धनकुटा, १३ फागुन । महालक्ष्मी नगरपालिकाको डाँडागाउँमा आज थामडाँडा खानेपानी तथा सरसफाई आयोजनाको जागरण सम्वन्धि एक दिने तालिम सम्पन्न भएको छ ।
पर्डेप नेपाल धनकुटाको आयोजनामा भएको तालिममा लक्षित समुह, खानेपानी उपभोक्ता समितिका पदाधिकारी र जागरण समितिका पदाधिकारीको सहभागिता थियो ।
तालिममा सहभागिहरुलाई आयोजना प्रतिको अपनत्ववोध, शुसासन, पारदर्शिता र आयोजनाको दिगोपनाको विषयमा जानकारी गराईएको छ ।
पर्डेपका टिम लिडर नरेशप्रसाद श्रेष्ठ, सरसफाई अधिकृत चन्द्रा थापा, सरसफाई ईन्जिनयर धनवहादुर मिजार लगायतले तालिमको सहजिकरण गरेका थिए ।