विराट गोल्ड कप शुरु

विराट गोल्ड कप शुरु

विराटनगर, १८ चैत । विराटनगरमा शनिबारदेखि शुरु भएको विराट गोल्ड कपमा आयोजक मोरङ–११ विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको छ । मोफसलमा पहिलो पटक आयोजना गरिएको दिवा तथा रात्रिकालीन (डे–नाइट) फुटबल प्रतियोगिताको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्नुभएको थियो । स्थानीय शहीद रंगशालामा भएको उद्घाटन खेलमा मोरङ–११ ले भुटानको थिम्पु फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर...
करणी गरेको आरोपमा वडा सदस्य पक्राउ 

करणी गरेको आरोपमा वडा सदस्य पक्राउ 

पाँचथर, १७ चैत । फालेलुङ,६ का वडा सदस्य कमल गुरुङले एक महिलालाई जबरजस्ती करणी गरेको रहस्य सार्वजनिक भएको छ । पीडित महिलाले गुरुङले आफूलाई जबरजस्ती करणी गरी गर्भवती बनाएको उजुरी दिएपछि प्रहरीले गुरुङलाई आज पक्राउ गरेको हो । पक्राउ गरिएका गुरुङविरुद्ध जबरजस्ती करणी मुद्दाअन्तर्गत म्याद थप गरी अनुसन्धान थालिएको पाँचथर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विज्ञान बस्नेतले बताउनुभयो ।
वडाध्यक्षको मृत्यु

वडाध्यक्षको मृत्यु

पाँचथर, १७ चैत। हिलिहाङ गाउँपालिका–७ का वडाध्यक्ष तीर्थराज तिम्सिनाको मृत्यु भएको छ । उपचारका क्रममा झापातर्फ लैजाँदै गर्दा इलामको नेपालटारमा पुगेपछि शुक्रबार तिम्सिनाको मृत्यु भएको हो । तिम्सिनाले बिहीबार मात्रै सोही गाउँका भीमबहादुर योक्पाङदेनविरुद्ध सार्वजनिक अपराधसम्बन्धी प्रहरीमा जाहेरी दिएका थिए । जाहेरी दिएको २४ घण्टा बित्न नपाउँदै तिम्सिनाको मृत्यु भएको हो । वडाको सडक विस्तार गर्ने व...
अख्तियारको झोलामा मध्यपहाडी लोकमार्गको कालोपत्रे

अख्तियारको झोलामा मध्यपहाडी लोकमार्गको कालोपत्रे

खोटाङ, १७ चैत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्राविधिकको टोलीले मध्यपहाडी लोकमार्गको कालोपत्रेको गुणस्तर परीक्षणलाई निरन्तरता दिएको छ । विहीबार मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको जयराम–बिजुले (१२ किलोमिटर) सडक खण्डको कालोपत्रेको गुणस्तर परीक्षण गरेको आयोगको प्राविधिक टोलीले दोश्रो दिन जयराम–हलेसी (३० किलोमिटर) सडक खण्डको कालोपत्रेको गुणस्तर परीक्षण गरेको छ। मध्यपहाडीको कालोपत्रेका काम गुणस्...
मदन भण्डारी संग्रहालय: ढुंगेसाँघुदेखि दासढुंगासम्म

मदन भण्डारी संग्रहालय: ढुंगेसाँघुदेखि दासढुंगासम्म

उर्लाबारी, मोरङ, १७ चैत । तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारीको राजनीतिक, सामाजिक एवं पारिवारिक गतिविधिलाई समेटेर उर्लाबारीमा ‘मदन भण्डारी संग्रहालय’ निर्माण गरिएको छ । पुरातत्व विभागको आर्थिक सहयोगमा करीब तीन करोडको लागतमा मदन भण्डारी स्मृति प्रतिष्ठान, नेपाल उर्लाबारीले संग्रहालय निर्माण गरेको हो । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको सो संग्रहालय आइतबारदेखि सर्वसा...
षष्ट्रिका बस्नेत सूचना अधिकार पुरस्कार दाहाललाई

