भोजपुर, ३ फागुन ।  हतुवागढी गाउँपालिकाले मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । गाउँपालिकामार्फत सञ्चालन हुँदै आएका हरेक सेवासुविधा सर्वसाधारणलाई सजिलै जानकारी गराउनका लागि बुधबारदेखि मोबाइल एप्स सञ्चालनमा ल्याएको गाउँपालिकाका सूचना प्रविधि दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त एप्समा गाउँपालिकाका नौवटै वडा कार्यालयको विवरण, कर्मचारी विवरण, कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, सुझाव तथा गुनासो, समस्या दर्ता, सेवालगायत गाउँपालिकाको गतिविधि सजिलै हेर्न सकिने व्यवस्था भएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो ।

त्यस्तै गाउँपालिकाबाट पारित भएका सम्पूर्ण ऐन कानून, महत्वपूर्ण पर्यटकीयस्थल, आपत्कालीन नम्बर, पनि एप्समार्फत हेर्न सकिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकामा मोबाइल एप्स सञ्चालनमा आएसँगै जुनसुकै ठाउँमा बसेर पनि गाउँपालिकाले गरेका कामबारे जानकारी पाउने भएपछि यहाँका बासिन्दा खुशी भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!