आयल निगमको पाक्षिक नाफा करिब २ करोडले बढ्यो

आयल निगमको पाक्षिक नाफा करिब २ करोडले बढ्यो

काठमाडौं, २० पुस। पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै नेपाल आयल निगमको पाक्षिक नाफा करिब २ करोडले रुपैयाँले बढेको छ । नयाँ मूल्यसूचीअनुसार निगमको पाक्षिक नाफा १३ करोड २० लाख पुगेको छ । यसअघि निगमको नाफा ११ करोड ३९ लाख थियो । भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूचीअनुसार समायोजन गर्दा नाफा केही बढेको निगमका प्रबक्ता विरेन्द्र गोइतले जानकारी दिनुभयो । निगमले सोमबार राती १२ बजेदेखि लागु हुने...
जुत्ता प्रदर्शनीमा करिब  साढे दुई करोडको कारोबार

जुत्ता प्रदर्शनीमा करिब साढे दुई करोडको कारोबार

काठमाडौँ, १९ पुस। फुटबेयर म्यानुफ्याक्चरर्स एशोसिएसनको आयोजनामा भएको १४ औँ जुत्ता प्रदर्शनीमा करिब रु साढे दुई करोडको कारोबार भएको छ । यही पुस १३ गतेदेखि भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा भएको प्रदर्शनीमा करिब ९० हजार दर्शकले अवलोकन गरी मंगलबार साँझ सम्पन्न भएको हो । ‘आत्मनिर्भरताको आधार स्वदेशी उत्पादनको प्रयोग’ भन्ने नारा रहेको प्रदर्शनीमा स्वदेशी छालाजुत्ता तथा वस्तु उत्पादकको सहभागि...
तीन महिनासम्म ब्याजदर बढाउन नपाइने नीति बन्दै

तीन महिनासम्म ब्याजदर बढाउन नपाइने नीति बन्दै

गभर्नर भन्छन्, ‘बैंकले अर्थतन्त्रलाई अप्ठ्यारो पारे, राष्ट्र बैंकले कडा कारबाही गर्नेछ’ बैंक तथा वित्तीय संस्थाले एकपटक कर्जाको ब्याजदर निर्धारण गरेपछि तीन महिनासम्म बढाउन नपाइने भएको छ । वित्तीय प्रणालीमा लगानीयोग्य पुँजीको अभाव भएको मौका छोपी बैंकहरूले सामान्य सूचनाका आधारमा ब्याजदर नबढाऊन् भनेर सरकार र राष्ट्र बैंकले यस्तो नियम बनाउन लागेका हुन् । यसका लागि अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच स...
मूल्य वृद्धिविरुद्ध आन्दोलनमा उत्रेका विद्यार्थी र प्रहरीबीच झडप

मूल्य वृद्धिविरुद्ध आन्दोलनमा उत्रेका विद्यार्थी र प्रहरीबीच झडप

  काठमाडौँ, पुस १८ — प्रतिनिधिसभा समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न र पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै मंगलबार गरिएको प्रदर्शनमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । प्रतिनिधिसभा समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न र पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै मंगलबार गरिएको प्रदर्शनमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ। अनेरास्ववियुले मंगल...
कृषि उद्यमबाट वार्षिक पन्ध्र लाख आम्दानी

कृषि उद्यमबाट वार्षिक पन्ध्र लाख आम्दानी

बागलुङ, १८ पुस ।   बागलुङ नगरपालिका–३ का नारायण शर्माले कृषि उद्यमबाट मनग्य आम्दानी गर्दै आएका छन् ।  पन्ध्र वर्षअघि व्यावसायिक कृषि थालेका ४९ वर्षीय शर्माले माछा, कुखुरा, हाँस, बाख्रापालनसँगै केराखेती पनि गरिरहेका छन् । रु १२ लाख लगानीबाट शुरु गरेको कृषि फार्मबाट उनले अहिले वार्षिक रु १५ लाखसम्म आम्दानी गर्छन् । ६ वटा पोखरीमा माछापालन गरेका उनले वार्षिक रु आठ लाखसम्म आम्दानी हुने गरेको बताए । ...
भूकम्पपीडितका लागि प्राप्त दुई करोड बराबरको राहत नष्ट

