- रबिन कटेल

बिराटनगर, ५ फागुन । दुई बर्षअघि जन्मिएकी छोरीको टाउको अस्वभाविक रुपमा ठुलो हुँदै गएपछि चिन्तित बनेका झापा दमकका सुवास कुमार चौधरीको परिवारमा अहिले पुनः खुशी फर्किएको छ । बिराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले दुई बर्षीया बालिका पवित्रा चौधरीको टाउकोको शल्यक्रिया निःशुल्क गरेपछि चौधरी परिवारमा दुई बर्षपछि पुनः खुशी फर्किएको हो ।

दयनीय आर्थिक अवस्थाका चौधरीलाई छोरीको उपचार कसरी गर्ने भन्ने चिन्ताले पिरोलेको थियो । तर, चौधरी परिवारको यो पीडालाई नोबेल अस्पतालले खुशीमा बदलिदिएको छ । छोरीको सफल शल्यक्रियापछि हर्षित मुद्रामा देखिएका चौधरीले नोबेल अस्पताल प्रति कृतज्ञ हुँदै भने ‘विरामीको उपचार गर्ने मात्र हैन, गरिवको पीडामा मल्हम लगाउँने अस्पताल पनि रहेछ ।’

दमक–७ घर भएका सुवास र मिना चौधरीको दोस्रो सन्तानका रुपमा जन्मिएकी पवित्राको टाउको जन्मजात नै सामान्य बच्चाको भन्दा ठुलो थियो । त्यसपश्चात अस्वभाविक रुपमा टाउकोको आकार बढ्दै गयो । अन्ततः बच्चाको शरिर भन्दा टाउको ठुलो भएपछि विहान बेलुकाको छाक टार्न धौधौ हुने चौधरी परिवारलाई छोरीको ज्यान कसरी बचाउने अर्को चिन्ताले पिरोल्यो ।

सुवास र मिनाले छोरीको ज्यान बचाउन धेरैलाई हार गुहार गरे । सबैले महंगो उपचार गर्नुपर्छ भनेरै तर्साए । यस्तो अवस्थामा चौधरी परिवार दिनरात पिडामा बस्नुको विकल्प थिएन ।

केहि साता अघि झापा दमकका स्थानीय संघसस्था, जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, सञ्चारकर्मी लगायतले चौधरी परिवारलाई बालिकालाई नोबेल अस्पतालसम्म ल्याउँन सहयोग गरे । दमक–७ की वडा सदस्य गायत्रा रेग्मी, लायन्स क्लव अफ माउन्ट एभरेष्ट दमकका अध्यक्ष रुद्र गौतम, उप–मेयर गीता अधिकारी, सञ्चारकर्मी बिष्णु पोख्रेल लगायतको पहलमा बालिकालाई नोबेल अस्पतालमा ल्यार्इयाे ।

यस अघिपनि हज्जारौं गरिब निमुखा परिवारलाई निःशुल्क स्वास्थ्योपचार गरेको नोवेलले चौधरी परिवारको अवस्था देखेर बालिका पवित्राको निःशुल्क अप्रेशन गरिदियो । अहिले चौधरीको परिवारमा नोवेल हस्पिटलका कारण खुसी फर्किएको छ ।

नोबेलले निःशुल्क शल्यक्रिया गर्दिएपछि छोरीको ज्यान बचेको भन्दै चौधरीले खुशी ब्यक्त गरे । ‘पैसा नभएकाले छोरीको ज्यान जोगाउँन सक्छु भन्ने लागेको थिएन ।’ खुशी हुँदै चौधरीले भने–‘नोबेलले निःशुल्क अप्रेशन गरेर छोरीको ज्यान बचाईदियो, टाउँकोमा बर्षौदेखि बोकेको भारी नै बिसाएजस्तो भयो ।’ यता बालिकाकी आमा मिनाले पनि निःशुल्क अप्रेसन गरेर छोरीको ज्यान बचाएर नोबेल अस्पतालले गुन लगाएको प्रतिक्रिया दिईन् । पैसा नहुँदा छोरीलाई उपचारका लागि कतै लैजान नसकेको बिगतको पीडा सुनाउँदै मिनाले भनिन् ‘धन्न नोबेलले दया गर्दिनाले छोरीको ज्यान बच्यो ।’

दयनीय आर्थिक अवस्थाका कारण उपचार गर्न नसकेको थाहा पाएर शल्यक्रिया निःशुल्क गरिएको नोबेल अस्पतालकी प्रबन्ध निर्देशक इन्दिरा शर्माले बताईन् । ‘बिरामीको अवस्था हेरी हामीले निःशुल्क उपचार गर्ने गरेका छौ ।’ शर्माले भनिन्–‘नोबेल अस्पताल नाफामुखी हैन सेवामुखी भावले अघि बढिरहेको छ ।’

अप्रेसन पछि अहिले बच्चाको टाउकोको आकार घट्दै गएको छ । बच्चामा हाईड्रोसेफालस अर्थात टाउकोमा पानी जमेर यस्तो समस्या भएको नोबेल अस्पतालका न्यूरोसर्जन डा.प्रकाश काफ्लेले बताए । ‘अप्रेशन गरी टाउँकोमा जमेको पानी पाईप लगाएर बाहिर निकालेका छौ ।’ डा. काफ्लेले भने ‘अव बालिका खतरामुक्त छन्, टाउकोको आकार घटेपछि पुनःअप्रेशन गरेर टाउको मिलाउँनुपर्छ ।’

नोबेल अस्पतालले अार्थिक अवस्था कमजाेर भएर स्वास्थ्याेपचारबाट बञ्चित विरामीलाई लाखौं मुल्य बरावरको उपचार निःशुल्क गर्नुका साथै पूर्वका बिभिन्न जिल्लामा नियमित निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गर्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!