धनकुटाका पत्रकार अधिकारीलाई पुरस्कृत गरिने
धनकुटा, ११ फागुन । धनकुटामा क्रियासिल पत्रकार रमेशचन्द्र अधिकारीलाई यस वर्षको हरिनारायण विष्णुमाया पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । झापाको अर्जुनधारास्थित जंगबीर गोभाजु श्रेष्ठ प्रतिष्ठान बुट्टाबारीले प्रत्येक वर्ष उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।
प्रतिष्ठानको आठौं वार्षिकीको अवसर पारेर फागुन १९ गते झापामा उक्त पुरस्कार प्रदान गरिने प्रतिष्ठानका संस्थापक बाबुराम श्रेष्ठ (वर्षा) ...

