षष्ट्रिका बस्नेत सूचना अधिकार पुरस्कार दाहाललाई

विराटनगर, १७ चैत । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले पत्रकार निष्पक्ष, तटस्थ र निर्भीक भई जनताको अधिकार स्थापित गर्ने कार्यमा लाग्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघको ६३ औँ स्थापना दिवसका उपलक्ष्यमा शुक्रबार यहाँ आयोजित षष्ट्रिका बस्नेत सूचना अधिकार पुरस्कार– २०७४ वितरण समारोहमा उहाँले प्रदेश सरकार जनताको सूचनाकोअधिकार कायम गर्नका लागि कानून मस्यौदा प्रक्रि...
धनकुटामा अनुभव साटासाट गरी मनाइयो पत्रकार महासंघको स्थापना दिवस (भिडियोसहित)

धनकुटामा अनुभव साटासाट गरी मनाइयो पत्रकार महासंघको स्थापना दिवस (भिडियोसहित)

धनकुटा, १६ चैत । धनकुटामा पत्रकारहरुवीच अनुभव साटासाट गरी पत्रकार महासंघको ६३ औं स्थापना दिवस मनाइएको छ । पत्रकार महासंघ जिल्ला शाखाले स्थापना दिवसको अवसर पारेर एक अर्कावीच अनुभव आदानप्रदान गर्ने अवसर मिलाएको हो । कार्यक्रममा पत्रकारहरुले लेटर प्रेस, हाते लेखन, फ्याक्सदेखि आधुनिक प्रविधीसग काम गरेको अनुभव सुनाए । उनीहरुले पत्रकारिता पेशालाई जनताप्रति उत्तरदायी बनाउँनुपर्ने आवश्यकता पनि औल्याए ।...
धनकुटा प्रतिभा पुरस्कारबाट चार जनालाई सम्मान तथा पुरस्कार (भिडियोसहित)

धनकुटा प्रतिभा पुरस्कारबाट चार जनालाई सम्मान तथा पुरस्कार (भिडियोसहित)

धनकुटा, १६ चैत । धनकुटा प्रतिभा पुरस्कार कोषले विभिन्न क्षेत्रमा योगदान पुर्याउँने चार जनालाई शुक्रवार सम्मान तथा पुरस्कृत गरेको छ । संस्कृतिविद्ध एवं वरिष्ठ साहित्यकार तुलसी दिवस र बरिष्ठ पत्रकार सञ्जयसन्तोषी राईलाई सम्मान गरिएको छ । त्यस्तै वरिष्ठ लोक गायक तुलसी पराजुली र अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी सुनिता तामाङ्गलाई पुरस्कृत गरिएको छ । उनीहरुलाई उच्च अदालत विराटनगर धनकुटा ईजलासका ...
‘मदन भण्डारीको जीप दुर्घटनाबारे सत्यतथ्य बाहिर नआउनु दुःखद्’

‘मदन भण्डारीको जीप दुर्घटनाबारे सत्यतथ्य बाहिर नआउनु दुःखद्’

उर्लाबारी, मोरङ, १६ चैत ।  राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी चढेको जीपको अकल्पनीय दुर्घटनाबारे अहिलेसम्म पनि सत्यतथ्य बाहिर नआउनु दुःखद् भएको बताउनुभएको छ । उर्लाबारी नगरपालिका– ३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानले निर्माण गरेको ‘मदन भण्डारी संग्रहालय’ को आज अपराह्न उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले संग्रहालय उद्घाटन गर्दा विगतका घटना सम्झेर दुःख लागे पनि संग्रहालय निर्माण हुनु ...
प्रदेश १ को सरकारले तीन महिनाका लागि ३ अर्बको बजेट ल्याउने

प्रदेश १ को सरकारले तीन महिनाका लागि ३ अर्बको बजेट ल्याउने

विराटनगर, १६ चैत। प्रदेश १ को सरकारले यही चैतको तेस्रो साता आंशिक बजेट ल्याउने तयारी गरेको छ । आर्थिक विधेयक पारित भए लगैत तीन महिनाका लागि तीन अर्ब बढीको बजेट ल्याउने तयारीमा प्रदेश सरकार जुटेको हो । १४ चैतमा प्रदेश संसदमा आर्थिक कार्यविधि ऐन पेश भएको थियो । आर्थिक कार्यविधि पास भए लगतै चालु खर्चर् बजेटका लागि नीति तथा कार्यक्रम बनाउन समिति गठन गरिने आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्म्...
क्रिकेट रंगशाला प्रदेश १ मा बनाउन धुर्मुसलाई आग्रह

