लोक सङ्गीतको जगेर्ना गर्दै दोहोरी प्रतियोगिता

लोक सङ्गीतको जगेर्ना गर्दै दोहोरी प्रतियोगिता

रुपन्देही, २२ फागुन ।“मौका मिल्दा गीत गाउन झरौँ  है, गीत सङ्गीतको जगेर्ना गरौँ है” बुटवलमा आयोजित राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता एवं सांस्कृतिक महोत्सवअन्तर्गत मङ्गलबार तेस्रो दिनमा अर्घाखाँचीकी विमला थापा र लमजुङकी प्रिती आलेबीचको दोहोरी लोक सङ्गीतको जगेर्ना गर्नेमा केन्द्रित रह्यो । विमलाको टुक्का सकिएलगत्तै प्रितीले “नलागोस् है दोहोरीलाई खत, सङ्गीत मेरो हो नि त रगत” भनेर जवाफ दिइन् । ...
बाँकेका दुई कर्मचारी घुससहित पक्राउ

बाँकेका दुई कर्मचारी घुससहित पक्राउ

नेपालगञ्ज, २२ फागुन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाँकेका दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । नेपालगञ्जस्थित आयोगको कार्यालयले मङ्गलबार साँझ बाँकेका दुई सरकारी कार्यालयमा छापा मारेर रु ८७ हजार घुससहित दुई कर्मचारीलाई नियन्त्रण लिएको हो । अख्तियारका नेपालगञ्ज कार्यालयका प्रमुख गणेश गैरले विशेष सूचनाका आधारमा नेपालगञ्ज भन्सार कार्यालयका नायबसुब्बा लक्ष्मण चन्दलाई रु ५२ हजार र आयातनिर...
छतबाट खसेर पुजारीको मृत्यु

छतबाट खसेर पुजारीको मृत्यु

काभ्रेपलाञ्चोक, २२ फागुन । बेथानचोक गाउँपालिका–२ नयाँबस्तीस्थित मुक्तेश्वर महादेव मन्दिरका पुजारी ४२ वर्षीय हरिप्रसाद तिमल्सिनाको गाउँपालिका कार्यालयको छतबाट खसेर मृत्यु भएको छ । पुजारी तिमल्सिनाको उपचारार्थ धुलिखेल अस्पताल लैजाँदै गर्दा मङ्गलबार राति बाटोमै मृत्यु भएको प्रहरी चौकी ढुङ्खर्कका प्रहरी सहायक निरीक्षक कृष्ण थापाले जानकारी दिनुभयो । उहाँका अनुसार मन्दिरसँगै रहेको गाउँपालिका कार्यालय...
पचास दरका २३ करोड थान नयाँ नोट छापिँदै

पचास दरका २३ करोड थान नयाँ नोट छापिँदै

काठमाडौँ, २२ फागुन । नेपाल राष्ट्र बैंकले रु ५० दरको २३ करोड थान नयाँ नोट छाप्ने भएको छ । बैंकले उक्त नयाँ नोट छाप्नका लागि फ्रान्सको ओवर्थर कम्पनीलाई जिम्मा दिएको छ । विश्वव्यापी बोलपत्रका आधारमा फ्रान्सेली कम्पनी छानिएको हो । बैंकमा सूचीकृत कम्पनीबाट बोलपत्र आह्वान गरी सूचना प्रकाशित गरिएकोमा न्यूनतम प्रस्ताव गर्ने उक्त कम्पनी छानिएको बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले जानकारी ...
‘वाटर एटीएम’बाट पिउने पानी

‘वाटर एटीएम’बाट पिउने पानी

काठमाडौँ, २१ फागुन ।  बैंकको ‘एटिएम’बाट आवश्यकताअनुसार पैसा झिकेजस्तै अब मानिसको प्यास मेटाउनका लागि पनि बैंकजस्तै ‘वाटर एटिएम’बाट पानी पिउन पाइने भएको छ । नेपालमै पहिलो पटक ललितपुर उपमहानगरपालिकाको प्राङ्गणमा पहिलो पटक वाटर एटीएम मेसिन जडान गरिएको हो । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा स्थापना गरिएको उक्त एटीएमको खानेपानी मन्त्री बिना मगरले आज उद्घाटन गर्दै एटीएमबाट पानी ...
श्वेता खड्का फिल्म ‘हेल्लो जिन्दगी’ मा

