देवकला कार्की/संगालोखबर

धनकुटा, १ फागुन । महाशिवरात्रीको अवसरमा धनकुटाका विभिन्न स्थानमा रहेका शिव मन्दिरमा विशेष कार्यक्रम गरिएको छ । धनकुटा–७ त्रिवेणी चौकमा रहेको नर्वदेश्वर शिवमन्दिरमा महाशिवरात्री रघुरुत्री तथा लाख वत्ति वालिएको छ । नर्वदेश्वर शिव मन्दिर सञ्चालक समितिको आयोजनामा कार्यक्रम गरिएको हो ।

Advertisement

यसैगरी ज्येष्ठ नागरिक जिल्ला सघं र विभिन्न उपसमितिको आयोजनामा धनकुटा–५ स्थित तल्लो गोकुण्डेश्वर माविमा रहेको मन्दिरमा शिवरात्री विशेष कार्यक्रमसहित भजनकृतन गरिएको छ । गोकुण्डेश्वर मन्दिर परिसरमा अखण्ड कृर्तन अष्टजाम गरिएको हो ।

यता धनकुटा नगरपालिका–९ मुलघाटमा रहेको विश्रान्ति मन्दिरमा पनि दर्शन गर्न आउनेको दिनभर भीड लाग्यो । महाशिवरात्रीको अवसरमा आउने भक्तजनका लागि एक मुखे रुद्राक्ष प्रर्दशन गरिएको छ । विगत तीन वर्ष देखि शिवरात्रीमा एक मुखे रुद्राक्ष प्रर्दशन गरिदै आएको छ ।

यसैगरी ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रको आयोजनामा महाशिवरात्री बिशेष कार्यक्रम गरिएको छ । ८२ औं त्रिमुर्ति महाशिवरात्री महोत्सवको अवसरमा शान्ति पदयात्रा तथा आध्यात्मिक प्रवचन गरिएको हो ।

विहान झण्डोत्तोलन तथा झाँकीसहित शान्ति पदयात्रा गरियो । धनकुटा बजारका विभिन्न भाग परिक्रमा पछि धनकुटा–५ टुडिखेल अगाडी रहेको ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रको कार्यालयमा आध्यात्मिक प्रवचन कार्यक्रम गरिएको थियो ।

थप तस्वीरहरु हेर्नुहोस् …

तस्वीरहरु: देवकला कार्की/संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!