आन्दोलनका सबै कार्यक्रम फिर्ता

आन्दोलनका सबै कार्यक्रम फिर्ता

काठमाडौँ, १९ फागुन । कर्मचारी समायोजनका केही बुँदामा असहमति राख्दै आन्दोलनरत् सरकारी चिकित्सक सङ्घ (गोदान)ले सरकारको आश्वासनपछि आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गोदानले उठान गरेका माग सम्बोधन गर्न पहल गर्ने आश्वासन दिएपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिइएको गोदानद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्र...
पोखराको सारङकोटबाट उडेको प्याराग्लाइडिङ फेवातालमा खस्यो

पोखराको सारङकोटबाट उडेको प्याराग्लाइडिङ फेवातालमा खस्यो

पोखरा, १९ फागुन । पोखरामा प्याराग्लाइडिङ दुर्घटना भएको छ । प्याराग्लाइडिङमा परी एक जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । पोखराको सारङकोटबाट उडेको एउटा प्याराग्लाइडिङ फेवातालमा खसेर दुर्घटना भएको हो । प्याराग्लाइडिङ तालमा खसेको दुर्घटना लगत्तै उद्धार टोली परिचालन घाइते लाई प्याराग्लाइडरउद्धार गरिएको थियो । उद्धार गरिएका घाइतेलाई अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ । घाइतेको परिचय भने खु...
चीनले बनायो दुनियाँकै लामो सुतेको महल

चीनले बनायो दुनियाँकै लामो सुतेको महल

एजेन्सी । छिमेकी मुलुक चीन विज्ञान, प्रविधि तथा भौतिक पूर्वाधारको क्षेत्रमा चमत्कार गर्न माहिर छ । यसपटक पुनः यो देशले इन्जिनियरिङको एक अद्वितीय नमूना पेश गरेको छ, जसलाई देख्न पाउँदा दुनिया नै दङ्गदास नभईरहन सक्दैन । चीनले एउटा यस्तो विशाल भवनको निर्माण गरेको छ, जुन ठाडो होइन सुतेको छ । चार वटा ६० तले गगनचुम्बी महलमाथि सुताएर चीनले यो विशाल महल तयार गरेको हो । चीनको यो परियोजनाको नाम हो र्याफल...
बिरालोले पाउनेछ मालिकको २२ अर्ब को सम्पत्ति

बिरालोले पाउनेछ मालिकको २२ अर्ब को सम्पत्ति

चर्चित फेसन डिजाइनर कार्ल लेगरफेल्डको निधनपछि उनकी बिरालो चौपेट १९.५ करोड डलर (२२ अर्ब रुपैयाँ) को मालिक्निी बन्नेछिन् । फ्रान्सको मिडिया रिपोर्टका अनुसार लेगरफेल्डले आफ्नो बिरालोलाई उत्तराधिकारी घोषित गरेका थिए त्यसकारण उनको सम्पत्ति चौपेटले पाउने भएकी छिन् । ट्वीटरमा चौपेटको ५० हजार बढी फलोअर्सः लेगरफिल्डको सम्पत्ति पाएपछि चौपेट संसारको सबैभन्दा धनी बिरालो बन्नेछिन् । अहिले ब्रिटेनकी ब्ल्याक...
मौसम बदलीसँगै हल्का वर्षा र हिमपात

मौसम बदलीसँगै हल्का वर्षा र हिमपात

काठमाडौँ, १९ फागुन । पश्चिमी वायुको प्रभावले मौसममा सामान्य बदली भई आज पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान गर्दै पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रहने र बाँकी भागमा आंशिक बदली रहने जनाएको छ । सोमबार र मङ्गलबार पनि पहाडी क्षेत्रको मौसममा आंशिकदेखि सामान्य बदली रही केही स्थ...
बिरामी अस्पतालमै छाडेर भाग्छन् कुरुवा

बिरामी अस्पतालमै छाडेर भाग्छन् कुरुवा

काठमाडौँ, १९ फागुन । कडा खालको मानसिक रोगको उपचारका लागि दाजुसँग लगनखेलस्थित मानसिक अस्पताल आएका एक युवक आफ्नै दाजुले छाडेपछि अस्पतालमा अलपत्र छन् । एक महीना पहिले दाजुभाइसँगै अस्पताल आए पनि दुई साता पहिले दाजुले छाडेपछि युवक अहिले अस्पतालमै छन् । मानसिक रोगका बिरामी भएकाले ठेगाना कहिले कता त कहिले कता भन्ने गरेकाले पत्ता लगाउन नसकिएको अस्पतालले बताएको छ । युवकका दाजु औषधि किन्न भन्दै निस्के पन...
‘रवीन्द्र अन्तर्राष्ट्रिय विमानस्थल’ नामाकरण गर्न माग

