भयरहित समाचार सङ्कलन गर्न युनियनको माग

भयरहित समाचार सङ्कलन गर्न युनियनको माग

काठमाडौँ, २ माघ । नेपाल प्रेस युनियनले बिएण्डसी अस्पताल बिर्तामोड, झापाका सञ्चालक दुर्गा प्रसाईंले नेपाल प्रेस युनियन, इलाम अध्यक्ष तथा कान्तिपुर संवाददाता विप्लव भट्टराईलगायत जिल्लामा कार्यरत अन्य सञ्चारकर्मीलाई टेलिफोनमार्फत अपशब्द बोल्दै गालीगलौज गरेको तथा धम्की दिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै इलाममा अनशनरत डा गोविन्द केस...
अदुवाको मूल्य बढेपछि इलामका कृषक हर्षित

अदुवाको मूल्य बढेपछि इलामका कृषक हर्षित

मङ्गलबारे, २ माघ । इलामको फाकफोकथुम गाउँपालिका–२ साप्तिनका खेमप्रसाद ढुङ्गानाले यसपटक अदुवाबाट रु एक लाख आम्दानी गर्नुभयो । यसअघि अदुवाबाट खर्चसमेत मुस्किलले उठाउने ढुङ्गानाले अदुवा बेचेर यसपालि पर्याप्त आम्दानी गरेको सुनाउनुभयो । “पहिले बिउ, गोडमेल, मलको समेत मूल्य उठ्दैनथ्यो, तर यसपालि अदुवाबाट निकै राम्रो आम्दानी भयो”, उहाँले थप्नुभयो, “गर्नचाहिँ छाड्नुहुने रहेनछ, कुनै दिन भाउ आउँदोरहेछ ।” ...
गोविन्द केसीलाई विद्यार्थीले दिए अनसनबाटै चुनौती

गोविन्द केसीलाई विद्यार्थीले दिए अनसनबाटै चुनौती

इलाम, २९ पुस  ।  प्रतिनिधिसभामा विचाराधीन चिकित्सा विधेयकमा आफूसँग भएको सहमति हुबहु सम्बोधन हुनुपर्ने अडान राख्दै आमरण अनशन बसिरहनुभएका प्रा डा गोविन्द केसीलाई एक युवकले चुनौति दिनुभएको छ । काठमाडौँ, कागेश्वरी मनहरा वडा नं २ निवासी २७ वर्षीय विजय थापा समितिले हालै बहुमतले पारित गरेको चिकित्सा विधेयक कसैको दवाव र प्रभावमा नपरी सार्वभौम संसद्बाट पारित हुनुपर्ने माग गर्दै यहाँ आमरण अनशन बस्नुभएको ...
राजस्व सङ्कलन ३२ प्रतिशतले वृद्धि भएको छः प्रधानमन्त्री

राजस्व सङ्कलन ३२ प्रतिशतले वृद्धि भएको छः प्रधानमन्त्री

काठमाडौँ, २२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षको पाँच महिनामा आर्थिक सूचक सकारात्मक रुपमा अघि बढेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले चालु आर्थिक वर्षको पाँच महीनामा राजस्व संङ्कलन ३२ प्रतिशतले वृद्धि भएको, पूँजीगत खर्च २५ दशमलव तीन प्रतिशतले वृद्धि भएको र सरकारी खर्च गत वर्षको तुलनामा २० प्रतिशतले कमी रहेको जानकारी दिनुभयो । उहाँले मूल्य वृद्धि ...
मृत मानिसको मुटु जिवितमा सार्ने चिकित्सक धितालले भने ‘नोबेललाई सहयोग गर्न तयार छु’

मृत मानिसको मुटु जिवितमा सार्ने चिकित्सक धितालले भने ‘नोबेललाई सहयोग गर्न तयार छु’

बिराटनगर। मृत व्यक्तिको मुटु जिवित व्यक्तिमा सफलतापूर्वक सारेर चर्चा कमाएका बरिष्ठ सर्जन डा.कुमुद धितालले ओपन हार्ट सर्जरीका लागि नोबेललाई सहयोग गर्न तयार रहेको बताएका छन् । नोबेल शिक्षण अस्पतालमा आयोजित अन्तरक्रियामा बोल्दै डा.धितालले यस्तो बताएका हुन् । पूर्वी नेपालका बिरामीहरुको उपचारको प्रमुख गन्तब्यको रुपमा रहेको नोबेलमा ओपन हार्ट सर्जरी सुरु गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनले त्यसका लाग...
२०७५ पुस ६ गते शुक्रबार/आजको राशिफल

