संगालोखबर सम्वाददाता

धनकुटा, ६ असोज । धनकुटाको महालक्ष्मी नगरपालिका–७ जीतपुरका एक ब्यक्तिको भीरबाट लडेर मृत्यु भएको छ । जीतपुर स्थित भन्ज्याङडाँडा नजिक घर भएका ४३ बर्षीय भोजबहादुर दर्जीको भीरबाट लडेर मृत्यु भएको हो ।

गाउँकै स्थानीय स्यावुने भीरबाट खसेर दर्जीको घटनास्थलमै मृत्यु भएको स्थानीय खगेन्द्रप्रसाद पौडेलले संगालोखबरलाई जानकारी दिए ।

Advertisement
भीरबाट खसेर मृत्यु भएको अवस्थमा भेटिएको दर्जीको शव । तस्वीर: भोला परियार

दर्जी बिहान करिव ४ बजे घरबाट निश्किएका थिए ।भीरबाट खसेको अवस्थामा दिउँसो उनको शव फेला परेको हो ।

मृतकको शवलाई पोष्टमार्टमका लागि धनकुटा जिल्ला अस्पताल ल्याईएको धनकुटाका प्रहरी प्रवक्ता धनप्रसाद शिवाकोटीले जानकारी दिएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!