काठमाडौँ, १८ माघ ।  नेपाल विद्युत् प्राधिकरण चुहावट नियन्त्रण महाशाखाका उपप्रबन्धक विजयकुमार चौधरीले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको भन्ने आरोपमा विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

Advertisement

चौधरीले सार्वजनिक सेवामा रहँदा रु दुई करोड १४ लाख ५८ हजार ८३४ बराबरको भ्रष्टाचार गरेको आयोगले अभियोग लगाएको छ । उपप्रबन्धक चौधरीले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती प्रियङ्काकुमारी चौधरी लगायतको नाममा राखेको देखिन आएको आयोगले जनाएको छ ।

आयोगले बिगो बराबरको रकम चल–¬अचल सम्पत्ति जफत गर्न आग्रह गर्दै मुद्दा दायर गरिएको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!