क्रिकेट रंगशाला प्रदेश १ मा बनाउन धुर्मुसलाई आग्रह

इटहरी, १६ चैत । कलाकार सिताराम कट्टेल (धुर्मुस) अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा सामाजिक सञ्जालबाट गरेपछि प्रदेश १ मा राम्रै तरंग आएको छ । स्थानीय उद्योगी-व्यवसायी तथा खेलप्रेमीहरुले प्रदेश १ मा रंगशाला निर्माण गरे आवश्यक सहयोगको प्रतिवद्धता व्यक्त गरेका छन् । धुर्मुस-सुन्तली फाउन्डेसनले यस अगाडि चार वटा वस्ती बनाएको नजिर र कामको विश्वसनीयता भएकाले सहयोग गर्न तयार रहेको उनीहरुको भन...
विप्लव समूहद्वारा एनसेल टावरमा आगजनी

विप्लव समूहद्वारा एनसेल टावरमा आगजनी

खोटाङ, १६ चैत ।  नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहले दिक्तेल रुपाकोट मझुवागढी–१३ नुनथलास्थित महुरेगढीमा रहेको एनसेल टावरमा आगजनी गरेका छन् । गएराति करीब १० बजेको समयमा एनसेल टावरको घेराबार तोडेर विप्लव समूहले आगजनी गरेका हुन् । एनसेल टावरको फेदमा आगो सल्काएर ब्याट्री, तार, जेनेरेटरलगायतमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताउनुभयो । “घ...
लैङ्गिक हिँसा–तालीम प्रारम्भ

लैङ्गिक हिँसा–तालीम प्रारम्भ

इटहरी, १६ चैत । प्लान नेपालको सहयोगमा सुनसरी जिल्ला जनस्वास्थ्य कार्यालय र साझा सवालका लागि साँझा मञ्चले आयोजना गरेको लैङ्गिक हिंसा स्वास्थ्यकर्मी सम्बन्धी चार दिने तालीम आजदेखि  प्रारम्भ भएको छ । लैङ्गिक हिंसामा परेका व्यक्तिकोे पहिचान, व्यवस्थापन र सम्बन्धित निकायसँग समन्वय स्थापित गराउन के–कस्ता दक्षता एवं भूमिका निर्वाह गर्नुपर्छ, भन्ने विषयमा सचेतना एवं दक्षजनशक्ति तयार गर्ने उद्देश्यले उक...
रात्रिकालिन विराट गोल्डकपको तयारी अन्तिमचरणमा

रात्रिकालिन विराट गोल्डकपको तयारी अन्तिमचरणमा

विराटनगर, १६ चैत । भोलिदेखि शुरु हुन गइरहेको विराट गोल्ड कपको तयारी अन्तिमचरणमा पुगेको छ । चैत १७ गतेदेखि २६ गते सम्म विराटनगरको शहीद मैदानमा सो फुटबल प्रतियोगिता अपरान्ह–बेलुकाको समयमा हुने भएको छ । मैदानलाई प्रकाशमय बनाउनको लागि रु ३५ लाख खर्चेर ३६ हजार वाट क्षमता बत्तीको व्यवस्था गरिएको आयोजंक समितिका संयोजक नवीन रिजालले जानकारी गराए । ६ वटा खम्बामा लाइट जडान गरिएको र प्रत्येक खम्बामा २० ...
धनकुटामा बिद्यार्थीले गरे चक्काजाम

धनकुटामा बिद्यार्थीले गरे चक्काजाम

धनकुटा, १६ चैत । शिक्षा ऐनको नवौँ संशोधनको विरोध गर्दै धनकुटामा बिद्यार्थीहरुले आज बिहान आधाघण्टा चक्काजाम गरेका छन् । संशोधनप्रति विरोध जनाउँदै संयुक्त विद्यार्थी संगठनले बिहान साँढे ८ देखि ९ बजेसम्म कोशी राजमार्गमा चक्काजाम गरेका हुन् । धनकुटा बहुमुखी क्याम्पसको मुल गेट अगाडि सडकमा निश्किएका बिद्यार्थीहरुले चक्काजाम गर्दै शिक्षा ऐन संशोधनको विरोध जनाए । चक्काजाम पश्चात भएको कोण सभामा बोल्दै अ...
पहिलो हिले फुड फेष्टिवल सकियो

