वासिङ्टन, २० माघ । अमेरिकाका धेरै बालबालिकाले चिकित्सकले सिफारिश गरेको भन्दा धेरै मन्जन प्रयोग गर्ने गरेको पाइएको छ ।

Advertisement

अमेरिकाको रोग नियन्त्रण तथा न्युनीकरण केन्द्रले दिएको जानकारी अनुसार सन् २०१३ देखि २०१६ सम्मको तथ्याङ्कलाई विश्लेषण गर्दा ३८ प्रतिशत बालबालिकाले तोकिएको भन्दा बढी मन्जन प्रयोग गर्ने गरेका देखिएको छ ।

यसरी बढी मात्रामा दन्तमन्जन प्रयोग गर्नेमा तीन वर्षदेखि छ वर्षसम्मका बालबालिका रहेको जनाएको छ ।

केन्द्रले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार अधिकांश बालबालिकालाई उनीहरुका आमाबुबाले छ महिनाको उमेरदेखि दाँत माझिदिने गरेकोमा चिकित्सकले भने दुई वर्षपछि मात्र दाँत माझ्न सुरु गर्न सिफारिस गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!