीनवटा डुंगा सञ्चालनमा ल्याइएको हो । उचित संरक्षण र संवद्र्धनको अभावमा हालसम्म ओझेलमा रहेको बराहपोखरीको पर्यटन प्रवद्र्धनका लागि डुंगा सयर गर्ने व्यवस्था मिलाइएको बराहपोखर...
अरुण तेस्रो परियोजनाका लागि २ सय ५८ परिवारलाई मुआब्जा वितरण

अरुण तेस्रो परियोजनाका लागि २ सय ५८ परिवारलाई मुआब्जा वितरण

संखुवासभा, १५ फागुन । अरुण तेस्रो परियोजनाका लागि जिल्ला प्रशासन कार्यालयले २ सय ५८ परिवारलाई मुआब्जा वितरण गरेको छ । उनीहरूलाई १ अर्ब ९५ करोड २५ लाख ३७ हजार १ सय ५ रुपैयाँ वितरण गरेको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए । ‘प्रभावित क्षेत्रका २ सय ५८ परिवारलाई बैक मार्फत मुआब्जा वितरण गरिसक्यौं,’ उनले भने, ‘सबैलाई बैंक खाता खोल्न लगाएर वितरण गरेका हांै ।’ उनले ११ परिवारलाई ४ करोड ८...
धनकुटामा महिलाले गरे भवन निमार्ण, पुरुषले गरे उद्घाटन

धनकुटामा महिलाले गरे भवन निमार्ण, पुरुषले गरे उद्घाटन

धनकुटा, १५ फागुन । धनकुटा नगरपालिका–४ माघाको हाङचुवा कृषक महिला समुहमा आवद्ध महिलाहरुले आफ्नै सक्रियतामा समुहको भवन निमार्ण गरेका छन् । भवन नहुँदा समस्या झेल्दै आएका महिलाहरुले देउसी भैलो खेलेको पैसाको सहायतामा आफै काममा खटिएर ‘कृषि हाडचुवा महिला भवन’ निमार्ण गरेका हुन् । नवनिर्मित भवनको वडाध्यक्ष जमशेर राईले उद्घाटन गरेका छन् । महिलाहरुकै पहलमा भवन निर्माण गरिनु नमुना काम भएको भन्दै वडाध्यक्ष रा...
प्रदेश नं १ को राजधानी र नामकरण छिट्टै हुने: मुख्यमन्त्री राई

प्रदेश नं १ को राजधानी र नामकरण छिट्टै हुने: मुख्यमन्त्री राई

विराटनगर, १४ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको राजधानी र प्रदेशको नामकरण छिट्टै गरिने बताउनुभएको छ । मुख्यमन्त्रीमा निर्वाचित भएपछि आज पहिलोपल्ट प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । नयाँ पूर्वाधार नयाँ संरचना खडा गर्दै जाने र विकास तथा समृद्धिका प्रतिबद्धतालाई पूरा गर्ने दायित्व प्रदेश सरकारको काँधमा रहेको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “भ्र...
बेपत्ता परिवारका सदस्यसँग सोधपुछ गर्दै आयोग

बेपत्ता परिवारका सदस्यसँग सोधपुछ गर्दै आयोग

सुरुङ्गा, झापा, १४ फागुन। सशस्त्र द्वन्द्वको समयमा बेपत्ता भएकाको विस्तृत प्रतिवेदनका लागि सरकारले बेपत्ता परिवारका सदस्यसँग सोधपुछ गर्ने काम शुरु गरेको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले झापाका बेपत्ता परिवारसँग सोधपुछ शुरु गरेको हो । आयोगका प्रवक्ता प्राध्यापक डा विष्णु पाठकको नेतृत्वमा आएको टोलीले बेपत्ता पारिएका व्यक्तिको विषयमा उनका आफन्तसँग आइतबारबाट सोधपुछ गरिरहेको छ । आयोग...
तीन फरार अभियुक्त कारागार चलान

