पर्वत, १६ असोज । पर्वतको जलजला गाउँपालिकामा रहेको पशु सेवा शाखाले पशुहरुमा कृत्रिम गर्भाधारण सेवालाई कृषकहरु माझ पुर्याउन आकर्षण कार्यक्रम सार्वजनिक गरेको छ । कृषकहरुलाई कृत्रिम गर्भाधानप्रति आकर्षण गराउन सुत्केरी गाईभैँसीलाई भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ को कार्यक्रममा गाईभैसीलाई कृत्रिम गर्धाधारण गराउने कृषकहरुलाई पोषण भत्ता स्वरुप २ हजार ५ सय रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको पशुचिकित्सक विमल शर्मा पौडेलले जानकारी दिनुभयो ।

Advertisement

कृत्रिम गर्भाधारण गराउदा उत्पादन वृद्धी हुनुका साथै नष्लमा समेत सुधार आउने उहाँले दाबी गर्नुभयो । कृषकहरुलाई कृत्रिम गर्भाधारण गराउदाका फाइदाको बारेमा कृषक र जनप्रतिनिधीहरु मार्फत गाउँ गाउँमा चेतना फैलाउन थालिएको पौडेलले बताउनुभयो ।

त्यसैगरी दुग्ध सहकारी संस्थामार्फत दूध बिक्री वितरण गर्ने कृषकलाई प्रति लिटर दुई रुपैयाका दरले अनुदान दिने कार्यक्रम रहेको पनि उहाँले जानकारी दिनुभएकाे खबर नेपाल समाचारपत्रमा छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!