२०७५ पुस ६ गते शुक्रबार/आजको राशिफल

वि.सं. २०७५ साल पुस ६ गते। शुक्रबार। इश्वी सन् २०१८ डिसेम्बर २१ तारिख। नेपाल संवत् ११३९ थिंलाथ्व। मार्ग शुक्लपक्ष। तिथि– चतुर्दशी, २५:४८ बजेउप्रान्त पूर्णिमा।  मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर...
२०७५ मंसिर २८ गते शुक्रबार/आजको राशिफल

२०७५ मंसिर २८ गते शुक्रबार/आजको राशिफल

  वि.सं. २०७५ साल मंसिर २८ गते। शुक्रबार। इश्वी सन् २०१८ डिसेम्बर १४ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेपाल संवत् ११३९ थिंलाथ्व।  मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) दिगो फाइदा हुने काम प्रारम्भ हुनाले मन प्रसन्न हुनेछ। आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। तर श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आँटेको कामको लगानी पनि...
नेपाली विमानलाई युरोपेली भुमिमा उडाउन प्रतिबन्ध

नेपाली विमानलाई युरोपेली भुमिमा उडाउन प्रतिबन्ध

काठमाडौँ, १६ मंसिर । नेपाली विमानलाई आफ्नो भुमिमा उड्न प्रतिबन्ध लगाउने गरी कालोसुचीमा राखेको युरोपियन युनियन (ईयु)ले त्यसलाई पुनः निरन्तरता दिएको छ । (ईयु)को हवाई क्षेत्रसँग सम्बन्धित ६ / ६ महिनामा हुने बैठकले कालोसुचीमा राख्ने निर्णयलाई निरन्तरता दिएको हो ।, आजकोकान्तिपुर दैनिकमा यो खबर छ । ईयुले सन् २०१३ देखि नेपालको हवाई सुरक्षा क्षेत्र कमजोर रहेको भन्दै नेपाली विमानलाई युरोपेली भुमिमा उडाउन...
कीर्तिपुरमा भाषा विज्ञानको अन्तर्राष्ट्रिय सम्मेलन शुरु

कीर्तिपुरमा भाषा विज्ञानको अन्तर्राष्ट्रिय सम्मेलन शुरु

काठमाडौँ । भाषाको नीतिगत, संरचनागत र प्रयोगिक क्षेत्रमा अनुसन्धान गर्नका लागि दुईदिने ‘उनन्चालिसौैं भाषा विज्ञान समाजको वार्षिक अन्तर्राष्ट्रिय सम्मेलन’ कीर्तिपुरमा शुरु भएको छ । भाषा विज्ञान समाज र त्रिभुवन विश्वविद्यालय नेपाल भाषा केन्द्रीय विभागको आयोजनामा भइरहेको सो सम्मेलनमा शब्द, वर्णको व्यवस्था कस्तो, कुनै भाषाको ध्वनिको संरचना, शब्दहरु कसरी बन्दछन्, वाक्यको संरचना, शब्दको अर्थ कसरी लाग्दछ...
कर्नाटक बस दुर्घटना: मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो

कर्नाटक बस दुर्घटना: मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो

नयाँ दिल्ली, भारत, ८ मङ्सिर । भारतको कर्नाटक राज्यमा शनिबार भएको बस दुर्घटनामा मृत्यु हुने व्यक्तिको सङ्ख्या २८ पुगेको भारतीय प्रहरीले जनाएको छ । मृतकमध्ये केही छात्रछात्रा पनि रहेका छन् । दक्षिणी राज्य कर्नाटकको मन्द्या जिल्लामा एउटा सार्बजनिक यात्रुबाहक बस सडकबाट चिप्लिएर नहरको तालमा खस्दा बसमा यात्रारत २८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । “मृतकमध्ये केही विद्यालयबाट घर फर्किरहेका बालबालिका...
भारतीय रियालिटी शो ‘सारेगम’मा जिताउन मेनुकालाई आर्थिक सहयोग

