सामसुङले बनायो १ हजार जीबीको मेमोरी चिप
एजेन्सी । दक्षिण कोरियाली कम्पनी सामसुङले स्मार्टफोनका लागि विश्वमै पहिलोपटक १ टेराबाइट क्षमताको मेमोरी चिप तयार गरेको छ ।
योसँगै अब विश्वभरका मोबाइल उत्पादक कम्पनीहरुले आफ्ना डिभाइसमा यो मेमोरी चिपको सहायताले एक हजार गिगाबाइटको इन्टर्नल स्टोरेज प्रदान गर्न समर्थ हुनेछन् ।
उक्त क्षमताको मेमोरी चिपको साइज पहिलेका चिपको जत्रै अर्थात् ११.५ मिलिमिटर गुणा १३ मिलिमिटरको हुनेछ । यसको क्षमता यसअघिको ...



