पहिलो हिले फुड फेष्टिवल सकियो

धनकुटा, १६ चैत । धनकुटाको हिलेमा सञ्चालित पहिलो हिले फुड फेष्टिबल सकिएको छ । रामनवमीको अवसर पारेर हिले पर्यटन प्रवद्र्धन तथा पूर्वाधार विकास संस्था र क्षेत्रीय होटल एशोसिएसन धनकुटाले फेष्टिबल आयोजना गरेको हो । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित पाँच दिने फेष्टिबलमा अपेक्षाकृत अवलोकन र कारोवार भएको फेष्टिबल आयोजक समिति कोषाध्यक्ष मदन मैनालीले जानकारी दिए । उनका अनुसार फेष्टिबलमा करिव २० ह...
एनसेल टावरमा आगजनी: दुई पक्राउ

एनसेल टावरमा आगजनी: दुई पक्राउ

बनियानी, झापा, १६ चैत । बुद्धशान्ति गाउँपालिकामा रहेको एनसेल टावरमा नेत्रबहादुर चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले आगजनी गरेका छन् । आगजनी गरेको आरोपमा मेची अञ्चल ब्यूरो सदस्य ५८ वर्षीय दीपक लकन्द्री र बुद्धशान्ति सेक्रेटरी दीपक कुरुम्वाङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुद्धशान्तिका प्रहरी सहायक निरीक्षक पदमसुन्दर लिम्बूले जानकारी दिए। उनीहरुले बुद्धशान्ति–२ खतिवडा चो...
कमिसन नदिँदा ठेकेदारले पाएनन् भुक्तानी, भ्रष्टाचारको छानविन हुनुपर्ने माग

कमिसन नदिँदा ठेकेदारले पाएनन् भुक्तानी, भ्रष्टाचारको छानविन हुनुपर्ने माग

धरान, १६ चैत्र । वीपी कोर्इराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको भ्रष्टाचारको छानविन हुनुपर्ने माग गरिएको छ । १ नंं. प्रदेश सभाको बैठकमा प्रतिष्ठानमा भएका भ्रष्टाचारको छानविन हुनुपर्ने माग उठेको हो । सभाको बैठकमा प्रदेशसभा सांसद उमिता विश्वकर्माले वीपी प्रतिष्ठान भित्र भएका सम्पूर्ण भ्रष्टाचारको अन्त्य हुनुपर्ने बताएकी हुन् । संसदको बुधबारको बैठकको शुन्य समयमा बोल्दै सुनसरी क्षेत्र नं १...
खारेजमा परेका कार्यालय प्रदेश सरकारअन्तर्गत

खारेजमा परेका कार्यालय प्रदेश सरकारअन्तर्गत

विराटनगर, १६ चैत । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले झापाको चन्द्रगढी कलवलगुडीस्थित प्रशिक्षण केन्द्रलगायत खारेजमा परेका प्रदेश नं १ का सरकारी कार्यालय प्रदेश सरकारअन्तर्गत रहने बताउनुभएको छ । मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको प्रदेश सरकार प्रवक्ता कार्कीले पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गर्नुभएको हो । मन्त्री...
इलाममा एनसिएल टावर आगजनी आरोपमा दुईजना पक्राउ

इलाममा एनसिएल टावर आगजनी आरोपमा दुईजना पक्राउ

मंगलबारे, इलाम । एनसिएलको टावरमा आगलागी गराएको आशंकामा आज दुई जनालाई जिल्ला प्रहरीले पक्राउ गरेको छ । इलाम नगरपालिका– १ साजेजुङमा रहेको टावरमा आज बिहान आगलागी गराएको आशंकामा विशाल राई र विमल राईलाई प्रहरीले पक्राउ गरेको हो । बिहान करिब ३ बजे आगलागी भएको थियो । आगलागीपछि खोजतलास गर्ने क्रममा सोही ठाउँ निवासी उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख विपीन कर्माचार्यले जानकारी दिनुभयो । पक्राउ ...
एनसिएल टावरमा आगलागी गराएको आरोपमा दुईजना पक्राउ

एनसिएल टावरमा आगलागी गराएको आरोपमा दुईजना पक्राउ

मंगलबारे, इलाम, १५ चैत। एनसिएलको टावरमा आगलागी गराएको आशंकामा आज दुई जनालाई जिल्ला प्रहरीले पक्राउ गरेको छ । इलाम नगरपालिका– १ साजेजुङमा रहेको टावरमा आज बिहान आगलागी गराएको आशंकामा विशाल राई र विमल राईलाई प्रहरीले पक्राउ गरेको हो । बिहान करिब ३ बजे आगलागी भएको थियो । आगलागीपछि खोजतलास गर्ने क्रममा सोही ठाउँ निवासी उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख विपीन कर्माचार्यले जानकारी दिनुभयो । ...
खोटाङमा तीन हजार नागरिकको स्वास्थ्य बीमा