भारतीय रियालिटी शो ‘सारेगम’मा जिताउन मेनुकालाई आर्थिक सहयोग

बनियानी, ६ मङ्सिर । भारतीय रियालिटी शो ‘सारेगम’मा विजयी गराउन झापा हल्दिबारी–४ की न्यून दृष्टियुक्त गायिका मेनुका पौडेललाई आर्थिक सहयोग प्रदान गरिएको छ । आर्थिक अभावकै कारण प्रतियोगितामा हार्नु नपरोस् भन्ने उद्देश्यले पौडेललाई हल्दिबारी–४ का वडा सदस्य महेशलाल मेचेको नेतृत्वमा वडा कार्यालयबाट रु ६१ हजार सङ्कलन गरी प्रदान गरिएको हो । पौडेल गत वर्ष एपी वन टेलिभिजनको नेपाल आइडलको टप ११ मा पर्न सफल ...
चितवनबाट बेपत्ता सुदीप तेह्रथुममा भेटिए

चितवनबाट बेपत्ता सुदीप तेह्रथुममा भेटिए

चितवन, १ मङ्सिर । छ दिनदेखि हराइरहेका कालिका नगरपालिका–६ बाग्लुङ्गेटोलका २४ वर्षीय सुदीप सापकोटा तेह्रथुममा फेला परेका छन । कात्तिक २६ गते सोमबार विदेश यात्राका लागि आवश्यक सामान खरीद गरी फर्कने क्रममा उहाँ नारायणगढबाट बेपत्ता हुनुभएको थियो । इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीका अनुसार प्रहरीले उनलाई तेह्रथुमको ब्लुहेभन होटलमा भेटेको हो । प्रहरीले उनको ...
नासा भन्छ- ‘प्राविधिक रुपमा सगरमाथा सर्वोच्च हैन’

नासा भन्छ- ‘प्राविधिक रुपमा सगरमाथा सर्वोच्च हैन’

काठमाडौं, ३० कात्तिक । प्राविधिक रुपमा विश्वको सर्वोच्च शिखर सगरमाथा नभएको अमेरिकाको नासाले जनाएको छ । माउन्ट एभरेस्टको नामले पनि विश्भरि चिनिने सगरमाथा समुदि« सतहको हिसाबले मात्र सर्वोच्च रहेको बताइएको छ । तर यदि फेद देखिको उचाई मापनको आधारमा भन्ने हो भने अमेरिकाको हवाइ टापुको माउना किया पहाड सबैभन्दा अग्लो भएको बताइएको छ । विगत चालिस करोड वर्षयताकै सबैभन्दा ठूलो ठक्करको रुपमा पाँच करोड वर्ष अघि...
लुम्बिनीमा अन्तर्राष्ट्रिय त्रिपिटक वाचन शुरु

लुम्बिनीमा अन्तर्राष्ट्रिय त्रिपिटक वाचन शुरु

रुपन्देही, २८ कात्तिक । नेपालमै पहिलो पटक बुद्धको जन्मभूमि लुम्बिनीमा ऐतिहासिक अन्तर्राष्ट्रिय त्रिपिटक वाचन कार्यक्रम आज शुरु भएको छ । लुम्बिनी बिकास कोष, अखिल नेपाल भिक्षु महासङ्घ र थाई बौद्ध विहारको संयुक्त आयोजनामा मायादेवी मन्दिर परिसरमा शुरु भएको सो तीनदिने कार्यक्रममा १८ देशका भिक्षु–भिक्षुणी, उपासक–उपासिकाहरु सहभागी छन् । नेपालका लागि थाइल्याण्डका राजदूत भगवत तान्सकुल, लुम्बिनी विकास क...
राष्ट्रपति भण्डारीद्वारा छठी माताको मूर्तिमा पूजाआराधना

राष्ट्रपति भण्डारीद्वारा छठी माताको मूर्तिमा पूजाआराधना

काठमाडौँ, २७ कात्तिक । छठ पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ गुह्येश्वरी मन्दिरस्थित गौरीघाट पुगेर वाग्मती नदीको बीच भागमा बनाइएको छठी माताको मूर्तिमा पूजाआराधना गर्नुभयो । सो अवसरमा उहाँलाई श्री छठ पूजा समितिका पदाधिकारीले स्वागत गर्नुभएको थियो । छठ पर्वको मुख्य दिन आज बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिइएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको आज मुख्य दि...
विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने गृहकार्यमा आयोग

विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने गृहकार्यमा आयोग

काठमाडौँ, २६ कात्तिक । निर्वाचन आयोगले अब हुने आवधिक निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा कसरी सहभागी गराउन सकिन्छ भनी तयारीका लागि गृहकार्यमा जुटेको छ । त्यसका लागि कुन–कुन मुलुकमा के–कस्तो कानूनी व्यवस्था रहेको छ भन्ने विषयमा अध्ययन रअनुसन्धान शुरु गरिएको आयोगका सहसचिव एवं प्रवक्ता दीपक सुवेदीले जानकारी दिए । अर्थ मन्त्रालयबाट उपलब्ध बजेटबाट अर्को मुलुकमा गएर अहिले अध्ययन गर्न जान सक्ने...
आज तिहारको तेस्रो दिन : देवी लक्ष्मीको पूजा गरी लक्ष्मीपूजा मनाइँदै

आज तिहारको तेस्रो दिन : देवी लक्ष्मीको पूजा गरी लक्ष्मीपूजा मनाइँदै

काठमाडौँ, २१ कात्तिक । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भ¥याङलगा...
जर्मनेली नर्सद्वारा गैरकानूनी रूपमा एक सय बिरामी मारेको स्वीकार

जर्मनेली नर्सद्वारा गैरकानूनी रूपमा एक सय बिरामी मारेको स्वीकार

ओल्डेनवर्ग, जर्मनी, १३ कात्तिक । जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् । जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आरोपित होएगेलले आफ्नो पहिलो सुनुवाईमा उक्त कुरा स्वीकारेका हुन् । अन्य बिरामीको हत्या गरेको अभियोगमा यस पहिले नै आजिवन काराबासको सजायँ पाएका एकचालीस बर्षीय पूर्व नर्स...
विश्वविख्यात सोनी कम्पनीको आम्दानी दोब्बरले वृद्धि

विश्वविख्यात सोनी कम्पनीको आम्दानी दोब्बरले वृद्धि

टोकियो । विद्युतीय उपकरणको विश्वविख्यात निर्माता सोनी कम्पनीले गत वर्षको तुलनामा ६ महिनाको अवधिमा आफ्नो नाफा दोब्बरले वृद्धि भएको घोषणा गरेको छ । गत अप्रिलदेखि सेप्टेम्बरको अवधिका छ महिनामा कम्पनीको खुद नाफा ३ अर्ब ५० करोड अमेरिकी डलर (३९९ अर्ब येन) पुगेको कम्पनीले जनाएको छ । यो नाफा गत वर्षको तुलनामा ८८ प्रतिशतले बढी हो । सञ्चालन नाफा पनि २० प्रतिशतले वृद्धि भई ४३४ अर्ब येन पुगेको छ भने बिक्र...
मोरङको जीवन विकास समाजले पायो साढे तीन करोडको अन्तर्राष्ट्रिय पुरस्कार

मोरङको जीवन विकास समाजले पायो साढे तीन करोडको अन्तर्राष्ट्रिय पुरस्कार

काठमाडौँ, ११ कात्तिक। ‘दी अरब गल्फ प्रोग्राम फर डेभलमेन्ट इन्टरनेशनल प्राइज २०१७ ’नामक अन्तराष्ट्रिय पुरस्कार नेपालले प्राप्त गर्न सफल भएको छ । दिगो विकासका लक्ष्यमध्ये चौथो लक्ष्य पूरा गर्न उल्लेखनीय योगदान दिएबापत जीवन विकास समाज मोरङले प्राप्त गरेको सो पुरस्कारको राशि तीन करोड रुपैया (तीन लाख डलर) रहेको छ । चौथो लक्ष्यमा गुणस्तरीय शिक्षामा पहुँच भन्ने रहेको छ । सो पुरस्कारका लागि शिक्षा, वि...
बास्तोलाको अन्तिम संस्कार, कांग्रेसले ३ दिन झन्डा आधा झुकाउने, १३औँ दिन शोकसभा

बास्तोलाको अन्तिम संस्कार, कांग्रेसले ३ दिन झन्डा आधा झुकाउने, १३औँ दिन शोकसभा

काठमाडौँ, २९ असोज । कांग्रेसले पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री चक्र बास्तोलाको निधनमा शोक व्यक्त गर्दै ३ दिनसम्म शोक मनाउने निर्णय गरेको छ । मस्तिष्काघात भई ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका बास्तोलको शनिबार ललितपुरको खुमलटारस्थित निवासमा निधन भएको थियो । उनको निधनपछि आइतबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले ३ दिनसम्म शोक मनाउने निर्णय गरेको हो । २८ देखि ३० असोजसम्म पार्टी केन्द...
खाद्य संस्थानद्वारा च्याङ्ग्रा र खसीबोका बिक्री शुरु