भूकम्पपीडितका लागि प्राप्त दुई करोड बराबरको राहत नष्ट

नुवाकोट,१८ पुस । जिल्लाका भूकम्पपीडितका लागि ल्याइएका खाद्यान्नसहितका राहत सामग्री प्रयोगविहीन भएकाले नष्ट गरिएको छ ।  विदुरस्थित इलम प्रशिक्षण केन्द्रमा भण्डारण गरिएको राहत सामग्रीको म्याद गुज्रिनुका साथै कुहिएर प्रयोगविहीन भएकाले एकसाता लगाएर नष्ट गरिएको हो । वि.सं २०७२ वैशाख १२ मा विनाशकारी भूकम्प गएलगत्तै वैशाख र जेठ महिनामा विभिन्न संस्था र दातृराष्ट्र प्राप्त राहत भण्डारण गरिएको ल...
मौरी चराउने किसानको आम्दानी वार्षिक ३० लाख

मौरी चराउने किसानको आम्दानी वार्षिक ३० लाख

मोरङ, १८ पुस। तपाईले गाईभैसी चराएको त देख्नु वा सुन्नु भएकै होला, तर किसानले मौरीसमेत चराउँछन् भन्दा तपाईलाई पत्यार नलाग्न सक्छन् । तर यो कुरा सत्य हो । मोरङको रंगेली–३ स्थित रञ्जनीका किसान यमनाथ पाठकले मौरी चराउने गर्नुभएको छ । आफैँले र छर छिमेकीले लगाएको तोरी ढकमक्क फुलेपछि मौरीको घार नै बोकेर उहाँले चराउँदै आउनुभएको छ । तोरी नफुल्ने समयमा समेत उहाँले जंगलमा लगेर मौरी चराउने गर्नुभ...
सरकारले १५ दिन नपुग्दै ईन्धनको मूल्य बढायो, कुन कति पुग्यो ?

सरकारले १५ दिन नपुग्दै ईन्धनको मूल्य बढायो, कुन कति पुग्यो ?

काठमाडौं – सरकारले इन्धनको मूल्य फेरि बृद्धि गरेको छ । आज राती सोमबारबाट लागू हुने गरी इन्धनको मूल्यमा बृद्धि गरेको नेपाल आयल निगमले जनाएको छ । यसअघि पुस ४ गते निगमले मूल्य बृद्धि गरेको थियो । निगमको सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाउने निर्णय गरेको जनाएको छ । भारतबाट नै प्रेट्रोलियम पदार्थको मूल्य बढेर आएकोले मूल्य समायोजन गर्नु...
नेपाल धितोपत्र बोर्डले दियो निर्देशन

नेपाल धितोपत्र बोर्डले दियो निर्देशन

काठमाडौँ, १७ पुस– जलविद्युत् कम्पनीले एकपछि अर्को गर्दै साधारण शेयर (आइपिओ) जारी गर्ने तयारी गरिरहेका बेला नेपाल धितोपत्र बोर्डले वित्तीय अवस्थाका बारेमा नागरिकले थाहा पाउने गरी सूचना दिन सम्बन्धित पक्षलाई निर्देशन दिएको छ । विभिन्न १६ वटा जलविद्युत् कम्पनीले साधारण शेयर जारी गर्ने तयारी गरिरहेका बेला बोर्डले आयोजनामा लगानी भएको रकमको नाफा के कति समयमा हुने हो र त्यसको आधार के हुने भन्नेबारेमा ...
भूकम्प प्रभावित जिल्लामा धमाधम अभिमुखीकरण कार्यक्रम

भूकम्प प्रभावित जिल्लामा धमाधम अभिमुखीकरण कार्यक्रम

काठमाडौं,१७ पुष – सरकारले भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माणलाई तीव्रता दिन प्रभावित जिल्लाका स्थानीय तहमा अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना एकाइले पुस ११ गतेबाट प्रभावित जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेको छ। एकाइका निर्देशक इश्वरचन्द्र मरहठ्ठाले भूकम्प प्रभावित ३१ जिल्लाका दुई सय ८२ स्थानीय तहमा कार्यक्रम सञ्चालन ...
सौराहा पर्यटकले भरिभराउ

