काठमाडौँ, ३ फागुन । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित चम्पादेवीमा पुगेर नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको शालिकमा माल्यार्पण गर्नुभएको छ ।

Advertisement


राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथलगत्तै प्रधानमन्त्री ओलीले शहीद उद्यान, लैनचौरमा पुगी शहीदप्रति पुष्पगुच्छा अर्पण गरेपछि पार्टीका संस्थापक नेता पुष्पलालको शालिकमा माल्यार्पण गर्नुभएको हो ।

सो अवसरमा प्रधानमन्त्री ओलीलाई पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्वागत गर्नुभएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!