श्वेता खड्का फिल्म ‘हेल्लो जिन्दगी’ मा

होम प्रोडक्शनको चलचित्र ‘कान्छी’ प्रदर्शनपछि अभिनेत्री स्वेता खड्का चलचित्रमा देखिएकी छैनन् । यो चलचित्रको सफलता पछि उनी चलचित्रमा निक्कै छाउँने धेरैले अनुमान गरेका थिए । तर, उनले निक्कै ढिलो नयाँ चलचित्रमा संझौता गरेकी छिन् । उनले, चलचित्र ‘हेल्लो जिन्दगी’मा काम गर्न लागेकी हुन् । यो चलचित्रका लागि उनले केही दिन अगाडि मात्र संझौता गरेको खबर सार्वजनिक भएको छ । अभिनेत्री खड्काले यो चलचित्रसँग जो...
भारतमा अभिनन्दन वर्तमानको जस्तो जुङ्गा बनाउने होड

भारतमा अभिनन्दन वर्तमानको जस्तो जुङ्गा बनाउने होड

पाकिस्तानले हालै पक्रेर छाडिदिएका भारतीय सेनाका लडाकु विमान चालक अभिनन्दन वर्तमानको चर्चा भारतभरि 'राष्ट्र नायक'का रूपमा छ। त्यतिखेरै भिन्न प्रकृतिको देखिने उनको दाह्री-जुङ्गाको चर्चा समेत त्योभन्दा कम छैन। धेरै भारतीयले त्यस्तै नक्कल गरेका छन्। पाकिस्तान प्रशासित कश्मीरमा खसालिएको भारतीय लडाकु विमान चालक वर्तमान पक्राउ परेको केही घण्टामै देशभरि नायकका रूपमा छाएका थिए। शुक्रवार साँझ स्वदेश फर्...
लेग स्पिनर लामिछाने ‘उत्कृष्ट वर्ष क्रिकेट खेलाडी’

लेग स्पिनर लामिछाने ‘उत्कृष्ट वर्ष क्रिकेट खेलाडी’

काठमाडौँ, २१ फागुन । नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछानेले ‘उत्कृष्ट वर्ष क्रिकेट खेलाडी’ अवार्ड जितेका छन् । क्रिकेट खेलाडी सङ्घ नेपाल (सिप्यान)ले आज यहाँ आयोजना गरेको ‘सिप्यान क्रिकेट अवार्ड’ कार्यक्रममा लामिछाने उत्कृष्ट चुनिँदै ‘वर्ष क्रिकेट खेलाडी’ घोषित भएका हुन् । अवार्ड जित्ने क्रममा लेग स्पिनर लामिछानेले कप्तान पारस खड्का, दीपेन्द्रसिंह ऐरी, करण केसी र सोमपाल कामीलाई पछि पारे...
कसरी भयो रानी र ऐश्वर्याबीच दुश्मनी

कसरी भयो रानी र ऐश्वर्याबीच दुश्मनी

मुम्बई  । बलिउडका लोकप्रिय नायिकामध्येमा पर्छन्, ऐश्वर्या राय बच्चन र रानी मुखर्जी । कुनै समयका अत्यन्तै लोकप्रियता कमाएका यी दुवैको सुन्दरता अझै पनि उस्तै छ । विश्व सुन्दरीको ताज पहिरिएकी ऐश्वर्या र विभिन्न फिल्ममार्फत निकै माया पाएकी रानीबीच प्रगाढ सम्बन्ध थियो । यी दुई एक अर्काका असल र नजिककमा साथी थिए । तर समयसँगै यी दुईको बीचमा टकराव आयो । एक अर्कालाई माया र सम्मान गर्ने रानी र ऐश्वर्या एक...
घटेन बाल विवाह

घटेन बाल विवाह

दुल्लु, २१ फागुन । कलिलै उमेरमा विवाह गर्नेको सङ्ख्या बढी छ भनेर विगतमा धेरै चर्चा हुन्थे । हरेक सार्वजनिक कार्यक्रममा बहस हुन्थे । सरकारी तथा गैरसरकारी निकाय र प्रजनन् स्वास्थ्य क्षेत्रमा काम गर्ने निकायहरु यसबारे सार्है चिन्ता लिन्थे । बेला–बेला बाल विवाह र कलिलै उमेरमा गर्भवती हुनेको सङ्ख्या कम गर्ने भनेर अभियान पनि चलाइन्थ्यो । एकथरीले त्यस्ता अभियानको सत्तो सराप गर्थे । अखबारहरुमा छ्याप्छ्...
स्वास्थ्य जानकारी एपमा आउँदै