सौराहा पर्यटकले भरिभराउ

रत्ननगर– पर्यटकीय गन्तव्य चितवनको रत्ननगरस्थित सौराहामा अंग्रेजी नयाँ वर्ष २०१८ का कारण पर्यटक भरिएका छन् ।  यहाँ रहेका ११० होटल आन्तरिक पर्यटकले भरिएका क्षेत्रीय होटल संघ चितवन, सौराहाका महासचिव राममणि खनालले जानकारी दिए । “करिब करिब १५/२० प्रतिशत बाह्य पर्यटक छन्, खनालले भने, अरु सबै आन्तरिक पर्यटकले होटल भरिभराउ भयो ।” आइतबार साँझ आएका कतिपय पर्यटकलाई कोठा पाउनसमेत समस्या परेको व्यवसायीले बत...
सन् २०१७ बारे पर्यटन बोर्डको समीक्षाः बाह्य पर्यटक भित्र्याउन सफल भइयो

सन् २०१७ बारे पर्यटन बोर्डको समीक्षाः बाह्य पर्यटक भित्र्याउन सफल भइयो

काठमाडौँ– नेपाल पर्यटन बोर्डले विभिन्न प्रवद्र्धनात्मक अभियान चलाएर सन् २०१७ मा बाह्य पर्यटक आगमनमा महत्वपूर्ण योगदान पुगेको जनाएको छ ।  बोर्डले ‘भिजिट नेपाल–२०१७’, घुमफिर वर्ष–२०१७’ जस्ता राष्ट्रिय र अन्तर्राष्ट्रिय अभियान चलाएर बढी बाह्य पर्यटक भित्र्याउन सफल भएको हो । सन् १९९८ देखिको १० लाख पर्यटक पुर्याउने लक्ष्य सन् २०१७ मा सार्थक बनाउन सावित भएको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीप...
भेडेटारमा सुरु भयो छैठौ फुड फेष्टिवल

भेडेटारमा सुरु भयो छैठौ फुड फेष्टिवल

धनकुटा, १६ पुस । अंग्रेजी नयाँ बर्षको अवसर पारेर आईतबारदेखि धनकुटाको भेडेटारमा छैठौ भेडेटार फुड फेष्टिवल अर्थात खाना महोत्सव सुरु भएको छ । होटल एशोसिएसन भेडेटारको आयोजनमा सञ्चालित तीन दिने महोत्सवको प्रतिनिधि सभाका सदस्य राजेन्द्र राईले उद्घाटन गरेका छन् । फेष्टिवल उद्घाटन गर्दै सांसद राईले भेडेटारलाई प्रदेश नं.१ को पर्यटकीय केन्द्र वनाउन पहल गर्ने वताएका छन । आर्थिक तथा सामाजिक उत्थानका लागी पर्...
देउवाले खोले दिल, रानाभाटलाई ७० लाख सहयोग

देउवाले खोले दिल, रानाभाटलाई ७० लाख सहयोग

काठमाडौं– सरकारले आर्थिक सहायताका नाममा बेला बेला राज्यकोषबाट ठुलो रकम वितरण गर्दै आएको छ । यही क्रममा सरकारले कांग्रेस नेता तथा पुर्व सभामुख तारानाथ रानाभाटलाई ७० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको छ । गत मंसिर ६ गतेको मन्त्रीपरिषद बैठकले रानाभाटलाई यो रकम दिएको हो । पछिल्लो पटक आफु निटक व्यक्ति र संस्थालाई आर्थिक सहयोग दिएको भन्दै सरकारको आलोचना भएको छ । सरकारले राजनीतिक पहुँचका आधारमा ...
आईसीपी निर्माणः भारततिर सञ्चालनमा, नेपालमा २० प्रतिशत मात्र काम

आईसीपी निर्माणः भारततिर सञ्चालनमा, नेपालमा २० प्रतिशत मात्र काम

विराटनगर, १६ पुस । मुलुकको मुख्यमध्येको भन्सार नाका रानी भन्सारमा भारततर्फ एकीकृत जाँच केन्द्र (आईसीपी) सञ्चालनमा आइसक्दा नेपालतर्फ २० प्रतिशत मात्र निर्माण सकिएको छ । ५ अगस्ट २००५ मा उक्त आईसीपी निर्माणसम्बन्धि सम्झौता भएको थियो, दुई मुलुकबीच । भारततर्फ जोगवनी र नेपालतिर मोरङको बुधनगरमा भारत सरकारले नै आईसीपी निर्माण गर्ने सम्झौता छ । नेपालतर्फको निर्माणका लागि एक सय ६९ बिघा भारतीय पक्षलाई उपल...
पाँचौँ राष्ट्रिय पोल्ट्री दिवस चितवनमा मनाइने

