पाँचथरमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना

पाँचथरमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना

फिदिम, १५ असोज । जिल्ला प्रहरी कार्यालयले दशैँ, तिहारलगायत नजिकिएका चाडपर्वलाई दृष्टिगत गरेर विशेष सुरक्षा योजना लागू गरेको छ । चाडपर्वमा हुनसक्ने आपराधिक घटना रोक्न प्रहरीले विशेष सुरक्षा योजना बनाइ लागू गरेको हो । चाडपर्वमा सडक सुरक्षालाई मुख्य प्राथमिकतामा राखेको र यसअन्तर्गत दुर्घटना रोकथाम, यात्रुका गुनासाको सुनुवाइ र यात्रु तथा सवारी साधनलाई सुरक्षा दिने प्रहरीको योजना छ । वडादशैँमा सडकम...
पोखरामा १० वर्षीया बालिका झाडीमा मृत भेटिइन, बलात्कारपछि हत्या भएको आशंका

पोखरामा १० वर्षीया बालिका झाडीमा मृत भेटिइन, बलात्कारपछि हत्या भएको आशंका

कास्की, १० असोज । पछिल्लो मिय नेपालमा बलात्कर पछि हत्या हुनेक्रम अत्याधिक बढिरहेको समयमा मंगलबार साँझ पनि कास्कीमा एक बालिकाको हत्या भएको छ । बालिकाको हत्या गरी नग्न अवस्थामा झाडिमा भेटिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए ।पपोखराको पुम्दीभुम्दीमा बिस्कुट किन्न घरबाट पसल हिँडेकी १० वर्षीया बालिका मृत फेला परेकी हुन् । सोमबार साँझ साढे ५ बजे बिस्कुट किन्...
माल्दीभ्सको राष्ट्रपतिमा विपक्षी नेता इब्राहिम विजयी

माल्दीभ्सको राष्ट्रपतिमा विपक्षी नेता इब्राहिम विजयी

माले, माल्दीभ्स, ८ असोज । माल्दीभ्सका विपक्षी नेता इब्राहिम मोहमद सोलिह माल्दीभ्सको राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । चुनावमा धाँधलीको आशंका गरिए पनि निकै शक्तिशाली मानिएका वर्तमान राष्ट्रपति अब्दुल्ला यामीन आश्चर्यजनक रुपमा पराजित हुनुभयो । निर्वाचन आयोगले सोमबार बिहान सार्वजनिक गरेको चुनावी मतपरिणाम अनुसार इब्राहिमले ५८.३ प्रतिशत मत प्राप्त गर्नुभएको छ । निर्वाचनको नतिजा सार्वजनिक भएलगत्तै...
तीनहजार बढीले सम्पत्ति विवरण बुझाएनन्

तीनहजार बढीले सम्पत्ति विवरण बुझाएनन्

काठमाडौँ, ३१ भदौ । आर्थिक वर्ष २०७४/७५ मा तीन हजार ३८७ जना कर्मचारीले सम्पत्ति विवरण बुझाएनन् । निजामती किताबखानामा दर्ता भएका ८८ हजार आठ सय कर्मचारीमध्ये ८५ हजार ४१३ कर्मचारीले मात्र सो आवमा सम्पत्ति विवरण बुझाएको निजामती किताबखानाका प्रवक्ता राजेन्द्र पराजुलीले जानकारी दिए । कर्मचारीलाई आव २०७४/७५ को सम्पत्ति विवरण बुझाउन यही साउन १ गतेदेखि भदौ २९ गतेसम्मको समयसीमा तोकिएको थियो । भ्रष्टाचार ...
बेलडाँगी–१ शिविर खाली

बेलडाँगी–१ शिविर खाली

दमक, २७ भदौ । विगत २६ वर्षदेखिको झापा दमकमा रहेको भुटानी शरणार्थी शिविर वेलडाँगी १ खाली भएको छ । शरणार्थी रित्तिएपछि शिविर खाली गरिएको हो । शरणार्थी तेस्रो मुलुक पुनर्वास तथा बाँकी रहेकालाई अन्यत्र स्थानन्तरण गरिएपछि दमक नगरपालिका–२ को उक्त शिविर खाली भएको शिविरका पूर्वसचिव सञ्चहाङ सुब्बाले बताउनुभयो । खाली गर्ने क्रममा थोरै संख्यामा त्यहाँ बस्दै आएका शरणार्थीलाई बेलडाँगी –२ र ३ मा घर निर्माण ग...
सामुदायिक विद्यालय कर्मचारीद्वारा आन्दोलन घोषणा

