भोजपुरको कोटमा निर्माणाधीन अस्पताल पाँच वर्षदेखि अलपत्र
भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका-७ कोटमा निर्माणाधीन अस्पताल भवनको काम पाँच वर्षदेखि अलपत्र बनेको छ । ठेकेदार सम्पर्कविहीन बनेपछि अस्पताल निर्माण अलपत्र बनेको हो ।
२०७८ सालमा दुई वर्षभित्र सम्पन्न गर्ने गरी १५ शैय्याको अस्पताल निर्माण थालिएको थियो । ठेकेदारले मैदान सम्याएर, कम्पाउण्ड र रिटेनिङ वाल मात्र लगाएर सम्पर्कविहीन भएपछि अस्पताल निर्माणको काम अलपत्र परेको हो ।
अस्पताल सम्झौता अन...









