माथिल्लो त्रिशूली १ सँग विद्युत् खरिद सम्झौता

माथिल्लो त्रिशूली १ सँग विद्युत् खरिद सम्झौता

काठमाडौँ, १४ माघ। नेपाल विद्युत् प्राधिकरण र माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीसँग विद्युत् खरिद सम्झौता (पिपिए) मा हस्ताक्षर भएको छ । प्राधिकरणमा आज आयोजित एक समारोहमा ऊर्जा सचिव अनुपकुमार उपाध्यायको उपस्थितिमा पिपिएमा हस्ताक्षर भएको प्रवक्ता प्रबल अधिकारीले जानकारी दिनुभयो । पिपिएमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्...
करिब ५० हजार मेट्रिक टन चिनी अपुग हुने

करिब ५० हजार मेट्रिक टन चिनी अपुग हुने

काठमाडौँ, १४ माघ।  नेपाल चिनी उद्योग संघले यस वर्ष देशभर करिब ५० हजार मेट्रिक टन चिनी नपुग हुने जनाएको छ । मुलुकमा करिब दुई लाख २५ हजार मेट्रिक टन चिनीको माग भएको भए पनि स्वदेशी उत्पादनबाट करिब एक लाख ७५ हजार मेट्रिक टन चिनी उत्पादन हुने अनुमान गरिएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष राजेश केडियाले २० लाख मेट्रिक टन उखु उत्पादन हुने बताउँदै सो परिणाम बराबर रु एक अर्ब १० करो...
एघार विमानस्थलको कमाइ मात्रै करोडमाथि

एघार विमानस्थलको कमाइ मात्रै करोडमाथि

काठमाडौँ, १४ माघ। देशभर सञ्चालनमा रहेका कुल २९ विमानस्थलमध्ये ११ वटा विमानस्थलको मात्रै कमाइ रु एक करोडभन्दा माथि छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार १८ वटा विमानस्थलको कमाइ कम हुँदा सञ्चालन खर्च चलाउनसमेत नपुग्ने अवस्थामा रहेको छ । सरकार र राजनीतिक दलले मुलुकका विभिन्न स्थानमा नयाँ विमानस्थल खोल्ने तयारी गरिरहेका बेला सञ्चालनमा रहेका विमानस्थलको कमाइ नै कमजोर देखिएको हो । सञ्चालनमा ...
आधुनिक अलैँची भट्टी नहुँदा किसानलाई समस्या

आधुनिक अलैँची भट्टी नहुँदा किसानलाई समस्या

तेह्रथुम, १४ माघ।  जिल्लाको आठराई गाउँपालिका–२, खाम्लालुङका किसान सुमन खापुङको परिवारले अलँैचीको खेती गर्न थालेको पुस्तौँ बित्यो । यसै खेतीबाटै उहाँको परिवार चलेको छ । खापुङलाई अलैँची टिप्नुभन्दा सुकाउन झन्झटिलो लाग्ने गरेको छ । अलैँची टिप्न सहज भए पनि अलैँची सुकाउन आधुनिक प्रविधिको ज्ञान नहुँदा उहाँलाई असजिलो भएको हो । गाउँमा किसानले ढुंगा, माटोले बनेको परम्परागत भट्टीमा अलैँची सुकाउछन् । खापु...
गाईवस्तुका लागि पनि चक्लेट उत्पादन

गाईवस्तुका लागि पनि चक्लेट उत्पादन

विराटनगर, १४ माघ। मानिसले रुचाउने चक्लेट अब गाईवस्तुका लागि पनि उत्पादन हुन थालेको छ। मोरङको एक उद्योगले गाईवस्तुको दानाका रूपमा चक्लेटउत्पादन गरेको हो। विशेष गरी यो चक्लेट दूध दिने गाईवस्तुका लागि लाभदायी हुने उद्योगको दाबी छ। बजारीकरणसँगै घाँस र दानाको अभाव भएपछि यसलाई परिपूर्ति गर्न आधुनिक दानाका रूपमा गाईवस्तुले खाने चक्लेट उत्पादन गर्न थालिएको हो। मोरङको झोराहाटस्थित कृष्ण दाना उद्योगले के...
रक्षा बजेट बृद्धिगर्दै अमेरिकी राष्ट्रपति ट्रम्प