तीन फरार अभियुक्त कारागार चलान

बनियानी, झापा, १४ फागुन । जबर्जस्ती करणी र वैदेशिक रोजगारीमा ठगी गरी फरार भएका तीन जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक–२ का ३२ वर्षीय क्षितिज राई, सोही स्थानका तुलसी श्रेष्ठ र हल्दिबारी–३ का ३३ वर्षीय जगदीस न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । राई र श्रेष्ठलाई जबर्जस्ती करणी मुद्दाअन्तर्गत जिल्ला अदालत झापाले २०६५ असारमा १२ वर्ष कैद सजाय तोकेको थियो भने...
पानीमा डुबेर बालकको मृत्यु

पानीमा डुबेर बालकको मृत्यु

उर्लाबारी, मोरङ, १४ फागुन । मोरङको सुनवर्षी नगरपालिकामा आइतबार बेलुका पानीमा डुबेर दुई वर्षीय एक बालकको मृत्यु भएको छ । आफ्नो घर नजिकै रहेको खाल्डोमा डुबेर सुनवर्षी नगरपालिका–९ चन्द्रखाडी बस्ने फागुला शर्माका छोरा सुभाष शर्माको मृत्यु भएको हो । बालक घर नजिकै खेल्ने क्रममा खाल्डोमा पसेको र उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
चट्याङबाट आगलागी हुँदा तीन चौपाय मरे

चट्याङबाट आगलागी हुँदा तीन चौपाय मरे

संखुवासभा, १४ फागुन । संखुवासभाको पाँचखपन नगरपालिका–८ को पोर्खाङमा आज बिहान परेको चट्याङबाट तीन पशुचौपायसहित घर जलेर पूर्णरुपमा नष्ट भएको छ । बिहान सबेरै आएको हावाहुरीसँगै चट्याङ पर्दा घर नजिक बाँधेर राखेको दुई भँैसी र एउटा गाईसहित घर पूर्णरुपमा जलेर नष्ट भएको छ । नयन्द्रबहादुर न्यौपानेको घरमा परेको सो चट्याङबाट मानवीय क्षति भने भएको छैन । अहिलेसम्म के कति क्षति भएको भन्ने विवरण नआएको स्थानीय ...
नेपाली ब्राण्डको चियाको अनुसन्धान शुरु

नेपाली ब्राण्डको चियाको अनुसन्धान शुरु

धनकुटा, १४ फागुन ।  आगामी पाँच वर्षभित्र नेपाली जातको चिया उत्पादन गर्न राष्ट्रिय कृषि अनुसन्धान केन्द्रले अनुसन्धान शुरु गरेको छ । धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकामा रहेको कृषि अनुसन्धान केन्द्रले विश्वबजारमा नेपालमा आफ्नै चियाको जात पहिचान गराउने नेपाली ब्राण्डको चिया अनुसन्धान शुरु गरेको हो । चियाको क्षेत्रमा विगत १० वर्षदेखि कुनै काम गर्न नसकेको केन्द्रले अब नेपाल कृषि अनुसन्धान परिषद्...
कानूनी सचेतना तथा सिपमुलक तालिम सम्पन्न

कानूनी सचेतना तथा सिपमुलक तालिम सम्पन्न

धनकुटा, १३ फागुन । धनकुटामा सञ्चालित क्षमता विकासकालागि कानूनी सचेतना तथा सिपमुलक तालिम आज सम्पन्न भएको छ । धनकुटा नगरपालिकाको आर्थिक सहयोगमा एकल महिला समुहले दुई दिने तालिम आयोजना गरेको हो । एकल महिलाहरुलाई कानुनी बिषयमा सचेतना वृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको एकल महिला समुहका जिल्ला अध्यक्ष मिना राईले जानकारी दिईन् । उनका अनुसार अगरबत्ती बनाउँने तीन दिने तालिम पनि सञ्चालन गरिएको छ ।...
डाँडागाउँमा खानेपानी आयोजना जागरण तालिम

डाँडागाउँमा खानेपानी आयोजना जागरण तालिम

धनकुटा, १३ फागुन । महालक्ष्मी नगरपालिकाको डाँडागाउँमा आज थामडाँडा खानेपानी तथा सरसफाई आयोजनाको जागरण सम्वन्धि एक दिने तालिम सम्पन्न भएको छ । पर्डेप नेपाल धनकुटाको आयोजनामा भएको तालिममा लक्षित समुह, खानेपानी उपभोक्ता समितिका पदाधिकारी र जागरण समितिका पदाधिकारीको सहभागिता थियो । तालिममा सहभागिहरुलाई आयोजना प्रतिको अपनत्ववोध, शुसासन, पारदर्शिता र आयोजनाको दिगोपनाको विषयमा जानकारी गराईएको छ । पर्डे...
धनकुटाका जनप्रतिनिधिलाई प्रशिक्षण

