विश्व टी–२० छनोट: नेपालको लगातार दोस्रो जीत
काठमाडौँ, २० असोज । आइसिसी विश्व टी–२० क्रिकेट अन्तर्गत एशिया छनोटमा नेपालले लगातार दोस्रो जीत निकाल्न सफल भएको छ ।
छनोटको समूह ‘बी’को दोस्रो खेलमा नेपालले आज आयोजक मलेसियालाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जीत निकालेको हो ।
मलेसियाको राजधानी क्वालालम्पुरस्थित वायुमास ओभल मैदानमा मलेसियाले दिएको १०१ रनको सामान्य लक्ष्य नेपालले १२ ओभर ४ बलमा मात्र दुई विकेट गुमाएर पूरा ग¥यो ।...