पाँचौँ राष्ट्रिय पोल्ट्री दिवस चितवनमा मनाइने

चितवन, १६ पुस,। पाँचौँ राष्ट्रिय पोल्ट्री दिवस विशेष कार्यक्रमका साथ पूर्वी चितवनमा मनाइने भएको छ । पाँच वर्ष अघि २०७० सालमा सरकारले पुस १७ गतेलाई पोल्ट्री दिवस मनाउने निर्णय गरेको थियो । नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष एवं पाँचौँ राष्ट्रिय पोल्ट्री दिवसका संयोजक डा होमबहादुर बस्नेतले यस वर्षको पोल्ट्री दिवसमा पोल्ट्री क्षेत्रको विकाससंग सम्बन्धित गोष्ठी गरिने उनले बताए ।यसअघि ¥यालीको आयोज...
दक्षिण कोरियामा कामदारको तलब वृद्धि

दक्षिण कोरियामा कामदारको तलब वृद्धि

काठमाडौं–दक्षिण कोरियामा कामदारको तलब वृद्धि भएको छ । सन् २०१८ का लागि सरकारले  तलबमा १६.४ प्रतिशतले वृद्धि गरेको छ ।जुलाईको अन्तिममा ज्याला निर्धारण समितिको बैठकले तलब बढाउने निर्णय गरेको थियो । गत अगस्टमा मन्त्रीपरिषदले अनुमोदन गरेको ज्यालादर  नयाँ वर्षसँगै लागु हुनेछ । निर्धारित नयाँ पारिश्रमिक अनुसार  कामदारको तलब प्रतिघण्टा ७५३० कोरियन वन  भएको छ । दैनिक आठ घण्टाको न्यूनतम तलब १५ लाख ७३ हज...
भेडेटारमा ‘फुड फेष्टिवल’ को तयारी पुरा

भेडेटारमा ‘फुड फेष्टिवल’ को तयारी पुरा

धनकुटा, १५ पुस । अंग्रेजी नयाँ बर्षको अवसर पारेर भोलीदेखि धनकुटाको भेडेटारमा सुरु हुँने छैठौ भेडेटार फुड फेष्टिवल अर्थात खाना महोत्सवको तयारी पुरा भएको छ । फेष्टिवलका लागि स्टल, तोरन बत्ति, स्टेज लगायतको सम्पूर्ण तयारी पुरा भएको आयोजक होटल एशोसिएसन भेडेटारका सचिव जितेन्द्र रुम्दालीले संगालोखबरलाई जानकारी दिएका छन् । आर्थिक तथा सामाजिक उत्थानका लागी पर्यटन, होटल व्यवसाय, होमस्टे र अन्य व्यापार व...
धनकुटाका उद्यमीले पाउने भए अनुदानमा औजार

धनकुटाका उद्यमीले पाउने भए अनुदानमा औजार

धनकुटा, १४ पुस । धनकुटामा लघु तथा साना उद्योगमा सम्लग्न उद्यमीलाई अनुदानमा मेसिन तथा औजार वितरण गरिने भएको छ । घरेलु तथा साना उद्योग बिकास समिति मुख्य शाखा कार्यालय धनकुटाले ८० प्रतिशत अनुदानमा उद्यमीलाई आवश्यक पर्ने मेसिन तथा औजार वितरण गर्ने भएको हो । प्रविधि हस्तान्तरण कार्यक्रम अन्र्तगत अनुदान पाएपछि २० प्रतिशत रकममा उद्यमीले मेसिन तथा औजार पाउँने उद्योग विकास शाखा प्रमुख सत्यनारायण राईले बता...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

काठमाडौं, १२ पुस । आज सुनको भाउ रु ३०० सयले बढेको छ । मंगलबार तोलामा ५५ हजारमा कारोबार भएको छापावाला सुन आज ५५ हजार ३०० सय मा कारोबार भईरहेको छ । नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य भने तोलाको ५५ हजार रहेको छ ।  मंगलबार तेजावी सुनको मुल्य ५४ हजार ७ सय रहेको थियो ।  यस्तै आज चादी तोलामा ७ सय ३५ मा कारोबार भइरहेको छ ।
‘शिक्षा कर’ बोर्डिङ स्कुलले तिर्ने कि अभिभावकले ?

‘शिक्षा कर’ बोर्डिङ स्कुलले तिर्ने कि अभिभावकले ?