धनकुटाका जनप्रतिनिधिलाई प्रशिक्षण

धनकुटा, १३ फागुन । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई जनता र विकाससँगकोे सम्वन्धका बिषयमा प्रशिक्षण दिईएको छ । नेपाल कम्युनिष्ट पार्टी स्थानीय विकास विभाग धनकुटाले एकदिने प्रशिक्षण आयोजना गरेको हो । कार्यक्रममा पूर्वजिविस महासघंका अध्यक्ष कृष्णप्रसाद सापकोटाले जनप्रतिनिधि र विकासको वारेमा सैद्धान्तिक तथा व्यवहारिक पक्षको जानकारी गराए । स्थानीय तह पुर्नसंरचना आयोगका पूर्व अध्यक्ष वालान्नद पौ...
खोलामा डुबेर मृत्यु

खोलामा डुबेर मृत्यु

उर्लाबारी, मोरङ, १३ फागुन । कानेपोखरी गाउँपालिका–६ बस्ने ५१ वर्षीया सुकमाया लिम्बू आज बिहान खोलामा डुबेको अवस्थामा मृतावस्थामा फेला पर्नुभएको छ । शनिबार अपराह्न “शनिश्चरे बजार जान्छु” भनेर घरबाट हिँड्नुभएकी राई घर नफर्किएपछि खोजी गर्ने क्रममा पथरीशनिश्चरे नगरपालिका–९ स्थित डाँसखोलामा डुबेको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिनुभयो ।
बसको ठक्करबाट एकको मृत्यु

बसको ठक्करबाट एकको मृत्यु

इनरुवा, १३ फागुन ।  सुनसरी सदरमुकाम इनरुवा–९ बबियामा गए राति बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा–८ डुम्रहाका ३५ वर्षीय कर्मलाल उराँव रहेका छन् । उनलाई ना२ख ९८४६ नंको बसले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका उराँवको इनरुवा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिनुभयो । ठक्कर दिने बस जिल्ला प्रहरी कार्...
इटहरी बलात्कार प्रकरण- बलात्कारपीडित बालिकाकै आमाको बैंक खातामा १८ लाख !

इटहरी बलात्कार प्रकरण- बलात्कारपीडित बालिकाकै आमाको बैंक खातामा १८ लाख !

काठमाडौं, १३ फागुन । इटहरीमा बलात्कारपीडित बालिकाकै आमाको बैंक खतामा १८ लाख रुपैयाँ जम्मा भएको फेला परेको छ । मितेरी डेभलमपेन्ट बैंक र एनएमबी बैंकमा पुस २४ को मितिमा रकम जम्मा भएको देखिएको छ । दुइवटा बैंक खातामा ९/९ लाख रुपैयाँ भेटिएपछि प्रहरीद्धारा खाता रोक्का गरिएको छ । प्रहरीले यसअघि विचौलिया नै रकम लगेर फरार भएको दावी गरे पनि पीडित बालिकाकी आमाको नामको खातामै रकम भेटिएको छ । पीडित बाल...
सहकारी नै प्रदेश समृद्धिको खम्बा: मुख्यमन्त्री राई

सहकारी नै प्रदेश समृद्धिको खम्बा: मुख्यमन्त्री राई

इटहरी, १२ फागुन । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले पछिल्लो राज्य पुनःसंरचना अनुसार हरेक प्रादेशिक राज्य आर्थिकरुपमा समृद्ध हुनुपर्छ भन्ने मान्यता मुताविक समृद्ध र प्रभावकारी प्रदेशकोे गुरुयोजना बनाउने कार्यमा लागिरहेको बताउनुभएको छ । मुख्यमन्त्री राईले सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा राष्ट्रिय सहकारी महासंघले इटहरीमा आजदेखि आयोजना गरेको सहकारी क्षेत्रको प्रवद्र्धनमा स्थानीय ...
जंगली हात्तीको आक्रमणबाट दुईको मृत्यु

