ओखलढुंगा। बिहेका लागि केटी माग्न हिँडेको सवारी साधन (टाटा सुमो) दुर्घना हुदाँ ओखलढुंगामा एक जनाको मृत्यु भएको छ । घटनामा अन्य पाँच जना घाईते भएका छन् ।

Advertisement

दुर्घटनामा सोलुखुम्बुको दुधकोशी गाउपालिका ७ याकुका ३६ बर्षीय लाक्पा देण्डी शेपाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।

शुक्रबार बेलुका रामेछापको धोबीबाट ओखलढुंगाको खिजिचण्डेश्वरी आउदै गरेको ना १ ज ५६७८ नम्बरको टाटा सुमोे खिजीदेम्बा गाउपालिका ३ स्थित चण्डेश्वरी मावि छेउको उकालोमा ब्रेक फेल भई चिप्लीएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाईते पाँचजनामध्ये सोलुखुम्बुको दुधकोशी गाउपालिका ७ याकुकै ४६ बर्षीय आङदली शेर्पाको अवस्था गम्भिर छ ।

उनिहरुको चण्डेश्वरी स्वास्थ्य चौकीमा उपचार भैरहेको खिजिफलाटे प्रहरी पोष्टका सई पशुपतीनाथ झाले जानकारी दिए ।

चालकसहित १० जना यात्रु सवार टाटासुमो सडक किनारबाट झन्डै दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!