सामुदायिक विद्यालय कर्मचारीद्वारा आन्दोलन घोषणा

काठमाडौँ, २२ भदौ । विद्यालय कर्मचारी संयुक्त आन्दोलन परिचालन समितिले पेशागत अधिकार, सेवासुविधा र सुरक्षाको माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । विद्यालय कर्मचारी सङ्गठन नेपाल र नेपाल विद्यालय कर्मचारी युनियन मिली बनेको समितिले प्रेस विज्ञप्ति जारी गरी सरकारले आफ्ना माग बेवास्ता गरी सुनुवाइ नगरेको जनाउँदै विद्यालय कर्मचारीको श्रम शोषणका विरुद्ध र पेशा रोजगारीको हक, मानवअधिकार एवं सर्वोच...
विदेशी लगानी भित्र्याउन एकद्वार प्रणाली लागू गरिने

विदेशी लगानी भित्र्याउन एकद्वार प्रणाली लागू गरिने

काठमाडौँ, २१ भदौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विदेशी लगानी भित्र्याउने क्रममा देखिएको समस्या समाधान गर्न सरकारले एकद्वार प्रणाली लागू गर्ने तयारी गरेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज यहाँ आयोजना गरेको ‘द्विपक्षीय लगानी सम्झौता’सम्बन्धी छलफलमा उहाँले विदेशी लगानीका उद्योग, कलकारखाना दर्ता गर्न झण्झट नहोस् भन्ने उद्देश्यले अन्तरमन्त्रालय समन्वयला...
धनकुटामा पनि मनाईयो हिलेजात्रा

धनकुटामा पनि मनाईयो हिलेजात्रा

धनकुटा, १२ भदौ । धनकुटामा पनि मंगलवार हिलेजात्रा पर्व मनाईएको छ । स्थानीय टुँडिखेलबाट सुरु भएको हिलेजात्रा नगरपरिक्रमा गरी पुनः टुँडिखेलमा पुगेर समापन भएको हो । रोपाई जात्रामा मान्छेलाई गोरुको रुपमा नारेर हिडाई हातमा बिउ बोकेर रोपार र कोदाली बोकेर लाठे निश्किएका थिए । केटाले केटिको पहिरन र केटिले केटाको पहिरन लगाएर युवा युवतीहरु झाँकिसहित जात्रामा निश्किएका थिए । असार र साउनमा रोपाई सकेर मनोरञ...
कैलालीका उद्योग क्षेत्रमा लगानी बढ्दै, नयाँ उद्योगमा डेढ अर्ब लगानीको प्रस्ताव

कैलालीका उद्योग क्षेत्रमा लगानी बढ्दै, नयाँ उद्योगमा डेढ अर्ब लगानीको प्रस्ताव

धनगढी, १२ भदौ । कैलालीमा आर्थिक वर्ष २०७४/७५ मा दर्ता भएका ९०३ नयाँ उद्योगमा रु एक अर्ब ३८ करोड लगानीको प्रस्ताव गरिएको छ । दर्ता भएकामध्ये साना उद्योगमा रु एक अर्ब पाँच करोड र लघु उद्योगमा रु ३३ करोड लगानीको प्रस्ताव गरिएको छ । साना उद्योगको स्थिर पूँजी रु ६८ करोड र चालू पूँजी रु ३७ करोड रहेकामा लघु उद्योगको स्थिर पूँजी रु २१ करोड र चालू पूँजी रु १२ करोड रहेको छ । घरेलु तथा साना उद्योग कार्याल...
प्रधानमन्त्री ओलीद्वारा घर–घरमा पाइपलाइन ग्यासको उद्घाटन

प्रधानमन्त्री ओलीद्वारा घर–घरमा पाइपलाइन ग्यासको उद्घाटन

विराटनगर, ५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पहिलो पटक बायोग्यासबाट पाइपलाइनमार्फत घरघरमा ग्यास आपूर्ति गर्ने कार्यको उद्घाटन गरेका छन् । विराटनगर महानगरपालिका–१४ स्थित श्रीकृष्ण गौसेवा सदनमा स्थापना गरिएको २०० घनमिटर क्षमताको बायोग्यास प्लान्टबाट निस्केको ग्यास पाइपलाइनबाट पहिलो चरणमा नजिकका ३२ घरमा ग्यास वितरण गरिएको छ । अघिल्लो पटकको कार्यकालमा प्रधानमन्त्री ओलीले घरघरमा ग्यास लग...
पन्ध्र हजार श्रमिक कर्मचारीको रोजगारी विस्तापित