स्वास्थ्य जानकारी एपमा आउँदै

काठमाडौँ, २१ फागुन । तपाइँलाई सञ्चो भएन ? आफन्तलाई स्वास्थ्य सस्थामा लैजानु पर्याे अथवा दुर्घटना परेकालाई तत्काल नजिकको स्वास्थ्य सेवाको पहुँचमा पुर्याउनु पर्याे ? कुन अस्पताल जाने/लैजाने, कुन चिकित्सकलाई देखाउने कस्तो सेवा लिने ? कुन कुन सेवा कुन कुन अस्पतालबाट पाइन्छ भन्नेमा अन्योल हुनुहुन्छ भने अब चिन्ता नलिनुहोस् । आफ्नो मोबाइलमा यससम्बन्धी विस्तृत जानकारी समेटिएको एपबाट छिट्टै ती लगायत स्...
एचआईभी सङ्क्रमित दोस्रो व्यक्तिले छुटकारा पाए

एचआईभी सङ्क्रमित दोस्रो व्यक्तिले छुटकारा पाए

पेरिस, २१ फागुन  । प्राणघातक एड्स रोग लगाउने एचआईभी–१ भाइरसबाट पीडित अर्का एक व्यक्ति रोगमुक्त भएका छन् । अनुसन्धाताहरुले उनीमाथिको उपचार रोकिएको र सम्भवतः निको भएको जनाएका छन् । पेरिसमा आयोजना गरिने एक चिकित्सा सम्मेलनमा मङ्गलबार यस अद्भूत कार्यका बारेमा घोषणा गरिँदैछ । एचआईभी–सङ्क्रमित ती व्यक्तिलाई दश वर्षपछि रोगमुक्त भएको घोषणा गरिएको हो । उनलाई “लन्डन बिरामी” को उपनाम दिइएको छ । विगत १९ मह...
पब्जी खेलिरहेका युवकले पानी भनेर एसिड पिए

पब्जी खेलिरहेका युवकले पानी भनेर एसिड पिए

पब्जीको लतले अहिले संसारभरका बालबालिका र किशोरकिशोरीलाई सताइरहेको छ । नेपालमा पनि यो भिडियो गेमका पारखीहरु धेरै छन् । पब्जी खेलिरहेका बेला ‘खेलाडीहरु’ अर्कै दुनियाँमा पुगेका हुन्छन् । त्यसैले उनीहरुलाई आफू कस्तो अवस्थामा छु भन्ने पनि होस हुन्न् । भारतमा अहिले एउटा यस्तै अनौठो घटना सार्वजनिक भएको छ । मध्येप्रदेशस्थित भोपालका एक युवकले पब्जी खेलिरहेको सुरमा पानी सम्झेर एसिड पिइदिए । धन्न चाँडै अ...
पाठेघर खस्ने समस्यामा सुधारोन्मुख

पाठेघर खस्ने समस्यामा सुधारोन्मुख

काठमाडौँ, २१ फागुन । तराई/मधेशका विभिन्न नौ जिल्लाका महिलामा पाठेघर खस्ने समस्यामा सुधारोन्मुख रहेको एक अध्ययनले देखाएको छ । सप्तरी, सिराहा, धनुषा, सर्लाही, रौतहट, बारा, चितवन, मकवानपुर र नवलपरासीका महिलाको स्वास्थ्य परीक्षण र उपचारसहित गरिएको एक अध्ययनले पाठेघर खस्ने समस्या सुधारोन्मुख देखिएपनि अझै करीब २६ प्रतिशत महिलामा कुनै न कुनै प्रकारका पाठेघर खस्ने समस्या पाइएको देखाएको छ । यहाँस्थित भ...
तनहुँमा जीप दुर्घटना हुँदा १ जनाको मुत्यु

तनहुँमा जीप दुर्घटना हुँदा १ जनाको मुत्यु

तनहुँ,  २१ फागुन । बन्दीपुर ३ तामुङबाट दमौली आउँदै गरेको ग १ ज २९०७ नम्बरको जीप व्यास नगरपालिका वडा नं १२ घासिकुवामा दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ । अन्य १२ जना घाइते भएका छन्र । मुत्यु हुनेमा बन्दिपुर ३ रामकोटका ७५ बर्षिय बुद्धि बहादुर थापा मगर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ । जीप गुडिरहेको अवस्थामा अगाडी टायर पन्चर हुदाँ सडक बाट दश मिटर तल खसेको ट्राफिक प्रमुख ...
पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना

पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना

पोखरा, २१ फागुन । पोखरामा फेरि अर्को प्याराग्लाइडिङ दुर्घटना भएको छ । दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको छ । सारङकोटबाट सोलो उडान भर्ने वित्तिकै दुर्घटना भएको बताइएको छ । दुर्घटनामा घाइते भएका रसियन नागरिकलाई तत्काल मेट्रो सिटी अस्पताल लगिएको प्रहरी सहायक निरीक्षक सन्तोष सृुवेदी बताउँछन् । तर, उपचारका क्रममा मृत्यु भएको उनको भनाइ छ । यसअघि आइतबार मात्र प्याराग्लाइडिङ दुर्घटनामा परेर रोम...
अमेरिकाले भारतलाई दिइरहेको सहुलियत बन्द गर्ने घोषणा

अमेरिकाले भारतलाई दिइरहेको सहुलियत बन्द गर्ने घोषणा

नयाँदिल्ली, २१ फागुन । संयुक्तराज्य अमेरिकाले भारतलाई दिइरहेको व्यापार सहुलियत बन्द गर्ने घोषणा गरेको छ । तर भारतले अमेरिकी सहुलियत कटौतीबाट दुई देशबीचको व्यापारमा असर नपर्ने स्पष्ट गरेको छ । संयुक्तराज्य अमेरिकातर्फ भारतबाट वार्षिक करिब ८० अर्ब डलर बराबरका सामान निर्यात हुने गरेको छ । भारतका वाणिज्य सचिव अनुप वद्धवनका अनुसार अमेरिकी सहुलियत प्रणाली (जीएसपी) अन्तर्गत भारतबाट करिब ६ अर्ब डलर बरा...
भोजमा खर्च गर्ने रकम सामाजिक कार्यमा

भोजमा खर्च गर्ने रकम सामाजिक कार्यमा

साँखु, २१ फागुन । प्रदेशसभा सदस्यले भोजमा खर्च हुने रकम सामाजिक कार्यका लागि सहयोग गरेका छन् । प्रदेश नं ३ प्रदेशसभा सदस्य छिरिङदोर्जे लामा र उनकी धर्मपत्नी अनु प्रसाईं लामाले आफ्नो सुपुत्रको अन्नप्राशन (पास्नी) मा लाग्ने खर्च गोकर्णेश्वर नगरपालिका–५ मा सञ्चालित नयाँ जीवन नेपाल नामक संस्थालाई सहयोगस्वरुप रु चार लाख प्रदान गर्नुभयो । सो संस्थामा अपाङ्गता भएका २५ जना बालबालिका आश्रय लिइरहेका छन्...
पानीजहाज सञ्चालन गर्न सम्भाव्यता अध्ययन

पानीजहाज सञ्चालन गर्न सम्भाव्यता अध्ययन

नवलपरासी, २१ फागुन । नेपालका प्रमुख तीन ठूला नदी कोशी, गण्डकी र कर्णालीमा पानीजहाज सञ्चालन गर्ने सम्भावनाअन्तर्गत गण्डकीको नवलपरासीमा सम्भाव्यता अध्ययन गरिएको छ । नेपाल र भारतका उच्चस्तरीय अधिकारी सम्मिलित संयुक्त टोलीले सोमबार नारायणी नदी सहित गण्डक ब्यारेज र गण्डक क्षेत्रअन्तर्गत १२ नं स्परको सम्भाव्यता अध्ययन गरेको छ । नवलपरासीको गण्डक क्षेत्रसँगै नारायणी नदीमा पानीजहाज सञ्चालनका लागि सम्भाव...
ब्यारेकभित्रै जवानद्वारा आत्महत्या

ब्यारेकभित्रै जवानद्वारा आत्महत्या

कञ्चनपुर, २१ फागुन । कञ्चनपुरको २५ नं बाहिनी भगतपुरमा कार्यरत नेपाली सेनाका जवान २३ वर्षीय वीरबहादुर खड्काले सोमबार बन्दुक प्रहार गरी आत्महत्या गरेका छन् । ब्यारेकभित्रै खड्काले गर्धनमा गोली प्रहार गरी आत्महत्या गरेको बताइएको छ । आत्महत्याको कारण भने खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले प्रारम्भिक अनुसन्धानको कार्य भइरहेको बताउनुभयो । “आत्महत्य...
नाम र केन्द्र परिवर्तन गराउनेमा गाउँपालिका बढी

