सप्तरी , १ अशोज । तस्बिरमा हतियारसहित देखिएका व्यक्ति कुनै अपराधी होइनन् । राष्ट्रिय जनता पार्टी (राजपा)को तर्फबाट सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्ष उम्मेद्वार सतिषकुमार सिंह हुन् ।

Advertisement

उनले लामो समयदेखि इजाजत लिएर हतियार राख्दै आएका छन् । उनले यसअघि हतियार राखेको विषयमा चर्चा नभए पनि सोमबार चुनाव हुने भएपछि उनको चर्चा चुलिएको छ ।

प्रदेश नम्बर २ मा असोज २ गते अर्थात् सोमबार हुन गइरहेको स्थानीय तहको तेस्रो चरणको निर्वाचन नजिकिएपछि उनका तस्बिर सामाजिक सञ्जालमा भाइरल भएका हुन् । उनको परिवारमा उनका पुर्खादेखि नै हतियार राख्दै आएको उनका नजिकका जानकारले बताएका छन्।-अन्नपूर्णपोष्ट

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!