दाङमा बढ्दो सवारी दुर्घटना
दाङ, ६ माघ । गत पुस ६ गते तुलसीपुर उपमहानगरपालिकाको–३ राम्रीमा भएको बस दुर्घटनामा परी कलिला विद्यार्थी, शिक्षक, चालक गरी २३ जनाको मृत्यु भयो ।
त्यसैगरी गत मङ्सिर २८ गते दुलही लिएर जाँदै गरेको बिहेको गाडी लमही नगरपालिकाको रिहार नजिकै दुर्घटनामा परी दुलाहाका बुबा आमासहित ६ जनाको ज्यान गयो ।
यी दुवै दुर्घटनाले दाङवासीसहित सबैलाई निकै स्तब्ध बनायो । त्यस्तै मृतकका आफन्त तथा घरपरिवारलाई झन जीवनभरि ...






























