काठमाडौँ, २७ चैत। करोडौं बजेटका सरकारी आयोजनाले बजेट हतारमा सकाउन ‘असारे विकास’ को रिहर्सल सुरु गरेका छन्। देशभर विभिन्न मन्त्रालयअन्तर्गतका सिँचाइ, सडक, पुल, खानेपानी, मर्मत सम्भारलगायत निर्माण कार्य हतार–हतार सुरु गर्न गृहकार्य थालिएको छ।

आर्थिक वर्ष ०७४/७५ को सुरुदेखि नै थालनी गर्नुपर्ने विकास आयोजना अन्तिम समयमा तयारी गर्ने परम्परा यसपटक पनि सुरु भएको छ। विभिन्न स्थानीय तहले पनि आफ्नो क्षेत्रमा असारे विकासको कार्यक्रम हतारमा सुरु गर्न थालेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

Advertisement

वर्षभरमा सक्नुपर्ने विकास आयोजना आर्थिक वर्षको अन्तिम समयमा आएर हतारमा सक्ने र फाइदा लुट्ने प्रवृत्तिलाई प्रशासन क्षेत्रमा ‘असारे विकास’ ले परिचित छ।

केन्द्रीय आयोजनादेखि स्थानीय तहका विभिन्न विकास निर्माण कार्य हतारहतारमा अघि बढाउने क्रम थालिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले त्यस्ता प्रवृत्तिलाई कडाइसाथ ‘चेक’ गर्न सरोकारवाला निकायका सचिवलाई निर्देशन दिएको छ।

पहिलो र दोस्रो चौमासिकमा चुपचाप बसेका विकास आयोजनाका सञ्चालक, आयोजनाको अनुगमन गर्ने प्राविधिक र ठेकेदारहरू तेस्रो चौमासिकको वैशाखदेखि काम सुरु गरेर हतारमा असारमा सक्न दौडधुपमा लागेका छन्।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता तथा सहसचिव विनोदबहादुर कुवरले विकास आयोजना समयमै गुणस्तरीय किसिमले सम्पन्न नहुने र हतारमा काम गर्ने प्रवृत्ति यथावत् रहेको बताए। वर्षौंदेखिको यो प्रवृत्ति यसपटक पनि दोहोरिने अवस्था देखिएपछि प्रधानमन्त्री कार्यालयले त्यस्ता विकास निर्माण कार्य राम्ररी चेक गर्न सरोकारवाला निकायलाई निर्देशन दिए पनि त्यो निर्देशन प्रभावकारी बन्न सकेको छैन।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!