जंगली हात्तीको आक्रमणबाट दुईको मृत्यु

सुरुङ्गा, झापा, १२ फागुन ।  झापाको बिर्तामोड नगरपालिका – ७ मा आज जंगली हात्तीको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका – ३ मियाबारी निवासी ७० वर्षीय च्याङ्ग्रा राजवंशी र बिर्तामोड नगरपालिका – ७ निवासी ७० वर्षीय लसुने मियाँ रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । घर नजिकैको दुन्दर निचाझोडा सामुदायिक वनमा दाउरा खोज्न गएका उनीहरुलाई आज दिउँसो १२ बजे जं...
हलेसी आसपासका २३ वटा घरटहरा भत्काइयो

हलेसी आसपासका २३ वटा घरटहरा भत्काइयो

खोटाङ, १२ फागुन ।  धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसी बजार आसपासमा सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका घरटहरा भत्काउन शुरु गरिएको छ । हलेसी गुठी संस्थानको नाममा रहेको जग्गा तथा बजार आसपासमा जथाभावी बाटै छेकेर निर्माण गरिएका घरटहरा शुक्रबारबाट हटाउन शुरु गरिएको हो । मापदण्डविपरीतका संरचना हटाउन चौथो पटक दिएको म्याद बित्दासमेत अटेर गरेपछि डोजर लगाएर घरटहरा भत्काउन थालिएको हलेसी तुवाचुङ नग...
धनकुटासहित ३० जिल्लामा हात्तिपाइले विरुद्धको औषधी खुवाउँन सुरु

धनकुटासहित ३० जिल्लामा हात्तिपाइले विरुद्धको औषधी खुवाउँन सुरु

धनकुटा, १२ फागुन । धनकुटासहित ३० जिल्लामा आजदेखि हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउँन सुरु गरिएको छ । तीन दिनसम्म चल्ने औषधि खुवाउँने अभियानका लागि धनकुटामा दुई सय जना तालिमप्राप्त स्वास्थ्यकर्मीसहित ९ सय ३० जना स्वयंसेवक परिचालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । निरन्तर ६ चरणसम्म हात्तिपाईले रोग विरुद्ध औषधि सेवन गरेका ब्यक्तिले थप औषधि खानु नपर्ने भए पनि धनकुटामा गरिएको नमुना रग...
प्रदेश नं १ को समृद्धि: धार्मिक पर्यटन, कृषि र औद्योगिक व्यापार

प्रदेश नं १ को समृद्धि: धार्मिक पर्यटन, कृषि र औद्योगिक व्यापार

उर्लाबारी, मोरङ, १२ फागुन । प्रदेश नं १ को प्रदेश सरकार विभिन्न शहीद भूमिमा नमूना बस्ती निर्माण गर्ने निर्णय गर्दै यस क्षेत्रको विकास, समृद्धि र सम्भावनाको अध्ययनमा जुटिसकेको छ । देशका सात प्रदेशमध्ये प्रदेश नं १ धार्मिक, पर्यटन र औद्योगिक व्यापारको हिसाबले अब्बल देखिएको छ । यहाँ कृषि, जलस्रोत र पर्यटनका सम्भावना छ । प्रदेशमा यसअघिका अञ्चल मेचीका चार, कोशीका छ र सगरमाथाका छमध्ये चार गरी १४ जिल्...
उच्च बाँध अध्ययनमै सीमित

उच्च बाँध अध्ययनमै सीमित

धरान,१२ फागुन। सप्तकोसी उच्च बाँध बहुउद्देश्यीय आयोजनाको अध्ययन सुरु भएको १३ वर्षमा करोडौँ रुपैयाँ सकिइसकेको छ । तर, अध्ययन अझै सकिएको छैन । गत साउनमा अध्ययनका लागि साढे दुई वर्ष समय थप गरिएको छ । आयोजना अध्ययनका लागि भारतले विराटनगरमा कार्यालय खोलेको छ । आयोजनाको डिपिआर तयार गर्न उसले एक करोड दिएको छ । कार्यालयमा खटाइएका आफ्ना १० कर्मचारीका लागि भारतले मासिक ५० लाख खर्च गर्दै आएको छ । अहिलेसम्...
प्रादेशिक महोत्सव शुरु

