बजारमा पाँच खर्बको कागजी नोट, सबैभन्दा बढी हजारका
काठमाडाैँ, १७ वैशाख। बजारमा करिब पाँच खर्ब रुपैयाँको कागजी नोट रहेको नेपाल राष्ट्र बैकले जनाएको छ।
राष्ट्र बैकका अनुसार गत साताको शुक्रबार सम्ममा ४ खर्ब ७९ अर्ब ७५ करोड रुपैया कागजी नोट चलन चल्तीमा रहेको छ। त्यसैगरी, राष्ट्र बैकका विभिन्न ७७ वटा नोट कोषमा ५२ अर्ब रुपैया नोट मौज्दाज रहेको छ।
१ रुपैया दरका १६ करोड थान, दुई रुपैयाँ दरका ९२ लाख थान, ५ रुपैया दरका ४ अर्ब थान नोट रहेको राष्ट्र बैककल...




























