कास्की, १० असोज । पछिल्लो मिय नेपालमा बलात्कर पछि हत्या हुनेक्रम अत्याधिक बढिरहेको समयमा मंगलबार साँझ पनि कास्कीमा एक बालिकाको हत्या भएको छ ।

Advertisement

बालिकाको हत्या गरी नग्न अवस्थामा झाडिमा भेटिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए ।पपोखराको पुम्दीभुम्दीमा बिस्कुट किन्न घरबाट पसल हिँडेकी १० वर्षीया बालिका मृत फेला परेकी हुन् । सोमबार साँझ साढे ५ बजे बिस्कुट किन्न पसल हिँडेकी पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीस्थित कोदीकी १० वर्षीया बालिका श्रीया विक मंगलबार मृत फेला परेकी हुन् ।

घरबाट पसलतर्फ जाने बाटोनजिकैको झाडीमा उनको शव भेटिएको स्थानीयले उनको बलात्कारपछि हत्या गरेको आशंका गरेका छन् । बिस्कुट किन्न हिँडेकी श्रीया अबेरसम्म घर नआएपछि आफन्तले खोजी सुरु गरेका थिए । मंगलबार बिहान ८ बजेतिर स्थानीयले उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनी आमासँगै पुम्दीभुम्दीस्थित मामाघरमा बस्दै आएकी थिइन् । श्रीया लीला आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत थिइन् ।

शरीरको तल्लो भाग लुगाविहीन, निधारमा चोट

झाडीमा मृत भेटिएकी श्रीयाको शव घटनास्थलमा घोप्टो परेको अवस्थामा थियो । निधारमा ढुंगाले हानेको जस्तो चोट रहेको र रगत लागेका तीनवटा ढुंगा शवसँगै रहेको पाइएको छ । उनको शरीरको तल्लो भागको कपडा खोलिएको र माथिको भागको कपडा घाँटीसम्मै सारेको अवस्था भेटिएको खबर आजको नयाँपत्रिका दैनिकमा छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!