संखुवासभा, १४ फागुन । संखुवासभाको पाँचखपन नगरपालिका–८ को पोर्खाङमा आज बिहान परेको चट्याङबाट तीन पशुचौपायसहित घर जलेर पूर्णरुपमा नष्ट भएको छ ।

बिहान सबेरै आएको हावाहुरीसँगै चट्याङ पर्दा घर नजिक बाँधेर राखेको दुई भँैसी र एउटा गाईसहित घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।
नयन्द्रबहादुर न्यौपानेको घरमा परेको सो चट्याङबाट मानवीय क्षति भने भएको छैन । अहिलेसम्म के कति क्षति भएको भन्ने विवरण नआएको स्थानीय सिहेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक शुरबहादुर राईले जानकारी दिनुभयो । अहिले सो आगो नियन्त्रणमा आएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!