धनकुटा, १३ फागुन । धनकुटामा सञ्चालित क्षमता विकासकालागि कानूनी सचेतना तथा सिपमुलक तालिम आज सम्पन्न भएको छ । धनकुटा नगरपालिकाको आर्थिक सहयोगमा एकल महिला समुहले दुई दिने तालिम आयोजना गरेको हो ।
एकल महिलाहरुलाई कानुनी बिषयमा सचेतना वृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको एकल महिला समुहका जिल्ला अध्यक्ष मिना राईले जानकारी दिईन् । उनका अनुसार अगरबत्ती बनाउँने तीन दिने तालिम पनि सञ्चालन गरिएको छ ।
तालिम समापन कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्गले एकल महिलाहरुको क्षमता विकासका लागि नगरपालिकाले सहयोगलाई निरन्तरता दिने बताएका छन् ।
यता अगरवत्ति वनाउने तालिममा उत्कृष्ठ धनकुटा–८ का वासमाया आठपहरियालाई पुरस्कृत गरिएको छ । कानुनी सचेतना तालिमको सहजिकरण मनु विश्वकर्माले र अगरवत्ति वनाउने तालिममा ज्ञान तथा सिप प्रशिक्षक ईन्दु दर्नालले सहजिकरण गरेका थिए ।