रसुवामा पहिरोमा पुरिएर ४ जनाको मृत्यु, ११ जना सम्पर्कविहीन
काठमाडौं, १० साउन । अविरल वर्षापछिको पहिरोले प्रहरी पोस्ट र होटल पुरिँदा रसुवामा ४ जनाकाे मृत्यु भएको छ । ११ जना सम्पर्कविहीन छन् भने ४ जना घाइते भएका छन् ।
पहिराेले टमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट र त्यस वरपर सञ्चालनमा रहेका होटल तथा अस्थायी घर पुरेको हो ।
रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्टसँगै आसपासका घर तथा हाेटल पुरिँ...






