पन्ध्र हजार श्रमिक कर्मचारीको रोजगारी विस्तापित

काठमाडौँ, ३ भदौ । नेपाल यातायात मजदुर सङ्घले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णयले करीब १५ हजार श्रमिक कर्मचारीको रोजगारी विस्तापित भएको बताएको छ । सङ्घका अध्यक्ष धर्मराज भण्डारीले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णयसँगै देशभरका ४०० समितिमा कार्यरत १५ हजार श्रमिक कर्मचारी रोजगारीबाट विस्तापित भएको बताए । सङ्घको शनिबार बसेको बैठकले भदौ १ बाट लागू भएको मुलुकी देवानी संहिताले दुर्घटनाबाट मृत्...
सन्त नेता वाजपेयीको अपरान्ह् ४ बजे अन्त्येष्टि

सन्त नेता वाजपेयीको अपरान्ह् ४ बजे अन्त्येष्टि

नयाँ दिल्ली, १ भदौ । तीन पटक भारतको प्रधानमन्त्री बन्न सफल हुनुभएका अटल विहारी वाजपेयीलाई भारतीय नागरिकले राजनीतिक दलको नेता या भारतका पूर्वप्रधानमन्त्रीका रुपमा मात्र नभएर एकजना सन्त नेताका रुपमा पनि हेर्ने गर्छन् । अविवाहित रहेका र एकजना कविको पनि पहिचान बनाएका यस्ता नेता वाजपेयीको बिहीबार साँझ ५ बजे निधन भएको छ । अल इन्डिया मेडिकल इन्स्टिच्युट् अफ मेडिकल साईन्स (एम्स) ले बिहीबार साँझ उहाँको ...
लागुऔषधसहित दुई जना पक्राउ

लागुऔषधसहित दुई जना पक्राउ

इनरुवा, ३० साउन । धरान उपमहानगरपालिका–११ स्थित शान्ति चौकबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर ट्याम्केमैयुम गाउँपालिका–१ का १७ वर्षीय राजन राई र सोही गाउँपालिका–२ का १६ वर्षीय पारुहाङ राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सवारीसाधन जाँच गर्ने क्रममा प्रहरीले को२४प २९२४ नम्बरको मोटरसाइकलमा सवार उनीहरुका साथबाट १७ एम्पुल लागुऔषध टिडिजेसिक ब...
बन्दले धनकुटासहित पूर्वी नेपालको जनजीवन प्रभावित

बन्दले धनकुटासहित पूर्वी नेपालको जनजीवन प्रभावित

धनकुटा, २९ साउन । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दका कारण मंगलबार बिहानैदेखि धनकुटासहित पूर्वी नेपालको जनजीवन प्रभावित भएको छ । विहानैदेखि लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालन भएका छैनन् । शिक्षण संस्था, कलकारखाना, बजार पसल आंसिक मात्र खुलेका छन् । प्रहरीले पक्राउ गरेका नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मासहितका नेता कार्यकर्तालाई विनाशर्त रि...
संखुवासभाको चित्लाङमा पहिरोको जोखिम

संखुवासभाको चित्लाङमा पहिरोको जोखिम

संखुवासभा, २९ साउन । चैैनपुर नगरपालिका–२ चित्लाङमा लगातार पहिरो गइरहेको छ । अविरल वर्षापछि यहाँ चार परिवार पहिरोको उच्च जोखिममा छन् । केही समय अघि डोजर प्रयोग गरी सडक खनेपछि यहाँ लगातार पहिरो जान थालेको हो । स्थानीयवासी घनश्याम गौतम, हरिनारायण गौतम, हेमलाल गौतम र दिनेश गौतमको घर पहिरोले पुरिने डर छ । स्थानीय भगवती माविका प्रधानाध्यापक माधवप्रसाद गौतमका अनुसार पहिरोका कारण चैनपुरस्थित बाल मन्द...
गोक्यो हिमतालमा बेपत्ता भएका २ विद्यार्थी अझै भेटिएनन्, गोताखोर टोली फर्कियो

