एक्काइस वर्ष पुरानो दमकलको भरमा महानगर
भरतपुर, २७ फागुन । भरतपुर महानगरपालिकाको एक्काइस वर्ष पुरानो दमकलले प्रभावकारी सेवा प्रवाह गर्न सकेको छैन् ।
महानगरपालिकाअन्तर्गतका दुई वटा दमकल निकै पुरानो भइसकेका छन् । जसमध्ये एउटा सञ्चालनमा छ भने अर्को बिग्रिएर काम नलाग्ने अवस्थामा छ ।
एक्काइस वर्ष पुरानो चार हजार लिटर क्षमताको दमकलको भरमा आगलागी नियन्त्रण गर्न दौडाउनुपर्छ । तत्कालीन भरतपुर नगरपालिकाले विसं २०५४ मा किनेको भारतीय कम्पनीको द...































