एजेन्सी  । विज्ञान र प्रविधिको अहिलेको युगमा के असम्भव छ र ? अब निकट भविष्यमै मानिसहरु समुद्रको पानीमुनि तैरिरहेको सुरुङमा कुँद्न सक्नेछन् ।

Advertisement

समुद्री बाटोबाट एक सहरबाट अर्को सहरसम्मको यात्रालाई सहज बनाउनका लागि नर्वेले एउटा अनौठो प्रयोग गर्दैछ । उसले निकट भविष्यमै समुद्रको पानीभित्र तैरिने सुरुङको निर्माण गदैृछ । कंक्रिटबाट बन्ने उक्त सुरुङ दुई लेनको हुनेछ ।

सन् २०५० सम्ममा उक्त समुद्री सुरुङको निर्माण सक्ने नर्वेको सार्वज्निक सडक प्रशासन कार्यालयको योजना छ । उक्त सुरुङ बनेर सञ्चालनमा आयो भने त्यो कुनै चमत्कार भन्दा कम हुनेछैन ।

स्मरण रहोस् चीन, दक्षिण कोरिया, इटाली र इण्डोनेसियाले पनि यस्तै खाले परियोजनामा काम गरिरहेका छन् ।

समुद्रको १ सय फिटको गहिराइमा स्थापित गरिने उक्त तैरिने सुरुङ २ सय ५ किलोमिटर लामो हुनेछ । भिमकाय पाइप आकारका ती सुरुङहरु यति बलियो हुनेछन् कि कुनै मौसमी घटनाले असर गर्नेछैन । सुरुङ बनाउन ४० अर्ब डलर खर्च हुने अनुमान गरिएको छ ।

यो सामुद्रिक तैरिने सुरुङमार्गले नर्वेका दुई सहर क्रिस्टियानस्याण्ड र ट्रोनहेमलाई जोड्नेछ । अहिले ती दुई सहबीचको सडकको दूरी ११ सय किलोमिटर रहेको छ र यात्रा गर्नका लागि २१ घण्टा लाग्दछ । उक्त सुरुङ बनेपछि दुई घण्टाभित्रै वारपार हुनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!