प्रदेश ७ मा कमजोर मनसुनले धानबाली सुक्न थाले
धनगढी, ७ साउन । यस वर्ष साउन महिना लाग्दासम्म प्रदेश नं ७ का अधिकांश जिल्लामा ठूलो मनसुनी वर्षा हुन नसक्दा रोपिएको धानबाली सुक्न थालेको छ ।
आकासको पानीको भरमा धान रोपाइँ गरिएको धानबाली पर्याप्त वर्षा नहुँदा प्रभावित भएको हो ।
रोपिएको धानमा पानीको अभाव सिर्जना भएपछि खेतमा चिरा पर्न थालेको स्थानीय किसान जंगवीर चौधरीले बताउनुभयो । “बोरिङबाट पानी तानेर धान रोपाइँ गरियो, किसान जंगवीरले भन्नुभयो, “व...





