रक्षा बजेट बृद्धिगर्दै अमेरिकी राष्ट्रपति ट्रम्प

वासिङ्टन, १३ माघ। अमेरिकी राष्ट्रति ट्रम्पले अमेरिकाको आगामी वर्षको रक्षा बजेटमा बृद्धि गर्न लाग्नुभएको बताइएको छ । उहाँले सन् २०१९ का लागि अर्थात आगामी वर्षका लागि ७१६ अर्ब अमेरिकी डलर बराबरको बजेट प्रस्ताव गर्नुभएको समाचारमा जनाइएको छ । काँग्रेसले सो बजेट पारित गर्न त बाँकी नै छ, तर पनि राष्ट्रति ट्रम्पले भने आगामी वर्षका लागि सो बजेट प्रस्ताव गर्न लाग्नुभएको रक्षा अधिकारीहरुले जानकारी दिएका...
चिसोका कारण एक करोडभन्दा बढीको माछा मरे

चिसोका कारण एक करोडभन्दा बढीको माछा मरे

नुवाकोट, १३ माघ ।  समयमै बजार नपाउँदा चिसोको कारण यहाँका एक किसानले पालेका रु एक करोडभन्दा बढीको माछा मरेका छन् । बेलकोटगढी नगरपालिका–१० वासुकीका युवराज पाण्डेले सञ्चालन गरेको ‘पाण्डे कृषि फर्म’को करिब ५५ हजार केजी माछा समयमै बिक्री नहुँदा चिसो मौसमले मरेको हो । पाण्डेको फर्ममा रहेका बचुवा (पांगासियस) जातको माछा लगातार मौसमी तापक्रममा आएको गिरावटले माछापोखरीको पानीको तापक्रम कम भएर क्षति प...
धितोपत्र बजार: एक अर्ब ७३ करोड कारोबार

धितोपत्र बजार: एक अर्ब ७३ करोड कारोबार

काठमाडौँ, १३ माघ ।  धितोपत्र बजारमा यस साता रु एक अर्ब ७३ करोड ९० लाख १४ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्ज(नेप्से)काअनुसार कुल १७७ कम्पनीको ५० लाख ५९ हजार ९३० कित्ता शेयर बिक्री भएका थिए । कारोबार रकम गत साताको भन्दा ५८ दशमलव ७४ प्रतिशत बढी हो । गत साता १७० कम्पनीको रु एक अर्ब नौ करोड ५४ लाख ८५ हजार बराबरका २४ लाख ६१ हजार ६०० कित्ता शेयर खरिद बिक्री भएका थिए । साताको ...
मनाङमुस्ताङका पर्यटन व्यवसायी ट्राउट माछापालनमा

मनाङमुस्ताङका पर्यटन व्यवसायी ट्राउट माछापालनमा

ललितपुर, १३ माघ।  हिमाली जिल्ला मनाङ, मुस्ताङ र सोलुखुम्बुका पर्यटन व्यवसायीले ट्राउट माछा पाल्न थालेका छन् । एशियाली विकास बैंकको सहयोगमा सञ्चालित उच्च पहाड कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार परियोजनामार्फत ती जिल्लाका किसानले माछा पाल्न थालेका छन् । पर्यटन र स्थानीय आत्मनिर्भरताको उद्देश्यले ट्राउट पालन कार्यक्रम शुरु भएको परियोजनाका निर्देशक विजयकान्त झाले बताउनुभयो । एघार जिल्लामा ट्र...
तीसवर्षीय सेवावधि खारेज गर्न निवेदन

तीसवर्षीय सेवावधि खारेज गर्न निवेदन

काठमाडौँ, १२ माघ । नेपाल राष्ट्र बैंकको कर्मचारी विनियमावलीको व्यवस्थानुसार तीसवर्षीय सेवावधिसम्बन्धी व्यवस्था खारेज गर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ । लोकसेवा आयोग र नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाई बैंकका सहायक निर्देशकहरु पुण्यप्रसाद बराल, रवि भण्डारी र उदयकुमार मण्डलले आइतबार दायर गरेको निवेदनमा बैंकको सो विनियमावलीको व्यवस्थाअनुसार ३० वर्षीय सेवावधिसम्बन्धी व्यवस्था खारेज...
खुकुलो मापदण्डपछि होटलमा लगानी बढ्दै

