संगालोखबर सम्वाददाता

धनकुटा, ५ असोज । धनकुटाको चौविसे गाउँपालिका–५ बोधे स्थित तल्लो हमेलामा श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमान गंभीर घाईते भएका छन ।

सामान्य विवादका क्रममा गएराति स्थानीय ३६ बर्षीया सरु तामाङले आफ्नै श्रीमान ३८ बर्षीय कमल बहादुर तामाङलाई खुकुरी प्रहार गरेको धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले संगालोखबरलाई जानकारी दिए ।

Advertisement
सांकेतिक तस्वीर

खुकुरी प्रहारबाट टाउकोमा चोट लागि गंभीर घाईते भएका कमल बहादुरलाई उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको छ ।

खुकुरी प्रहार गर्ने श्रीमती सरुलाई अस्थाई प्रहरी विट मौनावुधुकले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!