खाद्य संस्थानद्वारा च्याङ्ग्रा र खसीबोका बिक्री शुरु

काठमाडौँ, २६ असोज । नेपाल खाद्य संस्थानले आजदेखि च्याङ्ग्रा र खसीबोका बिक्री गर्न थालेको छ । संस्थानका महापबन्धक योगेन्द्र गौचनकाअनुसार थापाथलीस्थित गोदामबाट च्याङ्ग्रा प्रतिकेजी रु ७०० र खसीबोका रु ५०० मूल्यमा बिक्री हुन थालेको हो । दशैँका लागि मुस्ताङबाट एक हजार च्याङ्ग्रा र मकवानपुरबाट एक हजार खसीबोका ल्याउन लागिएकामा अहिले करीब ९०० च्याङ्ग्रा र ३०० खसीबोका बिक्री गर्न थालिएको र अरु आउने क्रमम...
सुपरमाई हाइड्रोको परीक्षण उत्पादन शुरु

सुपरमाई हाइड्रोको परीक्षण उत्पादन शुरु

फिक्कल, २५ असोज । इलामबाट सञ्चालित सुपरमाई हाइड्रो प्रालीले परीक्षण उत्पादन शुरु गरेको छ । इलाम नगरपालिका–५ वरबोटे र माईजोगमाई– ४ सोयाङको फेदीस्थित माईखोलाबाट सञ्चालित आयोजनाले बुधबारदेखि परीक्षण उत्पादन थालेको हो । उक्त आयोजना सम्पन्न भइ केन्द्रीय प्रसारण लाइनमा जोडिएसँगै इलामलाई हाइड्रोको जिल्ला भन्न थालिएको छ । इलामबाट हालसम्ममा ११ विद्युत् आयोजना सञ्चालनमा आइसकेका छन् भने बाँकी चार आयोजना ...
पोखरा प्रिमियर लिगलाई आइसिसीको मान्यता

पोखरा प्रिमियर लिगलाई आइसिसीको मान्यता

काठमाडौँ, २२ असोज । पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगितालाई आज अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले मान्यता दिएको छ । पिपिएल आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्मी लामाले आवश्यक प्रक्रिया पूरा गरेपछि आइसिसीले आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरा क्रिकेट मैदानमा हुने पिपिएललाई मान्यता दिएको जानकारी दिनुभयो । आइसिसीको मान्यता पाएपछि अब पिपिएलको आयोजक...
निर्मला पन्त हत्याकाण्डसम्बन्धी प्रतिवेदन सार्वजनिक, अभियुक्तको पहिचान अझै भएन

निर्मला पन्त हत्याकाण्डसम्बन्धी प्रतिवेदन सार्वजनिक, अभियुक्तको पहिचान अझै भएन

काठमाडौँ, २२ असोज । सरकारले कञ्चनपुरका १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको सम्बन्धमा गठित छानबिन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गरेको छ । गृह मन्त्रालयले आज साँझ सो प्रतिवेदन सार्वजनिक गरेको हो । गृहमन्त्री रामबहादुर थापाले मन्त्रिस्तरीय निर्णय गरी गत भदौ ७ गते पाँच सदस्यीय छानबिन समिति गठन गर्नुभएको थियो । समितिमा गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा...
ऋणपत्रमार्फत विकासमा जनतालाई सहभागी गराउन सकिने: मुख्यमन्त्री राई

ऋणपत्रमार्फत विकासमा जनतालाई सहभागी गराउन सकिने: मुख्यमन्त्री राई

विराटनगर, १९ असोज । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले ऋणपत्रमार्फत जनताको प्रत्यक्ष सहयोगबाट विकास निर्माणका कार्य गर्न सकिने बताउनुभएको छ । ‘समृद्धि नेपालको आर्थिक आधार–गतिशील, विश्वसनीय तथा पूँजी बजार’ भन्ने मूलनाराका साथ नेपाल धितोपत्र बोर्डद्वारा आयोजित पहिलो प्रादेशिक पूँजी बजार प्रदर्शनी–२०७५ को आज यहाँ उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । मुख्यमन्त्री राईले महानगरपालिका, ...
साउदी अरेबियाले पाकिस्तानमा लगानी गर्ने

