आज भाइटीका : उत्तम साइत बिहान ११ः३९ बजे

आज भाइटीका : उत्तम साइत बिहान ११ः३९ बजे

विराटनगर । यमपञ्चक अर्थात तिहारको मुख्य दिन आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । यसरी पूजा गरी टीका लगाउनाले सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । भाइटीकाको...
आज कुकुर तिहार, नरक चतुर्दशी र लक्ष्मीपूजा

आज कुकुर तिहार, नरक चतुर्दशी र लक्ष्मीपूजा

विराटनगर । आज एकैदिन कुकुर तिहार, नरक चतुर्दशी र लक्ष्मीपूजा मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यसवर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आज दिउँसो दुई बजेर ५२ मिनेटसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि आज नै परेको छ । नरक चतुर्दशी र कुकुर तिहार सूर्याेदयकालमा चतुर्दशी भएको ...
विपिन जोशीको शव भोलि नेपाल आइपुग्ने

विपिन जोशीको शव भोलि नेपाल आइपुग्ने

काठमाडौं । हमासद्वारा इजरायलमा मारिएका विपिन जोशीको शव भोलि नेपाल आइपुग्ने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार विपिनको शव सोमबार साढे २ बजे नेपाल आइपुग्नेछ । उनको शव नेपाल आएपछि सरकारको तर्फबाट श्रद्धाञ्जली कार्यक्रम गरिने भएको छ । ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत विपिन जोशी इजरायल गएका थिए । सन् २०२३ अक्टोबर ७ मा हमासले इजराइलमाथि आक्रमण गर्दा विपिन हमासको कब्जामा परेका थिए । जहाँ १० नेपा...
आज काग तिहार

आज काग तिहार

विराटनगर । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज यमराजको दूतका रूपमा कागलाई मीठा-मीठा खानेकुरा दिएर मनाइँदैछ । यस वर्षको यमपञ्चक हिजोदेखि शुरु भएको हो । हिजो दिउँसोसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लागेकाले आज काग तिहार मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । बिहान सूर्याेदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत रूपमा आज यो पर्व म...
भाइटीकाको उत्तम साइत बिहान ११ः३९ बजे

भाइटीकाको उत्तम साइत बिहान ११ः३९ बजे

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिले जनाएको छ । कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको समितिको भनाइ छ । यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबा...
इजरायली सेनाका अधिकारीले भने– विपिन जोशी जीवित छैनन्

इजरायली सेनाका अधिकारीले भने– विपिन जोशी जीवित छैनन्

विराटनगर । इजरायली सेना आईडीएफका अधिकारीले इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका विपिन जोशी जीवित नरहेको जानकारी गराएका छन् । इजरायलको स्थानीय समय अनुसार आज बिहान साढे ७ बजे विपिन जीवित नरहेको औपचारिक जानकारी दिएका हुन् । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका विपिनका दाजु किशोर र इजरायलको प्रधानमन्त्री कार्यालयका दुई अधिकारीहरूलाई भिडियो कन्...
जेनजी समुहले सित्तैमा लियो भोटेकोशीको १० प्रतिशत सेयर 

जेनजी समुहले सित्तैमा लियो भोटेकोशीको १० प्रतिशत सेयर 

काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको एउटा जेनजी समूहले भोटेकोशी पावर कम्पनीलाई दबाब दिँदै भोटेकोशी जलविद्युत आयोजनाको १० प्रतिशत शेयर सित्तैमा लिएको छ । आइतबार भोटेकोशी पावर कम्पनी र जेनजी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडबीच १० प्रतिशत शेयर लेनदेनमा सम्झौता भएको हो । भोटेकोशी जेनजी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडको नाममा स्थानीय समूहले ४५ मेगावाटको अपर भोटेकोशी जलविद्युत आयो...
कोशी सरकारले बाढी पहिरोले भत्काएका सबै घर पुनर्निर्माण गरिदिने