काठमाडौं, ११ पुस । तपाईको घर वा डेरामा स्कुलबाट मंसिर/पुस महिनाको बिल आयो ? यदि आएको छ भने त्यसमा पक्कै पनि ‘एजुकेसन ट्याक्स’ का नाममा एक प्रतिशत रकम जोडिएको छ र त्यो कर तपाईले मासिक शुल्कसँगै विद्यालयलाई बुझाउनुपर्ने छ । सरकारले माध्यमिक तहसम्म शिक्षा निशुल्क भनेको छ । संविधानले शिक्षालाई नागरिकको मौलिक हकअन्तरगत राखेको छ । तर, निजी स्कुलहरुले विद्यार्थीबाट शुल्क उठाएवापत राज्यलाई तिर्नुपर्ने ...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

काठमाडौं, ११ पुस । आज सुनको भाउ रु १०० ले बढेको छ । आइतबार  तोलाको ५४ हजार  ९०० मा करोबार भएको  छापावाला सुन आज तोलामा ५५ हजारमा कारोबार भइरहेको छ ।  सोमबार भने सुनको भाउ स्थिर थियो । नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार  आज  तेजावी सुनको मूल्य भने  तोलाको ५४ हजार  ७ सय रहेको छ ।  आइतबार तेजाबी सुनको मूल्य ५४ हजार ६०० रहेको थियो । यस्तै  आज चादी तोलामा ७ सय ३० मा कारोबार भईरहेको छ । सा...
अब सहकारीमा पनि स्रोत खुलाउनुपर्ने

अब सहकारीमा पनि स्रोत खुलाउनुपर्ने

सरकारले सहकारी संस्थामा पनि १० लाख रूपैयाँभन्दा बढी कारोबार गर्दा स्रोत खुलाउनुपर्ने व्यवस्था गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थामा केही वर्ष अघिदेखि नै लागू भइसकेको यो व्यवस्था बचत तथा ऋण कारोबार गर्ने सहकारीमा पनि लागू गर्न लागिएको हो । ‘सम्पत्ति शुद्धीकरण निवारण ऐन–२०६४’ अन्र्तगत सहकारी तथा गरिवी निवारण मन्त्रालयले स्रोत खुलाउनुपर्ने व्यवस्थासहितको सम्पति शुद्धीकरणसम्बन्धी निर्देशन जारी ग...
काबेली बैंकमा माउन्ट मकालु गाभिने प्रकृया अन्तिम चरणमा

काबेली बैंकमा माउन्ट मकालु गाभिने प्रकृया अन्तिम चरणमा

धनकुटा, १० पुस । काबेली बिकास बैंकमा माउन्ट मकालु डेभलपमेन्ट बैंक गाभिने प्रकृया अन्तिम चरणमा पुगेको छ । धनकुटाको काबेली र तेह्रथुम बसन्तपुरको माउन्ट मकालुले सोमबार साधारणसभा गरी बैंक गाभ्ने र गाभिने प्रस्ताव स्वीकृत गरेका हुन् । साधारणसभा पश्चात आयोजित पत्रकार सम्मेलनमा काबेली बिकास बैंकका अध्यक्ष गोपालप्रसाद काफ्लेले दुई बैंक गाभिने प्रकृया अन्तिम चरणमा पुगेको जानकारी दिदै माघ १ गतेबाट एकीकृत क...
‘टाइगर जिन्दा हे’ले तीन दिनमा कमायो सय करोड

‘टाइगर जिन्दा हे’ले तीन दिनमा कमायो सय करोड

काठमाडौं, १० पुस । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘टाइगर जिन्दा हे’ले बलिउड बक्सअफिसमा १ सय करोडको व्यापार गरेको छ। रिलिज भएको तीन दिनमा फिल्मले १ सय १० करोड रुपैयाँ भन्दा बढीको व्यापार गरेको हो। पहिलो दिन शुक्रबार ३४ करोड र दोस्रो दिन ३६ करोड रुपैयाँको व्यापार गरेको फिल्मले तेस्रो दिन ४२ करोड भन्दा बढीको व्यापार गर्न सफल भयो। जुन बलिउड बक्स अफिसमा नयाँ रेकर्ड हो। फिल्मले पाएको सकारात्मक प...
एसइई परीक्षा तयारीका लागि विद्यालयलाई थप २५ हजार रकम उपलब्ध