नाम र केन्द्र परिवर्तन गराउनेमा गाउँपालिका बढी

काठमाडौँ, २० फागुन । स्थानीय तहको नाम र केन्द्र परिवर्तन गराउने सबैभन्दा बढी गाउँपालिका रहेका छन् । अहिलेसम्म ९८ स्थानीय तहका नाम र केन्द्र परिवर्तन गर्नेमा ९० गाउँपालिका छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार गाउँसभा र नगरसभाबाट सिफारिस तथा प्रदेश सभाबाट अनुमोदित ४२ जिल्लाका ९८ गाउँपालिका र नगरपालिकाका नाम तथा केन्द्र परिवर्तन भएका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका शाखा अधि...
ग्यासको कृत्रिम अभावको आशङ्कामा अनुगमन

ग्यासको कृत्रिम अभावको आशङ्कामा अनुगमन

काठमाडौँ, २० फागुन । सरकारले खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव गरिएको आशङ्कामा अनुगमनलाई व्यापक बनाएको छ । उद्योगी र बिक्रेताको मिलेमतोमा बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको हुन सक्ने भन्दै वाणिज्य, आपूर्ति तथा उभोक्ता संरक्षण विभागले अनुगमनलाई तीव्रता दिएको हो । पर्याप्त मात्रामा ग्यासको आपूर्ति हुँदाहुँदै पनि कृत्रिम अभाव सिर्जना गरिएको आशङ्कामा तीन दिनदेखि बजार अनुगमनलाई तीव्र पा...
वैशाख ४ मा भूउपग्रह प्रक्षेपण गरिने

वैशाख ४ मा भूउपग्रह प्रक्षेपण गरिने

ललितपुर, २० फागुन । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)ले आउँदो बैशाख ४ गते भूउपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्यूटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक निर्माण गरेको नेपालीस्याट–१ नामक भूउपग्रह प्रक्षेपण गरिन लागिएको हो । यही फागुन ३ गते विश्वविद्यालयले पत्रकार सम्मेलन गरी बैशाखमा प्रक्षेपणको तयारी भने पनि गते निश्चित गरिएको थिएन् । “करिव ४०० किलोमिटरमाथि आकाशबाट भू...
पोखरामा प्याराग्लाइडिङ दुर्घटना

पोखरामा प्याराग्लाइडिङ दुर्घटना

पोखरा, २० फागुन । पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा परेको छ । दुर्घटनामा परेर दुई विदेशी प्याराग्लाइडर घाइते भएका छन् । माछापुच्छ्रे गाउँपालिकाको ठाँटीमा दुर्घटनामा परेका मध्ये एकजनाको अवस्था गम्भिर रहेको छ भने अर्का एकजना सामान्य घाइते भएको बताइएको छ । घाइते दुबैजनाको नाम हालसम्म खुलेको छैन । गम्भिर घाइते भएको एक विदेशी विद्युतको तारमा जेलिँदै भूइँमा खसेका थिए । विद्युतको तारमा छोएर झरेका गम्भ...
२० वर्षपछि पर्दामा सलमान र ऐश्वर्याको जोडी ?

२० वर्षपछि पर्दामा सलमान र ऐश्वर्याको जोडी ?

करीब २० वर्षपछि बलिउड सुपरस्टार सलमान खान र प्रख्यात निर्देशक सञ्जय लीला भन्सालीको एक रोमान्टिक प्रोजेक्टमा टिमअप भएको छ । यो फिल्मको नाम 'हम दिल दे चुके सनम २' हुनसक्ने चर्चा छ । तर, अहिलेसम्म आधिकारिक रुपमा यस विषयमा निर्माण टिमले कुनै जानकारी दिएको छैन । यो फिल्मका लागि अहिले अभिनेत्रीको खोजी कार्य भैरहेको छ । उक्त रोमान्टिक फिल्ममा सलमान आफ्नो अपोजिटमा अभिनेत्री कैटरीना कैफलाई लिन चाहन्छन् ...
यो देशमा छैनन् एकजना पनि अपराधी

