देवकला कार्की/संगालोखबर

धनकुटा, १३ फागुन । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई जनता र विकाससँगकोे सम्वन्धका बिषयमा प्रशिक्षण दिईएको छ । नेपाल कम्युनिष्ट पार्टी स्थानीय विकास विभाग धनकुटाले एकदिने प्रशिक्षण आयोजना गरेको हो ।

कार्यक्रममा पूर्वजिविस महासघंका अध्यक्ष कृष्णप्रसाद सापकोटाले जनप्रतिनिधि र विकासको वारेमा सैद्धान्तिक तथा व्यवहारिक पक्षको जानकारी गराए । स्थानीय तह पुर्नसंरचना आयोगका पूर्व अध्यक्ष वालान्नद पौडेलले संविधान र कानून तथा स्थानीय तहको अधिकारको वारेमा र नेकपा एमाले धनकुटा उपाध्यक्ष दुर्गा लिंखाले कार्यशैली तथा नेतृत्व विकास सम्वन्धि प्रशिक्षण दिए ।

Advertisement

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी स्थानीय विकास विभागका जिल्ला सचिव नैन विश्वकर्माले समावेशी विकासका लागि प्रगतिशिल आरक्षण सम्वन्धि र प्रमुख भिम राईले माक्र्सवादी दर्शनको वारेमा जनप्रतिनिधिलाई प्रशिक्षण दिएका थिए ।

जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिईदै । तस्वीर: देवकला कार्की संगालोखबर

कार्यक्रमको सहजिकरण गर्दै पूर्वजिविस महासघं अध्यक्ष सापकोटाले यथार्थ विवरणसहितको तथ्यांक संकलन गरेर योजनाहरु प्राथमिकिकरण गरि सञ्चालन गर्नुपर्नेमा जोड दिदै योजना तर्जुमामा सुरुदेखि अन्त्यसम्म जनताको सहभागिता हुनुपर्ने बताए । त्यस्तै स्थानीय तह पुर्नसंरचना आयोगका पूर्व अध्यक्ष पौडेलले नगरपालिका, गाउपालिका र वडालाई कस्तो वनाउने भन्ने भूमिका जनप्रतिनिधिको हातमा रहेको भन्दै कर्मचारीलाई आफ्नो काम र जिम्मेवारी प्रति जवाफदेहि वनाउनुपर्ने आवश्यकता औल्याए ।

कार्यक्रममा जिल्लाका सात वटै स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्ष, वडा अध्यक्षहरु र गाउँपालिका तथा नगरकार्यपालिकाका सदस्यहरु सहभागि थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!