काठमाडौँ, ९ जेठ । साल्ट ट्रेडिङ कर्पोरेसनले अनुदानबापत प्राप्त करिब सवा ३ अर्ब रुपैयाँ अपचलन गरेको खुलेको छ । अर्थ मन्त्रालयद्वारा कर्पोरेसनमा सरकारको लगानीबारे छानबिन गर्न गठित समितिले भारत, जापान र नेपाल सरकारले दिएको वस्तुगत तथा नगद सहयोग घोटाला भएको ठहर गरेको हो ।

Advertisement

समितिको छानबिन प्रतिवेदनअनुसार कर्पोरेसनले सरकारले दिएको १ अर्ब ६३ करोड १६ लाख रुपैयाँ, जापानबाट प्राप्त ९९ करोड ३८ लाख ५२ हजार रुपैयाँ बराबरको वस्तुगत र भारतबाट प्राप्त ५० करोड ३८ लाख रुपैयाँ नगद अनुदान सरकारको नाममा सेयरमा परिणत नगरी अपचलन गरिएको हो ।

विभिन्न समयमा कर्पोरेसनलाई प्राप्त अनुदान आफ्नो नाममा सेयरमा परिणत गर्न सरकारले ०६७/६८ मै निर्देशन दिए पनि कर्पोरेसनले अटेर गर्दै आएको थियो ।

प्रतिवेदनमा अपचलन भएको रकम तत्काल सरकारको सेयर लगानीमा परिणत गर्न सुझाइएको छ । कर्पोरेसनमा हाल सरकारको २१ दशमलव २८ प्रतिशत र निजी व्यवसायीको ७८ दशमलव ७२ प्रतिशत सेयर लगानी छ ।

यसबाहेक अनुदानबापतको ठूलो लगानी सरकारकै हो । तर सेयर हिस्सा कम रहेकाले अनुदानका रूपमा ठूलो लगानी भए पनि सरकारले लाभांश भने अति न्यून पाउँदै आएको छ ।, आजको कान्तिपुरमा यो खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!