गोक्यो हिमतालमा बेपत्ता भएका २ विद्यार्थी अझै भेटिएनन्, गोताखोर टोली फर्कियो

सोलुखुम्बु , २७ साउन । गोक्यो हिमतालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका ३ विद्यार्थीमध्ये २ जनालाई ४ दिनसम्म खोज्दा पनि नभेटिएपछि सशस्त्र प्रहरी बलको गोताखोर टोली फर्किएको छ। गत बुधबार बिहानदेखि हिमतालमा खोजी गरेको गोताखोर टोलीले २ घण्टापछि पेम्बानोर्बु शेर्पाको शव भेट्टाए पनि बाँकी २ जना विद्यार्थीलाई ४ दिनसम्म खोज्दा पनि नभेटेपछि गोताखोर टोली फर्किएको हो। उच्च हिमाली क्षेत्रमा हिमतालको पानीभि...
श्रीमतीले परपुरुषसँग यौन सम्बन्ध राखे पुरुषले सम्बन्ध विच्छेद गर्न पाउने

श्रीमतीले परपुरुषसँग यौन सम्बन्ध राखे पुरुषले सम्बन्ध विच्छेद गर्न पाउने

काठमाडौँ, २६ साउन । आगामी भदौ १ गतेदेखि नयाँ ऐन लागू हुँदैछ । मुलुकी अपराध (संहिता) ऐनमा प्रत्येक व्यक्तिलाई कानूनको अधीनमा रही विवाह गर्ने, परिवार कायम गर्ने तथा पारिवारिक जीवनयापन गर्ने स्वतन्त्रता दिएको छ । विवाहित पुरुषलाई बहुविवाह गर्न प्रतिबन्ध लगाइएको छ । विवाहित पुरुषले अर्को विहे गरे त्यस्तो विवाह स्वतः बदर हुनुका साथै कारबाहीको भागीदार हुने व्यवस्था गरिएको छ । विवाहित पुरुषसँग जानीजा...
पाँच अर्ब लगानीमा ‘राष्ट्रिय प्राणी उद्यान’ बन्दै

पाँच अर्ब लगानीमा ‘राष्ट्रिय प्राणी उद्यान’ बन्दै

काठमाडौँ, २३ साउन । सरकारले भक्तपुरको सूर्यविनायकमा निमार्णाधीन ‘राष्ट्रिय प्राणी उद्यान’ को गुरुयोजना तयार गरेको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस वर्षको लक्षित कार्यक्रमअनुसार गुरुयोजनालाई अन्तिम रुप दिएको उपमहानिर्देशक रामचन्द्र कँडेलले बताउनुभयो । सर्वसाधारणलाई घुम्न तथा मनोरञ्जनका लागि सो उद्यान बनाउन लागिएको हो । गुरुयोजनाअनुसार पाँच...
ठमेलमा ‘साइकल लेन’ निर्माण हुने

ठमेलमा ‘साइकल लेन’ निर्माण हुने

काठमाडौँ, २३ साउन । काठमाडौँ महानगरपालिकाले छिटै ठमेलमा साइकलमात्र हिँड्ने बाटो (साइकल लेन) निर्माण गर्ने तयारी गरेको छ । मुख्य पर्यकटीयस्थल ठमेलमा घुम्न आउने पर्यटक साइकलमा यात्रा गर्न रमाउने भएकाले उनीहरुलाई नै लक्षित गर्दै उक्त स्थानमा साइकल लेन निर्माण गर्न लागेको कामपाले जनाएको छ । कामपाका भौतिक पूर्वाधार महाशाखा प्रमुख राम थापाका अनुसार उक्त कार्य अहिले ठमेलबाट शुरु गर्ने र अन्य स्थानमा प...
नेपालमा लगानी गर्न अर्थमन्त्री डा. खतिवडाको आग्रह

नेपालमा लगानी गर्न अर्थमन्त्री डा. खतिवडाको आग्रह

वाशिङटन डिसी, २१ साउन । अर्थमन्त्री डा युवराज खतिवडाले विदेशमा बसोबास गरिरहेका नेपालीलाई पर्यटन, वित्त तथा अन्य विभिन्न क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । अर्थमन्त्रीले आइतबार मेरिल्याण्डमा आयोजित प्रवासी मञ्चको कार्यक्रममा सहभागी गैर आवाशीय नेपाली एनआरएनलाई लगानीको लागि आग्रह गरेका हुन । “तपाईहरुले विदेशी भूमिमा बसेर आर्जन गर्नुभएको सम्पत्ति, प्रविधि, सीप र श्रमको विविध क्षेत्रमा लगानी गर...
कामु प्रधानन्यायाधीश मिश्रले तोके पेशी

