इलामको माईजोगमाई गाउँपालिका डेढ महिनादेखि अन्धकार
इलाम,१८ चैत । इलामको माईजोगमाई गाउँपालिकाको आधा क्षेत्र डेढ महिनादेखि अन्धकार बनेको छ । गाडिएका काठका पोल सडक निर्माणका क्रममा ढलेपछि गाउँपालिकाको २, ४, ५ र ६ का करिब २५० घरधुरी अँध्यारोमा बस्न बाध्य भएका हुन् ।
स्थानीयले विद्युत् अवरोध भएको डेढ महिना बितिसक्दासमेत मर्मत नगरिएको गुनासो गरेका छन् ।
वडासचिव गोविन्द भट्टराईले सडक निर्माणका क्रममा गाउँपालिकाका शनिश्चरेदेखि गोर्खेढापसम्म ढलेका पो...































