- कृष्ण कट्टेल

काठमाडौं, ७ जेठ । सरकारले आगामी आर्थिक वर्ष ०७५/७६ को नीति तथा कार्यक्रम सोमबार संसद्मा प्रस्तुत गर्दै छ ।

Advertisement

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै अपराह्न ४ बजे नीति तथा कार्यक्रम घोषणा गर्ने कार्यक्रम छ ।

सरकारी कार्यक्रममाथि ९ जेठदेखि ३ दिन छलफलको समय निर्धारण गरिएको संघीय संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले बताए । छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री केपी ओलीले दिनेछन् । संसद्बाट पारित नीति तथा कार्यक्रममा टेकेर सरकारले बजेट ल्याउनेछ ।

नीति तथा कार्यक्रम पेस भइसकेपछि साँझ साढे ५ बजे राष्ट्रिय सभा र प्रतिनिधिसभाको छुट्टाछुट्टै बैठक बोलाइएको छ । दुवै सभाको छुट्टाछुट्टै बैठकले सम्बोधनका लागि राष्ट्रपतिलाई धन्यवाद दिने कार्यक्रम छ ।

राष्ट्रपतिले संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रममा उपराष्ट्रपति, प्रधानन्यायाधीश, संवैधानिक आयोगका प्रमुख, कुटनीतिक नियोगका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायतलाई आमन्त्रण गरिएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनलाई सिंगारिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!