उद्योग र व्यवसायका क्षेत्रमा सुरक्षा दिन सरकार प्रतिबद्ध
चितवन, २५ चैत। गृहमन्त्री रामबहादुर थापाले उद्योग र व्यावसायिक क्षेत्रमा सुरक्षा दिन गृहमन्त्रालय प्रतिबद्ध भएको बताउनुभएको छ । चितवन उद्योग संघले आज यहाँ आयोजना गरेको गृहमन्त्री र उद्यमीबीच छलफल तथा अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजनीतिक आवरणमा हुने चन्दा आतंक सरकारले रोक्छ भन्नुभयो ।
विकास र समृद्धिका लागि सुशासन अपरिहार्य छ भन्दै गृहमन्त्री थापाले कर्मचारी प्रशासनमा हुने भ...





