खुकुलो मापदण्डपछि होटलमा लगानी बढ्दै

काठमाडौँ, १२ माघ।  सरकारले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि होटल व्यवसायमा खुकुलो मापदण्ड तय गरेपछि पछिल्लो दिनमा सो क्षेत्रमा लगानी गर्नेहरु बढ्दै गएका छन् । पर्यटन विभागका अनुसार पर्यटन क्षेत्रको महत्वपूर्ण पूर्वाधारका रुपमा रहेको होटल, रेष्टुराँ तथा रिसोर्टको संख्या बढेर एक हजार २०० पुगेका छन् । यस्तै १०० वटा नयाँ होटल थपिने क्रममा रहेको छ । हाल होटलको ‘बेड’ संख्या ४२ हजार रहेको छ । ल...
भन्सार प्रशासनलाई सुधार्न जोड

भन्सार प्रशासनलाई सुधार्न जोड

काठमाडौँ, १२ माघ। भन्सार प्रशासनमा देखिएको समस्यालाई सुधार गरी अन्तर्राष्ट्रिय मापदण्डमा पु¥याउनुपर्नेमा जोड दिइएको छ । छैसट्ठीयौँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा विभागले आज यहाँ आयोजना गरेको कार्यक्रमका वक्ताले भन्सार विन्दुलाई प्राविधिक एवं प्रशासनिक रुपमा सुधार गर्नुपर्नेमा जोड दिएका हुन् । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भन्सारमा देखिएको न्यूनविजकीकरण, चोरी पैठारीजस्ता समस्...
लक्ष्यभन्दा २२ करोड बढी राजश्व संकलन

लक्ष्यभन्दा २२ करोड बढी राजश्व संकलन

दाङ, १२ माघ। आन्तरिक राजश्व कार्यालय, दाङले चालू आर्थिक वर्ष २०७४/७५ को छ महिनामा रु ८५ करोड २६ लाख ७१ हजार राजश्व संकलन गरेको छ । राजश्व कार्यालयले पुस मसान्तसम्म विभिन्न शीर्षकमा लक्ष्यभन्दा रु २२ करोड ७२ लाख ५४ हजार बढी राजश्व संकलन गरेको हो । राजश्व कार्यालयले छ महिनाको अवधिमा रु ६२ करोड ५४ लाख १७ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । चालू आवको पुस मसान्तसम्म आन्तरिक राजश्व कार्य...
व्यापार घाटा एक खर्ब ८२ अर्ब

व्यापार घाटा एक खर्ब ८२ अर्ब

पर्सा, १२ माघ। देशकै प्रमुख भन्सार नाका वीरगञ्जको व्यापार घाटा चालू आर्थिक वर्षको छ महिनामा ३२ गुणा पुगेको छ । गत आवको पहिलो छ महिनामा वीरगञ्ज नाकाको व्यापार घाटा १९ गुण रहेकामा चालू आवमा व्यापार घाटा ३२ गुणा पुगेको हो । आव २०७४/७५ को साउनदेखि पुससम्म रु एक खर्ब ८८ अर्ब १२ करोड ९४ लाख मूल्यको विभिन्न वस्तु आयात भएको थियो । सो नाका भएर रु पाँच अर्ब ७२ करोड ९६ लाखको वस्तु निर्यात भएको वीरगञ्...
एक करोड पच्चिस लाखको रातो गुलाफ आयात हुने

एक करोड पच्चिस लाखको रातो गुलाफ आयात हुने

काठमाडौँ, १२ माघ।  यस वर्षको प्रणय दिवसका लागि भारतबाट रु एक करोड २५ लाख बराबरको रातो गुलाफ आयात गरिने भएको छ । यो गत वर्षको तुलनामा ३५ हजार स्टिक गुलाफ बढी हो । अघिल्लो वर्ष रु एक करोडको मात्र आयात गरे पनि यस वर्ष बजारमा माग बढेकाले केही थप आयात गर्न लागिएको हो । दुई लाख २५ हजार वटा रातो गुलाफको बजारमा माग रहेको छ । त्यसमध्ये २० प्रतिशत आन्तरिक उत्पादनले धाने पनि ८० प्रतिशत अझै पनि भारतबा...
धनकुटा महोत्सवको तयारी तिव्र