साउदी अरेबियाले पाकिस्तानमा लगानी गर्ने

इस्लामाबाद, १९ असोज । पाकिस्तानको मन्त्रिपरिषदले तटीय सहर ग्वदरमा तेल प्रशोधन रिफाइनरी स्थापना गर्न साउदी अरबलाई स्वीकृति दिएको छ । “रिफाइनरी स्थापनाका लागि मन्त्रिपरिषदको स्वीकृतिले दुबै देशबीच समझदारीपत्रमा हस्ताक्षर गर्न बाटो खुलेको छ,” पाकिस्तानका पेट्रोलियम मन्त्री गुलाम सरवार खानले बताए। यद्यपी, रिफाइनरी निर्माणमा हुने लगानी रकमबारे केही खुलाइएको छैन । मन्त्री खानले साउदी अरेबियाबाट पाकि...
प्रदेश १ का पहाडी जिल्लाका सुख्खाग्रस्त क्षेत्रमा राहत वितरण तयारी

प्रदेश १ का पहाडी जिल्लाका सुख्खाग्रस्त क्षेत्रमा राहत वितरण तयारी

विराटनगर, १८ असोज । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले कुनै पनि अपराधमा संलग्न मानिसलाई कानूनको कठघरामा उभ्याइने बताउएका छन् । प्रदेशसभाको आज बसेको बैठकमा सदनमा उठेका प्रश्नको जवाफ दिँंदै मन्त्री कार्कीले समाजमा शान्तिसुरक्षा कायम गर्न प्रदेश सरकार गम्भीर छ भने । उनले प्रदेश नं १ अन्तर्गत पहाडी जिल्लाका सुख्खाग्रस्त क्षेत्रमा राहत वितरण गर्ने तयारी भइरहेको जानका...
२०७५ असोज १८ गते बिहिबार/आजको राशिफल

२०७५ असोज १८ गते बिहिबार/आजको राशिफल

वि।सं। २०७५ साल असोज १८ गते। बिहीबार। इश्वी सन् २०१८ अक्टोबर ४ तारिख। नेपाल संवत् ११३८ ञलगा। आश्विन कृष्णपक्ष। तिथि– दशमी, १९स्४० बजेउप्रान्त एकादशी। मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) ब्चष्भकपरिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताउन सक्छ। तर बुद्धिको उपयोगले जटिल काम समेत सम्पादन हुनेछ। ईर्ष्या गर्नेहरूलाई मेहनतको जवाफ दिन सफल भइ...
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार स्ट्रक्ल्यान्ड, आर्थर र मोरूलाई

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार स्ट्रक्ल्यान्ड, आर्थर र मोरूलाई

स्टकहोम, १७ असोज । लेजर फिजिक्सको क्षेत्रमा गरिएका आविष्कारका लागि एक महिलासहित तीन वैज्ञानिकलाई भौतिकशास्त्रतर्फ सन् २०१८ को नोबेल पुरस्कार दिइएको छ । क्यानडाकी डोना स्ट्रिक्ल्यान्ड ५५ वर्षमा भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार पाउने प्रथम महिला वैज्ञानिक हुनुभएको छ । सो विधामा नोबेल पुरस्कार पाउने उहाँ तेस्री महिला हुनुहुन्छ । उहाँभन्दा पहिला सन् १९०३ मा मरी क्युरीले र सन् १९६३ मा मारिआ गोइप्पर्...
कृत्रिम गर्भाधान गराउने गाई-भैंसीलाई २५ सय पोषण भत्ता

कृत्रिम गर्भाधान गराउने गाई-भैंसीलाई २५ सय पोषण भत्ता

पर्वत, १६ असोज । पर्वतको जलजला गाउँपालिकामा रहेको पशु सेवा शाखाले पशुहरुमा कृत्रिम गर्भाधारण सेवालाई कृषकहरु माझ पुर्याउन आकर्षण कार्यक्रम सार्वजनिक गरेको छ । कृषकहरुलाई कृत्रिम गर्भाधानप्रति आकर्षण गराउन सुत्केरी गाईभैँसीलाई भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । आर्थिक वर्ष २०७५/७६ को कार्यक्रममा गाईभैसीलाई कृत्रिम गर्धाधारण गराउने कृषकहरुलाई पोषण भत्ता स्वरुप २ हजार ५ सय रुपैयाँ उपलब्ध गराउने नि...
error: Content is protected !!