कोशी सरकारले बाढी पहिरोले भत्काएका सबै घर पुनर्निर्माण गरिदिने

विराटनगर । कोशी प्रदेश सरकारले बाढी पहिरोले भत्किएका र बगाएका सबै घर पुनर्निर्माण गरिदिने भएको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज बसेको प्रदेश विपद व्यवस्थापन परिषद्को बैठकले सबै घर बनाइदिने निर्णय गरेको हो । विपत्‌मा सबैभन्दा बढी क्षति भएको इलाम, झापा र मोरङका घरहरू तत्कालै बनाउन सुरु गर्ने कोशी प्रदेश सरकारले जनाएको छ । घरहरूको सम्पूर्ण विवरण संकलन पनि गर...
कोशीका १४ सहित २० जिल्लामा बाढीको उच्च जोखिम

कोशीका १४ सहित २० जिल्लामा बाढीको उच्च जोखिम

विराटनगर । बाढी पूर्वानुमान महाशाखाले कोशीका १४ सहित २० जिल्लामा बाढीको उच्च जोखिमको चेतावनी दिएको छ । गएरातिदेखि वर्षा भइरहेको र दिउँसोपछि वर्षा झनै बढ्ने सम्भावनाका कारण महाशाखाले ‘रेड अलर्ट’ जारी गरेको हो । महाशाखाको सूचना अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, ...
तीन दिनसम्म लामो दूरीका यातायात बन्द गर्ने निर्णय

तीन दिनसम्म लामो दूरीका यातायात बन्द गर्ने निर्णय

विराटनगर । तीन दिनसम्म भारी वर्षाको सम्भावना रहेकाले लामो दूरीका यातायात सञ्चालनमा रोक लगाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना जारी गर्दै लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय भएको जनाएको हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ । सोही अनुरूप प्राधिकरणले लामो दूरीका य...
आज यी स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना

आज यी स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना

विराटनगर । हाल देशभरको मनसुनी प्रणालीमा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान मधेस, बागमती, लुम्बिनी, गण्डकी प्रदेशमा मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका क...
बडादशैँको टिकाको दोस्रो दिन, आज पनि मान्यजनको हातबाट टीका लगाइँदै

बडादशैँको टिकाको दोस्रो दिन, आज पनि मान्यजनको हातबाट टीका लगाइँदै

विराटनगर । आज असोज शुक्ल पक्षको एकादशी अर्थात दशैंको टीकाको दोस्रो दिन । हिजो मान्यजनबाट टीका, जमरा थाप्न जान नभ्याएकाले आज टीका र जमरा सहित आशीर्वाद थाप्ने चलन छ । दशैंको टीका कोजाग्रत पूर्णिमाको दिनसम्म रहन्छ । धेरैजसो ठाउँमा कोजाग्रत पूर्णिमाका दिनसम्मनै टीका, जमरा लगाई आशीर्वाद थापिन्छ । तर नेपालका केही भागमा भने कुल, परम्परा अनुसार हिजोमात्र दुर्गा देवीको प्रसादका रुपमा टीका र जमरा लगाउने ...
आज विजयादशमी, बिहान ११ बजेर ५३ मिनेटको साइत उत्तम

आज विजयादशमी, बिहान ११ बजेर ५३ मिनेटको साइत उत्तम

विराटनगर । आज बडादशैँ अर्थात दुर्गापक्षको मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र जमरा लगाइँदै छ । रातो टीकालाई शुभ साइतको प्रतीक र जमरालाई समृद्धिको प्रतीक मानिन्छ । दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइ...
यस्तो छ शुक्रबारसम्मको मौसम, कोशीसहित केही स्थानमा भारी वर्षाको सम्भावना

यस्तो छ शुक्रबारसम्मको मौसम, कोशीसहित केही स्थानमा भारी वर्षाको सम्भावना

भोजपुर । हाल देशभर मनसुनी र स्थानीय वायुको प्रभाव छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली तथा बाँकी स्थानमा आंशिक देखि साधारणतया बदली भइरहेको छ । आज दिउँसो सबै प्रदेशमा साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी र तराई भू–भाग तथा मधेश प्रदेशका केही स्थान साथै बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै...
आज महानवमी, सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै

आज महानवमी, सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै

काठमाडौं । आज देशभर नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी महानवमी पर्व मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा आज  विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलिसहित दुर्गा भवानीको विशेष पूजाआराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ । शाकाहारीले भने महानवमीका दिन...
आज बडादशैँको अष्टमी : महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै

आज बडादशैँको अष्टमी : महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै

विराटनगर । नवरात्रको नवौँ दिन आज दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । हरेक वर्ष आश्विन शुक्ल अष्टमीका दिन महागौरी देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ । तिथि वृद्धि नभएका वर्ष नवरात्रको आठौँ दिन पर्ने भए पनि यस वर्ष चौथी तिथि वृद्धि भएकाले नवौँ दिन महागौरी देवीको पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाए...
बडादशैँकाे साताैं दिन आज घरघरमा फूलपाती भित्र्याइँदै

बडादशैँकाे साताैं दिन आज घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडाैं । आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व आज घर-घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ। घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ। नवपत्रिकाको नामले समेत चिन...
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, कति विद्यार्थी उत्तीर्ण भए ?

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, कति विद्यार्थी उत्तीर्ण भए ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको  छ । आज प्रकाशित नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् । यस्तै परीक्षामा सहभागी भएका १ लाख ४३ हजार २ सय ५७ परीक्षार्थीमध्ये ५९ हजार ६९३ जना अनुत्तीर्ण भएको बोर्डले जनाएको छ । परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन भएको थियो । गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’प्राप्त ...
भारतको जोगबनीमा झडप हुँदा केहीबेर बन्द भएको रानी नाका खुल्यो

भारतको जोगबनीमा झडप हुँदा केहीबेर बन्द भएको रानी नाका खुल्यो

विराटनगर । भारतको जोगबनी बजारमा दुईपक्षबीच झडप हुँदा केहीबेर बन्द गरिएको रानी नाका खोलिएको छ । अवस्था सामान्य बनेपछि नाका खुल्ला गरिएको हो । जोगबनीमा झडप हुँदा किनमेलका लागि गएका नेपाली उपभोक्ता भागेर नेपाल फर्किएका थिए । दशैँ लक्षित किनमेलका लागि जोगबनी हिँडेका उपभोक्ता पनि केहीबेर रानी नाकामा नै रोकिएका थिए । ‘अहिले अवस्था सामान्य भइसकेको छ’, मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले संग...
भारतको जोगबनीमा दुईपक्षबीच झडप, नेपाल-भारत सीमा नाका बन्द

भारतको जोगबनीमा दुईपक्षबीच झडप, नेपाल-भारत सीमा नाका बन्द

विराटनगर । भारतको जोगबनी बजारमा दुईपक्षबीच झडप हुँदा तनाव बढेको छ । किनमेलका लागि जोगबनी पुगेका नेपाली उपभोक्ता भागेर नेपालतर्फ आएका छन् । हिन्दु समुदायले पैगम्बरका बारेमा सामाजिक सञ्जालमा गलत टिप्पणी गरेको मुस्लिम समुदायको आरोप छ । सोही विषयलाई लिएर मुस्लिम र हिन्दु समुदायबीच झडप भएको जनाइएको छ । यद्यपि यकिन कारण भने खुलेको छैन । जोगबनीमा तनाव बढेपछि नेपाल-भारत सीमा नाका बन्द गरिएको छ । प्रहर...
जेनजी आन्दोलनका बेला भागेका ८ हजारबढी कैदीबन्दी कारागार फर्किए

जेनजी आन्दोलनका बेला भागेका ८ हजारबढी कैदीबन्दी कारागार फर्किए

विराटनगर । जेनजी आन्दोलनका क्रममा भागेको ८ हजारबढी कैदीबन्दी कारागार फर्किएका छन् । देशका २८ वटा कारागार र ९ वटा सुधारगृहबाट भागेका १४ हजार पाँच सय ४९ कैदीबन्दीमध्ये आठ हजार ५४ जना फर्किएका हुन् । जसमध्ये सात हजार सात सय १३ जना कारागार र तीन सय ४१ जना सुधारगृहबाट भागेका कैदीबन्दी रहेका कारागार व्यवस्थापन विभागले जनाएको छ । विभागका अनुसार कतिपय कैदीबन्दी आफैँ आएका हुन् भने कतिपयलाई सुरक्षाकर्मी...
नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजाआराधना गरिँदै

नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजाआराधना गरिँदै

विराटनगर । नवरात्रको पाँचौँ दिन आज नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजाआराधना गरिन्छ । पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा विभिन्न कथा वर्णन गरिएको छ । पार्वतीको आज्ञालाई स्वीकार गरी सनतकुमारले पार्वतीबाट जन्म ग्रहण गरेकाले स्कन्दमाता नाम रहन गएको भन्ने कथा पाइन्छ । ...
दशैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजाआराधना

दशैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजाआराधना

विराटनगर । नवरात्रको चौथो दिन आज दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष असोज शुक्ल चतुर्थी अर्थात दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हेरिदिने भएकै...
दशैँको तेस्रो दिन : आज चन्द्रघण्टाको पूजा गरिँदै

दशैँको तेस्रो दिन : आज चन्द्रघण्टाको पूजा गरिँदै

काठमाडौं । दशैँको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरी मनाइँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । नवरात्रमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कूष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात...
नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै

काठमाडौं । नवरात्रको दोस्रो दिन आज, दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदै छ । नवरात्रको पहिलो दिन सोमबार दशैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । सोही दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । दोस्रो दिन आज पूजा स्थलमा ब्रह्माचारि...
सुरु भयो दशैँ, आज घटस्थापना

सुरु भयो दशैँ, आज घटस्थापना

विराटनगर । आजबाट हिन्दुहरूको महान् चाड बडादशैँ सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुन यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । बडा दसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म ...
विद्युत प्राधिकरणबाट हितेन्द्रदेवलाई हटाइयो, मनोज सिलवाल नयाँ एमडीमा नियुक्त

विद्युत प्राधिकरणबाट हितेन्द्रदेवलाई हटाइयो, मनोज सिलवाल नयाँ एमडीमा नियुक्त

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्रदेव शाक्यलाई हटाइएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई हटाएर मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा सरुवा गरिएको छ । प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक समेत रहेका इन्जिनियर सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त ग...
आज संविधान दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

आज संविधान दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

विराटनगर । आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ । संविधानसभाबाट नेपालको संविधान, २०७२ साल असोज ३ गते आजकै दिन घोषणा भएको थियो । २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको घोषणा गरेका थिए । वर्तमान संविधान घोषणाको एक दशक पुरा भएको छ । संविधान दिवस २०८२ लाई आज विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ । सरकारले देशको परिवर्तित राजनीतिक उपलब्धिको संरक्षण गर्ने म...
नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा, मोरङ आए कबित कटुवाल

नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा, मोरङ आए कबित कटुवाल

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नारायण चिमरियाको सरुवा भएको छ । उनको ठाउँमा कबित कटुवाल आएका छन् । सुनसरीका प्रहरी उपरीक्षक (एसपी) सुमनकुमार तिम्सिनाको स्थानमा केशव कुमार थेवे आएका छन् । प्रहरी महानिरीक्षकको भदौ ३१ को निर्णयअनुसार नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा हुँदा १४ जिल्लाका प्रहरी प्रमुखहरू परिवर्तन भएका हुन् । सप्तरीमा गौतम कुमार केसी, कास्कीमा नवीन कार्की र ...
आज केही ठाउँमा ठूलो वर्षाको सम्भावना, दिनभरी झरी

आज केही ठाउँमा ठूलो वर्षाको सम्भावना, दिनभरी झरी

विराटनगर । आज विराटनगरसँगै देशका धेरै ठाउँमा पानी परिरहेको छ । आज देशका धेरै ठाउँमा दिनभरी झरी पर्ने सम्भावना छ भने केही स्थानमा ठूलो पानी पर्ने सम्भावना छ । कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अरू ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने छ । गएराति कोशी र मधेश प्रदेशका केही ठाउँमा ठूलो प...
कक्षा १२ को स्थगित पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन हुने

कक्षा १२ को स्थगित पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन हुने

विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा सञ्चालन गर्ने भएको छ । बोर्डले जेनजी आन्दोलनका कारण स्थगित भएको पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको हो । यसअघि भदौ २८ र २९ गते परीक्षा सञ्चालन गर्ने तालिका थियो । बोर्डले सार्वजनिक गरेको नयाँ तालिका अनुसार असोज ७ गते अनिवार्य अंग्रेजी, एक विषय मात्र भएकाहरूको लागि सबै विषयको परीक्षा हुने बोर्डले जनाएको छ । यस्तै दुई विषयम...
error: Content is protected !!