प्रादेशिक महोत्सव शुरु

इटहरी, ११ फागुन। सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि धरान १२, पब्लिक माविको खेल मैदानमा प्रादेशिक महोत्सव शुरु भएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले महोत्सव उद्घाटन गर्दै प्रदेश सरकार निजी क्षेत्रसँग विकासका हरेक विषयमा सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । महोत्सवमा प्रत्येक दिन फरक फरक जातजातिको नृत्य तथा झाँकीका साथै राष्ट्रियस्तरका कलाकारले आफ्नो प्रस्तुति...
तमोर नदीको मोटरेबल पुल निर्माणले गति लियो

तमोर नदीको मोटरेबल पुल निर्माणले गति लियो

ताप्लेजुङ, ११ फागुन। ताप्लेजुङका दुई निर्वाचन क्षेत्रलाई जोड्ने दोभानस्थित तमोर नदीमाथिको मोटरेबल पुल निर्माण कार्यले तीव्रता पाएको छ । सम्झौताअनुसार ठेकेदार कम्पनीले समयमा काम नगर्दा आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको उक्त पुलको निर्माण कार्य अहिले तीव्रता पाएको हो । टेका लगाएर पुल जडान गर्ने कार्य भइरहेको छ । अहिलेसम्म करिब ७० प्रतिशत काम पूरा भएको छ भने बाँकी ३० प्रतिशत काम यो महिनाभित्र...
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुरुङ्गा, झापा, ११ फागुन। झापाको कनकाई नगरपालिका–८ लक्ष्मीपुरस्थित भित्री सडकखण्डमा बिहीबार साँझ ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ निवासी ३५ वर्षीय होमनाथ न्यौपाने रहेका छन् । मे ६ प १८६९ नम्बरको मोटरसाइकलमा लक्ष्मीपुरबाट दक्षिण जाँदै गरेका उनलाई सोही दिशातर्फ जाँदै गरेको लु १ ख ९१७८ नम्बरको ट्रकले उछिन्ने क्रममा मोटरसाइकललाई ठक्कर दिएको जिल्ला ट्राफिक प्र...
छोराले रड प्रहार गर्दा आमाको मृत्यु, बहिनी गम्भीर घाईते

छोराले रड प्रहार गर्दा आमाको मृत्यु, बहिनी गम्भीर घाईते

लहान, ११ फागुन । छोराको फलामे रड प्रहारबाट गम्भीर घाइते सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ मा एक महिलाको गएराति उपचारको क्रममा मृत्यु भएको छ । घरायसी विवादमा लक्ष्मीपुर पतारी–४ निवासी २८ वर्षीय राम दास तत्माले आफ्नै आमा ४५ वर्षीय ज्ञानदेवी दास र १६ वर्षीया बहिनी सुनिताकुमारी दासलाई गत बुधबार फलामे रड प्रहार गर्दा दुवै आमा छोरी गम्भीर घाइते भएका थिए । रड प्रहारबाट टाउकोमा गम्भीर चोट लागेर घा...
सूर्योदयका ऐन, नियम राजपत्रमा प्रकाशित

सूर्योदयका ऐन, नियम राजपत्रमा प्रकाशित

इलाम, ११ फागुन । इलामको सूर्योदय नगरपालिकाले ऐन, नियमावली र कार्यविधि आफ्नै राजपत्रमा प्रकाशित गरेको छ । नगरपालिकाले नगरसभाबाट पारित भएका चारवटा ऐन, तीनवटा नियमावली, तीनवटा कार्यविधि, नीति तथा कार्यक्रम र योजना तथा बजेट तर्जुमा दिग्दर्शन राजपत्रमा प्रकाशन गरेको हो । स्थानीय राजपत्रमा प्रकाशित ती कानून अब सूर्योदय नगरपालिकाका लागि मूल कानूनसरह बनेका छन् । सूर्योदय नगरपालिकाले स्थानीय राजपत्रको ...
error: Content is protected !!