काठमाडौँ, २४ असार । भारतले नेपाललाई उपलब्ध गराउदैं आएको बिद्युतको मुल्य बढाउन दबाब दिएको छ ।

Advertisement

भारतको बिहार विद्युत वितरण कम्पनीले नेपालले आयात गर्ने बिजुलीको मूल्यमा १५ देखि २० प्रतिशत बढाउन दबाब दिएको हो । भारतबाट नेपाल आयात हुने बिजुलीमध्ये सबैभन्दा बढि ३ सय मेगावाट बिजुली नेपाल पठाउदैं आएको बिहार विद्युत वितरण कम्पनीले नेपाल–भार पावर एक्सचेन्ज कमिटीको गतहप्ताको बैठकमा नयाँ प्रस्तावसहित तत्काल मुल्यबृद्धि गर्न दबाब दिएको थियो ।

नेपाली पक्षले भने भारतबाट नेपाल आएको बिद्युत पहिले नै महंगो परेको अवस्थामा फेरि मुल्यबृद्धि गर्न नमिल्ने भन्दै नेपाली पक्षले यसलाई अस्विकार गरेको स्रोतले जानकारी दिएको छ । बिहार बिद्युत कम्पनीमार्फत नेपालले १३२ केभीको प्रसारण लाइनबाट ८.८८ रुपैयाँ, ३३ केभीबाट ९.६ रुपैयाँ र ११ केभीको प्रसारण लाइनबाट १०. ३२ रुपैयाँमा विद्युत खरिद गर्दै आएको छ । १३२ केभीका कटैया–कुसाहा, रक्सौल–परवानीपुर र सुरजपुरा–गण्डक प्रसारण लाइनबाट क्रमशः १८०, ७० र ३० मेगावाट बिजुली नेपाल आउने गरेको छ ।

यसवाहेक नेपालले उत्तर प्रदेशको नानतारा हुँदै नेपालगन्ज भएर १२ मेगावाट र उत्तराखण्डबाट बैतडी र दार्चुला जिल्लामा एक मेगावाट बिजुली आयात गरिरहेको छ । तथ्याङक अनुसार हिउँदयाममा बढीमा ५ सय मेगावाटसम्म बिजुली भारतबाट आयात हुन्छ ।

तत्काल बिहारको बिजुलीको मूल्य बढाउन दबाब कार्यन्वयन भए सोही आधारमा उत्तर प्रदेश र उत्तराखण्डको विद्युतको भाउसमेत बृद्धि गर्ने रणनीति भारतीय पक्षको छ । गएको बैठकमा नेपाली पक्षको अडानका कारण भारतीय दबाब कार्यन्वयन नभएपनि तीन महिनापछि हुने नेपाल–भारत ऊर्जा सचिव स्तरीय बैठकले बिद्युतको मुल्य बढाउने भारतीय दबाबलाई स्विकार्ने संकेत देखिएको छ ।

गएको बैठकमा सहभागी नेपाल बिद्युत प्राधिरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतको अडानले तत्काल यो दबाब टरेपनि फेरि अन्तरदेशीय प्रसारण लाईनको प्रसारण शुल्क, सुख्खायाममा नेपालमा आउने बिद्युतमा नेपालको परनिर्भरताका आधारमा हुने बहसले मन्त्रीलाई गलाउने र भारतले मुल्यबृद्धि गरिछाड्ने जानकारहरुको अनुमान छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!