काठमाडौँ, १४ जेठ । सरकारले हाल रहेको मजदुरको न्यूनतम् भनिएको १० हजार पारिश्रमिकमा पनि वृद्धि गर्ने भएको छ ।
‘न्यूनतम् पारिश्रमिक करिब १० हजारबाट बढाउने तयारी सरकारले गरेको छ ।सरकारले मजदुर तलब/ज्याला बैंकिङ प्रणालीबाट मात्रै भुक्तानी गर्ने गरी श्रम नियमावली बनाएको छ ।
आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले श्रम नियमावली २०७५ लाई स्वीकृत गरेपछि अब रोजगारदाताले मजदुरको तलब अनिवार्य बैंकिङ प्रणालीबाट भुक्तानी गर्नुपर्ने भएको हो ।
श्रम त था रोजगार मन्त्री गोकर्ण विष्टले रोजगारदाता कम्पनीले बैंकिङ प्रणालीबाट मजदुरको ज्याला-तलब भुक्तानी गर्ने व्यवस्थाले अब कानुनको रुप लिएको जानकारी दिए।अबदेखि रोजगारदाता कम्पनीले मजदुरको तलब बैंक खातामा जम्मा गरिदिनिुपर्ने छ’, उनले भने, ‘योसँगै रोजगारदाताले कामदारको कल्याणकारी कोष पनि खडा गर्नुपर्ने र सञ्चय कोष पनि राख्नुपर्ने व्यवस्थालाई सरकारले कडाईका साथ लागू गर्ने छ ।