खोटाङमा तीन हजार नागरिकको स्वास्थ्य बीमा

खोटाङ, १५ चैत । सरकारले सञ्चालन गरेको पहिलो चरणको स्वास्थ्य बीमा अभियानमा जिल्लाका तीन हजार १४२ नागरिकले आफ्नो नाम दर्ता गराएका छन् । उपचार खर्च अभावमा अकालमा ज्यान गुमाउन बाध्य नागरिकको जीवनरक्षाका लागि सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रमबापतको सेवा सुविधा प्राप्तिका लागि उनीहरुले बीमा गरेका हुन् । नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति टेकुले जिल्ला जनस्वास्थ्य कार्यालयमार्...
मदिरा पिएर लठ्ठ वडाध्यक्ष कार्यालयबाटै समातिए

मदिरा पिएर लठ्ठ वडाध्यक्ष कार्यालयबाटै समातिए

झापा, १५ चैत । मदिरा सेवन गरेर कार्यालयमा जाने गरेका मेचीनगर नगरपालिका–२ का वडाध्यक्ष तिलक न्यौपाने पक्राउ परेका छन् । पटकपटक मादक पदार्थ खाएर कार्यालय जाने गर्न थालेपछि उनलाई बुधबार दिउँसो स्थानीय सेवाग्राहीले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् । स्थानीयको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय, काँकरभिट्टाका डीएसपी टङ्कप्रसाद भट्टराई नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको थियो । र, उनल...
पुस्तक अभाव भए मन्त्रीले कारबाही गर्ने

पुस्तक अभाव भए मन्त्रीले कारबाही गर्ने

पथरी, मोरङ, १५ चैत । पुस्तकको अभाव हुन नदिनका लागि १ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले निजी क्षेत्रका प्रकाशन गृहमा पुगेर पुस्तकको अवस्थाको बारेमा जानकारी लिएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले हरेक वर्ष जस्तो पुस्तक अभावको समस्या आउन नदिन मन्त्रालयस्तरबाट पहल शुरु भएको जानकारी दिनुभयो । “गत वर्षको जस्तो समस्या आउने अवस्था छैन, उहाँले भन्नुभयो, यदी निजी क्षेत्रका मुद्रण व्यवसायीले...
भोजपुर साक्षर जिल्ला घोषणा हुने

भोजपुर साक्षर जिल्ला घोषणा हुने

भोजपुर, १५ चैत । भोजपुर जिल्लालाई चैत २५ गते साक्षर जिल्ला घोषणा गरिनेभएको छ । अनौपचारीक शिक्षा समितिको बुधबार अपराह्न बसेको बैठकले यस्तो निर्णय गरेको हो । जिल्लामा १५ देखि ६० वर्ष उमेर समूहका साक्षरता प्रतिशत ९६ दशमलव ४३ प्रतिशत पुगेसँगै जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने तयारी भएको भोजपुर नगरपालिकाका प्रमुख कैलाश आलेले जानकारी दिनुभयो । हाल जिल्लाका ११० स्थानमा साक्षरता कक्षा सञ्चालन भइरह...
अनुपाको शरीरमा भएको गोली बी एण्ड सी अस्पतालले निःशुल्क निकाली दिने

अनुपाको शरीरमा भएको गोली बी एण्ड सी अस्पतालले निःशुल्क निकाली दिने

पाँचथर, १५ चैत । सशस्त्र युद्धका क्रममा शरीरमा लागेको गोली अहिलेसम्म बोकेर हिँडेकी पूर्व छापामारले उपचारका लागि सहयोगको माग गरेको समाचार राससबाट प्रकाशन भएपछि उहाँको निःशुल्क उपचार हुने भएको छ । झापाको विर्तामोडमा रहेको बी एण्ड सी अस्पतालले ओखलढुंगाको चिसङ्खुगढी गाउँपालिका–१, कुइभीरमा जन्मिएकी अनुपा राईको शरीरमा १५ वर्ष अघि लागेको गोलीको निःशुल्क उपचार हुने भएको हो । उहाँको शरीरमा लागेको गोली नि...
धनकुटामा तराईदेखि हिमालसम्मको मौलिक लोक नृत्य प्रस्तुति (फोटो फिचरसहित)

