भारतको बिहारमा बेहुलाले मदिरा सेवन गरेपछि बेहुलीले गरिन् बिहे अस्वीकृत
छप्रा, बिहार, २७ फागुन । भारतको बिहार राज्यस्थित डुमरी छपिया गाउँकी एक बेहुलीले मदिरा सेवन गरेर बिहे मण्डपमा आइपुगेका बेहुलासँग विवाह गर्न अस्वीकार गरेकी छिन् ।
रिन्की कुमारीको बब्लु कुमारसँग शनिबार विवाह गर्नेगरी तय भएको थियो ।
छोरीका बाबु त्रिभुवन साहले भन्नुभयो, “बेहुला यति धेरै मदिरा सेवन गर्दा रहेछन् कि आफू कहाँ आइपुगें भन्ने समेत पत्तो हुँदो रहेनछ । बिहे मण्डपमै उनले अभद्र व्यवहार देखाए,...