धनकुटा महोत्सवको तयारी तिव्र

धनकुटा, ११ माघ । धनकुटामा यही माघ २९ गतेदेखि सुरु हुने प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रर्दशनी एवं चौथो धनकुटा महोत्सवको तयारी तिव्र पारिएको छ । आयोजक धनकुटा उद्योग बाणिज्य संघले आज पत्रकार सम्मेलन गरी माघ २९ देखि फागुन १० गतेसम्म हुँने महोत्सवको तयारी तिव्र पारिएको जानकारी दिएको हो । घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तु एवं कृषि उपज लगायत नेपाल व्यापार एकीकृत रणनीति एनटीआईएसमा रहे...
सुन्न र बोल्न नसक्ने शशिराजको आम्दानी चार लाख

सुन्न र बोल्न नसक्ने शशिराजको आम्दानी चार लाख

रामपुर, पाल्पा, ११ माघ। रामपुरका युवा शशिराज डोटेल अपाङ्ग भए पनि छजनाको परिवार उहाँकै भरमा चलेको छ । उहाँ सुन्न र बोल्न सक्नुहुन्न तर पनि उहाँले गरेको तरकारी व्यवसाय सवलाङ्ग व्यक्तिभन्दा कुनै कम छैन । शशिराजको कृषि कार्य देख्ने जो कोही पनि दंग छन् । उहाँले विगत १० वर्षदेखि चार रोपनी जग्गामा तरकारी गर्दै आउनुभएको छ । उहाँ तरकारी व्यवसायबाट जिल्लामै अगुवा कृषकका रुपमा चिनिनुहुन्छ । डोटेलको कृषि...
जापानको बत्तीस करोड अनुदान

जापानको बत्तीस करोड अनुदान

काठमाडौँ, ११ माघ।  जापान सरकारले खाद्य सहायता कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकारलाई रु ३२ करोड ४८ अनुदानस्वरुप उपलब्ध गराउने भएको छ । खाद्यान्न अभाव हुने नेपालका दुर्गम क्षेत्रमा खाद्य सुरक्षा सुनिश्चित गर्न तथा भूकम्प, बाढीजस्ता दैवी विपत्तिका बेलामा पनि खाद्यान्न अभाव हुन नदिन जापान सरकारले चामललगायत खाद्यान्न खरिद गर्न उक्त रकम उपलब्ध गराउन लागेको हो । गत वर्षको बाढीले नेपालको कृषि क्...
दुई वडाका सबै घरधुरी सहकारीमा आबद्ध

दुई वडाका सबै घरधुरी सहकारीमा आबद्ध

भोजपुर, ११ माघ।  भोजपुरको पूर्वी अरुण गाउँपालिकाका दुई वटा वडाका सबै घरधुरी सहकारीमा आबद्ध भएका छन् । सो गाउँपालिकाको वडा नं १, याङपाङ र वडा नं २, चम्पेका सबै घरधुरी सहकारीमा आबद्ध भएपछि ती वडालाई सहकारीयुक्त वडा घोषणा गरिने गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । चम्पेमा बसोबास गर्ने ५९० घरधुरी पाथीभरा बचत तथा ऋण सहकारी संस्था र याङपाङका ६५४ घरधुरी अरुण बचत तथा ऋण सहक...
दुई अर्ब ४१ करोड बढी राजस्व संकलन

दुई अर्ब ४१ करोड बढी राजस्व संकलन

चितवन, १० माघ।  आन्तरिक राजस्व कर्यालय भरतपुरले चालू आर्थिक वर्ष २०७४/७५ को छ महिनामा गत वर्षको सोही अवधिमा भन्दा रु दुई अर्ब ४१ करोड ७९ लाख चार हजार बढी राजस्व संकलन गरेको छ । कार्यालयका प्रमुख थानप्रसाद पंज्ञेनीका अनुसार पुस मसान्तसम्ममा रु नौ अर्ब ३२ करोड ७४ लाख ५३ हजार राजस्व संकलन भएको छ । यस अवधिमा रु आठ अर्ब ४५ करोड १२ लाख एक हजार लक्ष्य राखिएको थियो । “लक्ष्यभन्दा ११०.३७ प्रतिशत ...
भूकम्पपीडितलाई चिनियाँ सोलार

भूकम्पपीडितलाई चिनियाँ सोलार

काठमाडौं, १० माघ। चीन सरकारले भूकम्पीडितलका लागि ३४ हजार सोलार अनुदान दिएको छ । भूकम्पपीडितको व्यक्तिगत घरमा प्रयोग गर्ने गरी ३२ हजार, भूकम्प प्रभावित क्षेत्रका विद्यालय, स्वास्थ्य चौकी र सरकारी कार्यालयका निम्ति प्रयोग गर्न तीन सय २५ वटा सोलार चीनले दिएको हो । चीनले ३२ हजार तीन सय २५ सोलर जडान गर्दा र सम्बन्धित ठाउँमा पुर्‍याउँदा हुन सक्ने क्षति तथा प्राविधिक त्रुटिका लागि थप पाँच प्रतिशत अर्था...
दमक महोत्सवमा करिब पाँच करोडको कारोबार