कामु प्रधानन्यायाधीश मिश्रले तोके पेशी

काठमाडौँ, २० साउन । सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीशको हैसियलतले कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले आजदेखि काम शुरु गर्नुभएको छ । संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा प्रस्तावित कामु प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृत गरेपछि वरिष्ठतम् न्यायाधीश मिश्र कामु प्रधानन्यायाधीशकोे हैसियतले आज मुद्दाको पेशी तोकेर काम शुरु गर्नुभएको हो । जोशीलाई प्रधानन्यायाधीश हुन समितिले अयो...
भ्रष्टाचारको आरोपमा ग्वाटेमालाका पूर्वराष्ट्रपति पक्राउ

भ्रष्टाचारको आरोपमा ग्वाटेमालाका पूर्वराष्ट्रपति पक्राउ

ग्वाटेमाला सिटी, १९ साउन । ग्वाटेमालाका पूर्वराष्ट्रपति एल्भारो कोलोमलाई शुक्रबार पक्राउ गरिएको छ । भ्रष्टाचार गरेको अभियोगमा उहाँलाई पक्राउ गरेर नियन्त्रणमा राखिएको सरकारी अधिकारीले जानकारी दिएका छन् । हड्डीको दुखाइसम्वन्धी समस्याबाट पीडित हुनु भएका कोलोमलाई शुक्रबार राती पक्राउ गरिएको हो । उहाँ अहिले ६६ वर्षको हुनुभएको छ । उहाँलाई गत फेब्रुअरीमै भ्रष्टाचार गरेको अभियोग लगाइएको थियो । सेनाको ...
आन्तरिक राजश्व कार्यालय भरतपुरद्वारा २१ अर्ब ८० करोड राजश्व संकलन

आन्तरिक राजश्व कार्यालय भरतपुरद्वारा २१ अर्ब ८० करोड राजश्व संकलन

चितवन, १८ साउन । आन्तरिक राजश्व कार्यालय भरतपुरले आर्थिक वर्ष २०७४/७५ मा रु २१ अर्ब ८० करोड ५२ लाख दुई हजार राजश्व संकलन गरेको छ । रु १८ अर्ब ८० करोड ७८ लाख दुई हजार राजश्व अन्तःशुल्कबाट संकलन भएको हो । अन्तःशुल्कमा मदिरासँगै चुरोट, सूर्ती, सिमेन्ट र रंग पर्दछन् । मदिराबाहेक अन्यबाट रु एक अर्बभन्दा कम राजश्व संकलन भएको कार्यालय प्रमुख थानप्रसाद पंगेनीले जानकारी दिए । आन्तरिक राजश्व कार्यालय भर...
परराष्ट्रनीतिको अभिन्न अंगका रुपमा नेपाली सेनाले काम गरिरहेको छ – रक्षामन्त्री पोखरेल

परराष्ट्रनीतिको अभिन्न अंगका रुपमा नेपाली सेनाले काम गरिरहेको छ – रक्षामन्त्री पोखरेल

काठमाडौँ, १४ साउन । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले सैनिक सेवा नियमावलीको पछिल्लो संशोधनले नेपाली सेनाको संगठनभित्र निवृत्तिभरण, अशक्त वृत्ति र उपदानमा देखिएको सबैखाले विभेद अन्त्य भएको बताउनुभएको छ । सैनिक एकल महिला तथा घाइते परिवार समूहद्वारा सैनिक मुख्यालयमा आयोजित गोष्ठीलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “कर्तव्यको सिलसिलामा वीरगति प्राप्त गर्ने सैनिकका परिवारको आवाजलाई अधिकतमरुपमा...
बेपत्ता भएको ४७ वर्षपछि घर फिर्ता

बेपत्ता भएको ४७ वर्षपछि घर फिर्ता

लमजुङ, १४ साउन । लमजुङको बेसीसहर–२ भकुन्डे खत्रीगाउँका प्रेमबहादुर खडका बेपत्ता भएको ४६ वर्षपछि घर फर्केका छन् । मजदुरी गर्न बाल्यकालमै भारत गएका उनी २४ वर्षको उमेरमा घर आएका थिए । त्यसपछि पुन: भारत गएपछि बेपत्ता भएका थिए । भारत मेघालयस्थित गाई फार्ममा काम गरेका उनी ७० वर्षको बुढ्यौली उमेरमा शुक्रबार गाउँ फर्किएका हुन् । भकुन्डे क्षेत्रमा बसबाट ओर्लिएर उनी सोधखोज गर्दै गाउँसम्म आइपुगे । ‘खडका ग...
रसुवामा पहिरोमा पुरिएर ४ जनाको मृत्यु, ११ जना सम्पर्कविहीन

