काठमाडौँ, २७ चैत । नेपाल विद्युत्त प्राधिकरणले वैशाखदेखि उद्योगसहित पूर्ण रुपमा लोडसेडिङ अन्त्य गर्ने भएको छ ।

Advertisement

कारोबार दैनिकका अनुसार, डेढ वर्षदेखि काठमाडौं उपत्यका र एक वर्षदेखि मुलुकभर सर्वसाधारणका लागि लोडसेडिङमुक्त बनाएको प्राधिकरणले वैशाख अन्तिम सातादेखि उद्योगलाई पनि लोडसेडिङमुक्त बनाउन लागेको हो ।

भारप्रेषण केन्द्रका प्रमुख विष्णु श्रेष्ठले कारोबारलाई बताए अनुसार, हाल बिहान जगदम्बा र बेलुका अन्य उद्योगका लागि करिब ३ घन्टा लोडसेडिङ हुँदै आएको छ । उनका अनुसार, उद्योगधन्दाको माग करिब २ सय ७० मेगावाट छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!