दमक महोत्सवमा करिब पाँच करोडको कारोबार

दमक, १० माघ। तेह्र दिनसम्म चलेको दमक महोत्सव मंगलबार सकिएको छ । गत पुस २७ देखि शुरु भएको प्रादेशिकस्तरीय कृषि, औद्योगिक तथा पर्यटन महोत्सव औपचारिक रुपमा एक कार्यक्रम गरी सम्पन्न भएको हो । कार्यक्रम झापा क्षेत्र नं २ की प्रतिनिधि सभा सदस्य पवित्रा निरौलाको प्रमुख आतिथ्यतामा भएको थियो । प्रतिनिधिसभा सदस्य निरौलाले महोत्सवले आन्तरिक पयर्टनको विकाससँगै आर्थिक समृद्धितर्फ लानेमा जोड दिनुभयो । उहाँ...
अन्तर्राष्ट्रिय व्यापार फागुन अन्तिम साता

अन्तर्राष्ट्रिय व्यापार फागुन अन्तिम साता

काठमाडौँ, ९ माघ। नेपाल उद्योग वाणिज्य महासंघले प्रत्येक वर्ष आयोजना गर्दै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आगामी फागुन २४ देखि २८ गतेसम्म काठमाडौँमा हुने भएको छ । काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने उक्त मेलाका लागि आजैबाट व्यापारिक कक्ष ‘बुकिङ’ खुला गरिएको महासंघले जनाएको छ । वाणिज्य मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धनमा र नेपाल हस्तकला महासंघको सहआय...
चिनियाँ सामग्री नेपाल भित्रिँदै

चिनियाँ सामग्री नेपाल भित्रिँदै

रसुवा, ९ माघ। नेपालको उत्तरी नाका रसुवागढीबाट चिनियाँ सामग्री आजदेखि धमाधम नेपाल भित्रन थालेको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रहरी नायब उपरीक्षक प्रकाश वाग्लेका अनुसार केरुङमा चिनियाँ सामग्री लिन गत हप्ता गएका नेपाली कन्टेनर धमाधम नेपाल फर्किन थालेका छन् । आज साँझसम्म १०० वटा मालबाहक ट्रक र कन्टेनर आउने अपेक्षा गरिएको छ । गत हप्ता ल्होछार पर्वका कारण एक हप्तासम्म केरुङमा सामान ल...
छ महिनामा ५९ अर्ब राजश्व संकलन

छ महिनामा ५९ अर्ब राजश्व संकलन

वीरगञ्ज ९ माघ।  वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७४/७५ को पछिल्लो छ महिनामा तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिएका सामानबाट रु ५९ अर्ब ३७ करोड ९७ लाख १२ हजार राजश्व संकलन गरेको छ । इन्धन र सवारी साधनबाट मात्र रु २९ अर्ब ७४ करोड ३१ लाख ४० हजार राजश्व संकलन गरेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले जानकारी दिनुभयो । चालु आवको पुस मसान्तसम्म वीरगञ्ज भन्सार कार्य...
अदुवा निकासीमा भारतको अवरोध, भन्सार पुगिसकेका गाडी फर्काइयो

अदुवा निकासीमा भारतको अवरोध, भन्सार पुगिसकेका गाडी फर्काइयो

इलाम,९ माघ । भारतीय पक्षले नेपाली अदुवा निकासीमा अवरोध गरेको छ । जसका कारण काँकडभिट्टा भन्सारमा पुगिसकेको दश हजार टन अदुवा फर्काइएको छ । नेपाली अदुवा गुणस्तरहीन भएको र चिनियाँ अदुवा मिसाइएको भारतीय पक्षको दावी छ । यहि दावी गर्दै भारतीय पक्षले पूर्वी पहाडी क्षेत्रबाट भारत निकासीका लागि अदुवा बोकेर काँकडभिट्टा नाका पुगिसकेका ४० वटा ट्रक दुई हप्तादेखि रोकेर राखिएको थियो । अदुवा निकासीका लागि एक स...
नेपाली खानेतेल उद्योग संकटमा

