- देवकला कार्की/संगालोखबर

धनकुटा, १५ फागुन । धनकुटा नगरपालिका–४ माघाको हाङचुवा कृषक महिला समुहमा आवद्ध महिलाहरुले आफ्नै सक्रियतामा समुहको भवन निमार्ण गरेका छन् । भवन नहुँदा समस्या झेल्दै आएका महिलाहरुले देउसी भैलो खेलेको पैसाको सहायतामा आफै काममा खटिएर ‘कृषि हाडचुवा महिला भवन’ निमार्ण गरेका हुन् ।

नवनिर्मित भवनको वडाध्यक्ष जमशेर राईले उद्घाटन गरेका छन् । महिलाहरुकै पहलमा भवन निर्माण गरिनु नमुना काम भएको भन्दै वडाध्यक्ष राईले आगामी दिनमा यसलाई थप व्यवस्थित गर्न वडा कार्यालयले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

Advertisement
भवन उद्घाटन गर्दै वडाध्यक्ष राई । तस्वीर: देवकला कार्की/संगालोखबर

समुहमा आवद्ध महिलाहरुले दैउसी भैलोवाट संकलन गरेको २ लाख रुपैया पनि भवन निर्माणमा खर्चिएका छन् । भवन निमार्णका लागि ४ नम्वर वडा कार्यालयको एक लाख सहयोग गरेको छ ।

स्थानीय बर्खवहादुर आठपहरिया राईले चार आना जग्गा निःशुल्क प्रदान गरेपछि भवन निर्माणमा सहज भएको हाङचुवा कृषक महिला समुहका अध्यक्ष दीलकुमारी राईले वताईन् । भवन निर्माण गर्दा ‘मिस्त्री’ बाहेक सवै काम महिलाहरुलेनै गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!