रसुवामा पहिरोमा पुरिएर ४ जनाको मृत्यु, ११ जना सम्पर्कविहीन

काठमाडौं,  १० साउन । अविरल वर्षापछिको पहिरोले प्रहरी पोस्ट र होटल पुरिँदा रसुवामा ४ जनाकाे मृत्यु भएको छ । ११ जना सम्पर्कविहीन छन् भने ४ जना घाइते भएका छन् । पहिराेले टमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट र त्यस वरपर सञ्चालनमा रहेका होटल तथा अस्थायी घर पुरेको हो । रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्टसँगै आसपासका घर तथा हाेटल पुरिँ...
डा. केसीको अडानका कारण वार्ता हुन सकेन: मन्त्री बस्नेत

डा. केसीको अडानका कारण वार्ता हुन सकेन: मन्त्री बस्नेत

धनकुटा, ७ साउन । वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले डा.गोविन्द केसीको अडानका कारण उनीसँग वार्ता हुन नसकेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औं स्मृति दिवसको अवसरमा सोमबार धनकुटामा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन् । सरकारले वार्ता समिति गठन गरिसकेको भएपनि केसीको हटका कारण बार्ता हुन नसकेको उनले दावी गरे ।...
आज पुष्पलालको ४० औँ स्मृति दिवस मनाइँदै

आज पुष्पलालको ४० औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ, ७ साउन । आज  साउन ७ गते । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औँ स्मृति दिवस । नेपाली कम्युनिष्ट आन्दोलनका अग्रणी नेता पुष्पलालको स्मृतिमा पहिलोपटक तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट एकीकृत भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संयुक्तरुपमा स्मृति दिवस मनाउँदैछ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्म विक्रम सम्वत...
ट्रकको ठक्करबाट मोटरसाइकल खोलामा खस्दा बाबुछोराको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकल खोलामा खस्दा बाबुछोराको मृत्यु

पाल्पा, ६ साउन । तिनाउ गाउँपालिका–३, सिद्धबाबा नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा आज दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माथागढी गाउँपालिका–२, आँपटारीका ४० वर्षीय माधव कुमाल र१९ वर्षीय उमेश कुमाल छन् । आज अपराह्न ट्रकले अगाडि गुडिरहेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जना २५० मिटर तल तिनाउ खोला किनारमा खस्दा मृत्यु भएको प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । पा...
पर्यटक आगमनमा तेह्र प्रतिशतले वृद्धि, छ महिनामै पाँच लाखले भ्रमण गरे

पर्यटक आगमनमा तेह्र प्रतिशतले वृद्धि, छ महिनामै पाँच लाखले भ्रमण गरे

काठमाडौँ, ४ साउन । सन् २०१८ को पहिलो छ महिनामा पाँच लाख २० हजारभन्दा बढी बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार यो संख्या अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतले बढी हो । सन् २०१७ को सोही अवधिमा चार लाख ६० हजार ३०४ पर्यटकले नेपालको भ्रमण गरेका थिए । पर्यटकीय दृष्टिकोणले ‘अफ सिजन’ मानिने बर्खा याममा पनि पर्यटकको संख्यामा उत्साहजनक वृद्धि भएको तथ्यांकले देखाएको छ । प...
अनसनरत डा. केसीलाई भारतमा गान्धीको उपमा

अनसनरत डा. केसीलाई भारतमा गान्धीको उपमा

काठमाडौ,४ असार । चिकित्सा शिक्षा सुधारको माग गर्दै २१ दिनदेखि आमरण अनशनरत चिकित्सक डा. गोविन्द केसीको पक्ष र विपक्षमा पनि विभिन्न टिका टिप्पणी भईरहेको छ । जुम्लामा अनसनरत केसीलाई हिजोमात्रै स्वास्थ्य अवस्था जटिल भएपछि काठमाडौं ल्याइएको छ । देशभरका विभिन्न ठाउँमा उनको पक्षमा आन्दोलन भइरहेको छ । सामाजिक सञ्जालमा पनि उनको सत्याग्रहको पक्ष र विपक्षमा आवाज उठीरहेका छन् । अहिले उनलाई काठमाडौंको शिक्...
error: Content is protected !!