धनकुटामा तराईदेखि हिमालसम्मको मौलिक लोक नृत्य प्रस्तुति (फोटो फिचरसहित)

धनकुटा, १५ चैत । धनकुटामा तराई, मधेश, पहाड र हिमाली भेगका मौलिक लोक नृत्यहरुको प्रस्तुति गरिएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान नृत्य विभागको आयोजना तथा हाम्रो बहुमुखी पाठशाला धनकुटाको स्थानीय व्यवस्थापनमा तराईदेखि हिमालसम्मको लोक नृत्य प्रस्तुत गरिएको हो । नेपालका विभिन्न क्षेत्रमा बसोवास गर्ने आठ भन्दा बढि जातजातिका मौलिक लोक नृत्य प्रस्तुत गरिएको थियो । धनकुटाका विभिन्न न...
क्रूर आमा जसले ६ बर्षका छोरालाई आइरनले डामिन्

क्रूर आमा जसले ६ बर्षका छोरालाई आइरनले डामिन्

मोरङ, १५ चैत।  छोराको ज्यान मार्ने उद्योग गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका ३ की ३२ बर्षीया सरला पौडेललाई पक्राउ गरेको छ । उनले ६ बर्षीय छोरालाई तातो आइरनले शरीरमा डामेको पाइएको प्रहरी उपरीक्षक अरुणकुमार बीसीले बताए । सरलाको ७ बर्षअघि विराटनगर ३ का विक्रम काफ्लेसँग विवाह भएपछि छोराको जन्म भएको रहेछ । उनले भने, उनीहरुबीच सम्बन्ध विच्छेद भई छोरा आमासँगै बस्दै आएका हुन् । स्थानीय अन्नपूर...
धरानमा जन्मियो अनौठो वाच्छि : दुइवटा मुख र ३ वटा आखा

धरानमा जन्मियो अनौठो वाच्छि : दुइवटा मुख र ३ वटा आखा

धरान, चैत १४ । धरान १४ स्थित इन्द्र कटुवालले पालेको गाइले अनौठो बाछी जन्माए पछि हेर्नेको घुईचो लागेको छ । शरिर एउटै भएको तर दुइवटा मुख भएको अनि ३ वटा आखा भएको अनौठो प्रकारको वाच्छि जन्मिएको हो । दोस्रो वेतमा आफ्नो घरमा पालेको गाइले यस्तो वाच्छो को जन्मदिए पछि इन्द्र कटुवाल आफै आश्चर्यममा परेका छन् । टाउको र शरिर एउटै भए पनि दुइटवा मुख अनि ३ वटा आखा भएको बाच्छी हेर्नका लागी कटुवालको घरमा भिडनै ...
सवारी दुर्घटनामा दुईको मृत्यु

सवारी दुर्घटनामा दुईको मृत्यु

उर्लाबारी, मोरङ, १४ चैत ।  दुई छुट्टाछुट्टै स्थानमा आज भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । उर्लाबारी–८ स्थित उर्लाबारी–बरडंगा सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको ना ४ ख ८३५७ नं.को ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको मे ९ प ७६१७ नं.को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रतुवामाई–४ झुर्कियाका सन्तोष ठाकुरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी नायब ...
धनकुटा ट्रेड युनियन कांग्रेसमा पुनः बिगेन्द्र निर्वाचित

धनकुटा ट्रेड युनियन कांग्रेसमा पुनः बिगेन्द्र निर्वाचित

धनकुटा, १४ चैत । नेपाल ट्रेड युनियन कांग्रेस धनकुटाको आज सम्पन्न जिल्ला अधिवेशनबाट विगेन्द्र याक्खा पुनः अध्यक्षमा निर्वाचित भएका छन् । अधिवेशनले याखाको अध्यक्षतामा २७ सदस्यीय जिल्ला समन्वय समिति सर्वसम्मत गठन गरेको हो । समितिको उपाध्यक्षमा नेपाल चलचित्र संघवाट पूर्ण कुमार चौधरी, नेपाल प्रेस युनियनबाट विनोद घिमिरे, सेवा क्षेत्रवाट कुल प्रसाद दाहाल, गृह श्रमिकबाट देविका वराल र कृषि क्षेत्रबाट दामो...
error: Content is protected !!