काठमाडौँ, २० माघ । संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको अन्तिम तथा तेस्रो टी–२० क्रिकेटमा नेपालले घरेलु टोलीलाई जितका लागि १०५ रनको लक्ष्य दिएको छ ।

Advertisement

दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस हारेर ब्याटिङ गरिरहेको नेपालले पूरै १० ओभर खेल्दै आठ विकेट गुमाएर १०४ रन बनायो ।

नेपालका लागि कप्तान पारस खड्काले २९ तथा सन्दीप जोराले २८ रन बनाए । वर्षा र हावाहुरीको कारण ढिला शुरु भएको खेल १० ओभरमा झारिएको थियो ।

दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा युएईले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!