यो देशमा छैनन् एकजना पनि अपराधी

संसारको कुनै कुनामा अपराध बढिरहेको छ भने कतै स्वात्तै घटेका पनि छन् । यद्यपी, एउटा युरोपेली देश यस्तो पनि छ जहाँ अब एकजना पनि त्यस्ता अपराधी छैनन् जसलाई जेलमा राख्न सकियोस् । यति पढिसक्दा पनि तपाईंलाई विश्वास लागिरहेको छैन होला तर धर्तीमा एउटा यस्तो पनि देश छ जहाँका जेल खाली छन् । पश्चिमी युरोपेली देश नेदरल्याण्डमा घट्दो आपराधिक क्रियाकलापका अनुसार त्यहाँका जेल बन्द हुने स्थितीमा पुगेको छ । नेद...
केन्यामा हेलिकप्टर दुर्घटना, चार जना पर्यटकको मृत्यु

केन्यामा हेलिकप्टर दुर्घटना, चार जना पर्यटकको मृत्यु

नैरोबी, २० फागुन ।  केन्याको उत्तरपश्चिममा हेलिकप्टर दुर्घटना हुँदा चार जना अमेरिकी पर्यटक र एक जना केन्याली पाइलटको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले स्थानीय समय अनुसार आइतबार बिहान करिब ८ बजे उक्त हेलिकप्टर लेक टुर्कानामा दुर्घटनाग्रस्त भएको बताएको छ । हेलिकप्टरमा सवार सबैको मृत्यु भएको हो । दुर्घटनाको कारण भने अझै थाहा हुन सकेको छैन । टुर्कानालाई गत वर्ष युनेस्कोले विश्व सम्पदा सूची...
पशुपतिनाथ मन्दिरमा तीन लाखले गरे दर्शन

पशुपतिनाथ मन्दिरमा तीन लाखले गरे दर्शन

काठमाडौँ, २० फागुन । महाशिवरात्रिका अवसरमा आज दिउँसो २ बजेसम्म तीन लाख बढी दर्शनार्थीले मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यस वर्ष विगतभन्दा दर्शनार्थीको सङ्ख्या बढेकाले पशुपति क्षेत्रमा मानिसको घुइँचो छ । हालै भारतको प्रयागराजमा भएको कुम्भ मेलाका केही दर्शनार्थी पशुपतिमा पनि दर्शनका लागि आएकाले भक्तजनको भीड लागेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव...
प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप अस्वीकार्य : देउवा

प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप अस्वीकार्य : देउवा

भक्तपुर, २० फागुन । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप गर्ने कार्य नेपाली काङ्ग्रेसलाई स्वीकार्य नहुने बताउनुभएको छ । नेपाली काङ्ग्रेस भक्तपुर जिल्ला कार्यसमितिले आज चाँगुनारायण नगरपालिका सुडालमा आयोजना गरेको प्रजातन्त्र सेनानी लीलाबहादुर पण्डितको प्रथम स्मृतिसभामा बोल्दै उहाँले सो विचार व्यक्त गर्नुभएको हो । सभापति देउवाले भन...
अज्ञात रोगका कारण पठनपाठनमा समस्या

अज्ञात रोगका कारण पठनपाठनमा समस्या

रोल्पा, २० फागुन । अज्ञात रोगका कारण विगत दुई महीनादेखी विद्यार्थी बिरामी पर्न थालेपछि पिताराज अधारभूत विद्यालय रेउघाका अभिभावक र शिक्षक चिन्तित भएका छन् । उपचारका अनेक उपाय गर्दा पनि बिरामी निको नभएपछि उनीहरु चिन्तित भएका हुन । विद्यार्थी काप्ने, मुर्छा पर्ने, चिच्याउने तथा रुने कराउने गर्न थालेपछि केही समयअघि चार दिनका लागि विद्यालयको पठनपाठन समेत बन्द गरिएको थियो । शुरुमा यस्तो समस्या कक्षा...
पर्याप्त ग्यास आयात, हल्लाको पछाडि नलाग : निगम

पर्याप्त ग्यास आयात, हल्लाको पछाडि नलाग : निगम

काठमाडौँ, २० फागुन । मागअनुसार खाना पकाउने ग्यासको आयात भइरहेकाले अनावश्यक भण्डारण नगर्न तथा गलत हल्लाको पछाडि नलाग्न नेपाल आयल निगमले उपभोक्तालाई आग्रह गरेको छ । पछिल्ला दिनमा ग्यासको कमिसन बढाउनुपर्ने माग राख्दै नेपाल ग्यास बिक्रेता सङ्घलगायतले विरोधका कार्यक्रम सार्वजनिक गरेको तथा निगम र व्यवसायीबीचको वार्तासमेत तार्किक निष्कर्षमा पुग्न नसकेको बेला निगमका तर्फबाट उक्त धारणा सार्वजनिक भएको हो...
error: Content is protected !!