काँकडभिट्टा, १५ फागुन । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले पूर्वी नाका काँकडभिट्टाबाट विषादीयुक्त र प्रतिबन्धित खाद्य वस्तुको आयात कडाइका साथ रोक्न सीमाका सरकारी कार्यालय र सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।

Advertisement

मेची भन्सार तथा प्लान्ट, खाद्य र पशु क्वारेन्टाइन कार्यालयका अधिकारीलाई नगरपालिकाको कार्यालयमै सोमबार बोलाएर उहाँले निर्देशन दिनुभएको हो । मानव स्वास्थ्यमा घातक असर पु¥याइरहेको गुणस्तरहीन आयातीय खाद्य वस्तुलाई सीमामै रोक्न आफू अब गम्भीर भएर लाग्ने जानकारी दिँदै उहाँले भारतबाट आउने सबै खाद्य वस्तुलाई अनिवार्य गुणस्तर जाँच्न निर्देशन दिनुभयो ।

माछा, तरकारी, फलफूल, पेय पदार्थ, पत्रुखानालगायत सबै खाद्य वस्तु अब सीमामा नजाँची भित्र्याउन नदिइने नगरपालिकाले नीति लिएको नगरपालिकाका खाद्य विश्लेषक दीपेन्द्र कार्कीले बताउनुभयो ।

सीमाका कार्यालयले सुँघेर र छामेर माछालगायत खाद्य वस्तुको गुणस्तर जाँच गर्ने पुरानो चलन तत्कालै बदलेर वैज्ञानिक प्रयोगशालाको माध्यमबाट गुणस्तर जाँच्न नगर प्रमुख आचार्यले निर्देशन दिनुभयो । भन्सार कार्यालयका अधिकृत गणपति कँडेलले गुणस्तर जाँचेको प्रमाणपत्रका आधारमा मात्र सामानको आयात अनुमति दिने गरिएको र त्यसैबमोजिम कर असुल्ने गरिएको बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!