काठमाडौं । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेललाई स्वइनफ्लु भएको छ । उनलाई इन्फ्लुएन्जा ए पोजेटिभ भाइरस (एज१एन१) पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. श्रीकृष्ण गिरीले बताए । पोखरेल एक हप्तादेखि वीर अस्पतालमा उपचार गराइरहेका छन् ।

गिरीका अनुसार दुई दिनअघि स्वाइनफ्लुको आशंकामा खकार परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । उनलाई फिजिसियन डा. सुरेन्द्रलाल श्रेष्ठ नेतृत्वका टोलीले हरिरहेको छ ।

Advertisement

राहत वितरणका लागि महोत्तरी गएका वेला बिरामी भएपछि पोखरेललाई गत शनिबार वीर अस्पताल ल्याइएको थियो । उनलाई ज्वरो, झाडापखाला, रुघाखोकीको समस्या देखिएपछि स्वाइनफ्लुको आशंकामा खकार परीक्षण गरिएको थियो । ‘खकार परीक्षणमा स्वाइनफ्लु पोजेटिभ देखिएको छ,’ प्रवक्ता गिरीले भने, ‘मन्त्रीज्यूलाई अझै एक–दुई दिन चिकित्सकको निगरानीमा राखिनेछ ।’आजको नयाँ पत्रिकामा खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!