एसइई परीक्षा तयारीका लागि विद्यालयलाई थप २५ हजार रकम उपलब्ध

महोत्तरी, ८ पुस । जिल्ला शिक्षा कार्यालय महोत्तरीले एसइई परीक्षा तयारीका लागि हरेक सामुदायिक विद्यालयलाई रु २५ हजार दिएको छ । आगामी चैत महिनामा हुन लागेको एसइई परीक्षामा सहभागी हुने विद्यार्थीलाई लक्षित गरी अतिरिक्त कक्षा सञ्चालन गर्नका लागि सो रकम उपलब्ध गराइएको हो । जिल्लाको ८५ वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई अंग्रेजी, विज्ञान र गणित विषयको पाठ्यपुस्तक पूर्णरुपमा तयारी गराउनका लागि रु ...
अझै तिरेन सरकारले अनमिनको  साढे ३ करोड

अझै तिरेन सरकारले अनमिनको साढे ३ करोड

नेपालको शान्ति प्रक्रियामा सघाउन आएको संयुक्त राष्ट्रसंघीय शान्ति मिसन अनमिन कार्यालय बसेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको साढे ३ करोड रुपैयाँ भाडा सरकारले अझै नतिरेको पाइएको छ । अनमिन कार्यालय फिर्ता हुनु ३ वर्षअघि देखि नतिरिएको भाडा बिदाइ भएको ८ वर्षसम्म पनि निकासा भएको छैन । मुलुकमा शान्ति प्रक्रिया र हतियार व्यवस्थापन भएपछि अनमिन फर्किएको ८ वर्ष भयो । अनमिन कार्यालयको भाडा सरकारले तिर्ने...
विद्यालयलाई  एक करोड सहयोग

विद्यालयलाई एक करोड सहयोग

बेनी, म्याग्दी, ८ पौष । बेनी नगरपालिका–४ सिंगास्थित धौलागिरि माविले शुक्रबार आयोजना गरेको भूपू विद्यार्थी पुनर्मिलन कार्यक्रमबाट रु एक करोड दुई लाख सहयोग प्राप्त भएको छ । कार्यक्रममा विद्यालयका पूर्वविद्यार्थीले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि आर्थिक सहयोग गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा विद्यालयका पूर्वविद्यार्थी डा मीनबहादुर श्रेष्ठले...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

काठमाडौँ, ७ पुस । सुनको मूल्य आज फेरी तोलामा एक सय रुपैयाँले घटेको छ । आज सुन प्रतितोला ५४ हजार ६ सय रुपैयाँमा झरेको छ । हिजो सुन प्रतितोला ५४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्यमा पनि पाँच रुपैयाँले गिरावट आएको छ । आज चाँदी प्रतितोला ७ सय २० रुपैयाँमै कारोवार भईरहेको छ । हिजो चाँदी प्रतितोला ७ सय २५ रपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको ।
१५ दिनको अवधिमा तीन पटक बढ्यो इन्धनको मुल्य, कति पुग्यो अव  ?

१५ दिनको अवधिमा तीन पटक बढ्यो इन्धनको मुल्य, कति पुग्यो अव ?

  काठमाडौं, ५ पुस। नेपाल आयल निगमले १५ दिनको अन्तरमा दोस्रो पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले मंगलवार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १/१ रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको हो । यसअघि निगमले मंसिर २२ मा इन्धनको मूल्य समायोजन गरेको थियो । नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय १ रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेल र मट्ट...
भेडेटारमा छैठौ ‘फुड फेष्टिवल’ हुँने

भेडेटारमा छैठौ ‘फुड फेष्टिवल’ हुँने

धनकुटा, १ पुस । धनकुटाको भेडेटारमा आगामि पुस १६ गतेदेखि छैठौ भेडेटार फुड फेष्टिवल अर्थात खाना महोत्सव हुँने भएको छ । हरेक अंग्रेजी नयाँ वर्षको अवसरमा हुँदै आएको फेष्टिवल यो बर्ष पनि हुँन लागेको हो । आयोजक होटल एशोसिएसन भेडेटारले शनिवार पत्रकार सम्मेलन गरी पुस १६ देखि १८ गतेसम्म तीन दिने फेष्टिवल आयोजना गरिएको जानकारी दिएको छ । आर्थिक तथा सामाजिक उत्थानका लागी पर्यटन, होटल व्यवसाय, होमस्टे ...
error: Content is protected !!