नेपाली खानेतेल उद्योग संकटमा

पथरी, मोरङ, ९ माघ।  मोरङ–सुनसरी करिडोर क्षेत्रका खानेतेल उद्योग संकटमा परेका छन् । पाम आयल मिसाइएको तेल बजारमा बिक्री गर्दै आएका कारण नेपाली तेल उद्योग धमाधम बन्द भइरहेका छन् । भारतीय बजार जोगवनीबाट आउने नक्कली तेलसँग प्रतिस्पर्धा गर्न नसक्नु पनि अर्को कारण हो । मोरङका तेल उद्योगी श्रवण अग्रवालका अनुसार यो कोरिडोरमा दुई दर्जन तेल उद्योग बन्द भइसकेका छन् । अहिले सञ्चालन भइरहेका तेल उद्योग पूर...
तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी धरानमा

तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी धरानमा

ललितपुर, ९ माघ। कृषि तथा पशुपालन क्षेत्रलाई लक्षित गरेर आगामी फागुनको १० गतेदेखि १३ गतेसम्म धरानमा तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०७४ हुने भएको छ । कृषि विभागअन्तर्गतको कृषि इञ्जिनियरिङ निर्देशनालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र नेपाल कृषि मेशिनरी व्यवसायी संघले संयुक्तरुपमा कार्यक्रमको आयोजना गर्न लागेको सोमबार यहाँ आयोजना भएको पत्रकार सम्मेलनमा नेपाल कृषि मेशिनरी व्...
चुक्ता पूँजी पु¥याउन हकप्रदको बाटोमा बैंक

चुक्ता पूँजी पु¥याउन हकप्रदको बाटोमा बैंक

काठमाडौँ, ८ माघ।  ‘क’ वर्गका चारवटा वाणिज्य बैंकले छ करोड ५६ लाख ८६ हजार ७८४ कित्ता बराबरको हकप्रद शेयर बिक्री गर्ने भएका छन् । प्रभु, सिद्धार्थ, कुमारी र नेपाल क्रेडिट एण्ड कमर्स बैंकले सो परिमाणमा हकप्रद शेयर बिक्री गर्न लागेको हो । नेपाल राष्ट्र बैंकले तोकेको रु आठ अर्ब चुक्ता पूँजी पु¥याउन ती बैंकले हकप्रद शेयरको बाटो रोजेका हुन् । बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा चुक्ता पूँजी पु...
पर्यटन सेवा शुल्कका कारण बोर्डको आम्दानी बढ्यो

पर्यटन सेवा शुल्कका कारण बोर्डको आम्दानी बढ्यो

  काठमाडौँ, ८ माघ।  नेपाल आउने पर्यटकको संख्यामा भएको वृद्धिसँगै नेपाल पर्यटन बोर्डको आम्दानीसमेत वृद्धि भएको छ । नेपालका उडान गरिरहेका अन्तर्राष्ट्रिय वायु सेवा प्रदायकले पर्यटन सेवा शुल्कबापत बुझाउने रकममा बढोत्तरी भएको हो । बोर्डका अनुसार सन् २०१७ मा मात्रै रु ८७ करोड पर्यटन सेवा शुल्कका रुपमा उठेको छ । सन् २०१६ मा त्यस्तो शुल्क रु ५७ करोड मात्रै उठेको थियो । नेपाल पर्यटन बोर्डका अ...
जैविक तरकारी खेतीतर्फ किसान आकर्षित

जैविक तरकारी खेतीतर्फ किसान आकर्षित

गुलरिया, बर्दिया, ८ माघ।  बार बर्दिया नगरपालिका–९ खैरेनीगाउँमा रहेको सतखुलवा होमस्टेमा पाहुना बढेपछि स्थानीय किसान जैविक खेती प्रविधिबाट तरकारी उत्पादन गर्न लागिपरेका छन् । सतखलुवा ताल तथा बर्दिया राष्ट्रिय निकुञ्ज हेर्न होमस्टेमा बास बस्न आउने पर्यटकको संख्या दिनानुदिन बढेपछि आफ्नो उत्पादन सजिलै बिक्री हुने गरेको सतखलुवा होमस्टे आर्गानिक कृषि समूहकी अध्यक्ष विमला पाण्डेले बताउनुभयो । अध्य...
error: Content is protected !!