‘रवीन्द्र अन्तर्राष्ट्रिय विमानस्थल’ नामाकरण गर्न माग

चिप्लेढुङ्गा, १९ फागुन । पोखराका पर्यटन व्यवसायीले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नाम ‘रवीन्द्र अन्तर्राष्ट्रिय विमानस्थल’ नामाकरण गर्न आग्रह गरेका छन् । फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारी एक विकासप्रेमी र पर्यटनका बारेमा स्पष्ट सोच भएका लोकप्रिय युवानेता भएकाले उहाँको सम्मानमा निर्माणाधीन विम...
पशुपतिनाथमा माछामासु, गाँजा बिक्रीवितरण र सेवन निषेध

पशुपतिनाथमा माछामासु, गाँजा बिक्रीवितरण र सेवन निषेध

काठमाडौँ, १९ फागुन । पाश अर्थात् बन्धनमा रहेकालाई मुक्ति दिने पशुपतिनाथको दर्शन गर्न देशविदेशका साधुहरु आउने क्रम बढ्दैछ । स्वदेश र विदेश गरी भारतका विभिन्न मठमन्दिरका साधु, स्वामी तथा योगीहरु पशुपतिनाथ, डोलेश्वर, कालमोचन घाट आदिमा बस्ने गर्छन् । यही फागुन २० गते लाग्ने शिवरात्रि मेलामा पशुपतिनाथका दर्शनार्थीलाई सहज बनाउन विभिन्न धार्मिक सामाजिक संस्था तथा सेवा प्रदायक सरकारी एवं गैरसरकारी निका...
‘आफ्नो गाउँ आफैँ बनाऔँ’ का थालनीकर्ता कम्युनिष्ट नेता भरतमोहन

‘आफ्नो गाउँ आफैँ बनाऔँ’ का थालनीकर्ता कम्युनिष्ट नेता भरतमोहन

काठमाडौँ, १९ फागुन । कानून व्यवसायबाट सामाजिक क्षेत्रमा लाग्नुभएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारी अर्थतन्त्रका विज्ञसमेत हुनुहुन्थ्यो । शनिबार राति ९ः३५ बजे काठमाडौँको ह्याम्स अस्पतालमा ८३ वर्षको उमेरमा निधन हुनुभएका नेता अधिकारी मनमोहन स्मृति प्रतिष्ठान र मनमोहन पोलिटेक्निकका अध्यक्ष तथा नेपाली कम्युनिष्ट आन्दोलनका अविश्र...
गोली हानी युवकको हत्या

गोली हानी युवकको हत्या

सर्लाही, १९ फागुन । सर्लाही सदरमुकाम मलङ्गवामा गए राति अज्ञात समूहले गोली हानी एक युवकको हत्या गरेको छ । गोली लागेर मलङ्गवा नगरपालिका–८ का ३१ वर्षीय मनोज यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मलङ्गवा नगरपालिका–८ शीतभण्डार नजिक सडक छेउमा गोली हानी हत्या गरिएको अवस्थामा यादवको शव देखेर आज बिहान स्थानीयवासीले प्रहरीलाई जानकारी गराएका थिए । घटनामा संलग्नको खोजी तीव्र पारिए...
रियल मड्रिड ला लिगामा पनि बार्सिलोनासँग हार्‍याे

रियल मड्रिड ला लिगामा पनि बार्सिलोनासँग हार्‍याे

एजेन्सी । स्पेनीस ला लिगा अन्तर्गत आइतबार बिहान भएको खेलमा बार्सिलोनाले रियल मड्रिडलाई पराजित गरेको छ । जितसँगै बार्सिलोना रियल भन्दा १२ अंकले शिर्ष स्थानमा पुगेको छ । भने एटलेटिको मड्रिड ५० अंकले दोस्रो स्थानमा रहेको छ । रियलको मैदानमा भएको खेलमा बार्सिलोनाको जितका लागि इवान राकिटिकले गोल गरे । २६ औँ मिनेटमा गरेको इवानको गोल विजयी गोल बन्न पुगेको हो ।यसअघि बुधबार कोपा डेल रेमा बार्सिलोनाले रिय...
पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको  निधन

पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधन

काठमाडौ, १९ फागुन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको हिजो राति निधन भएको छ । फोक्सो र मुटुको समस्याले तीन सातादेखि धूम्रबाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत नेता अधिकारीको हिजो राति ९ः३५ मा निधन भएको अस्पतालका मेडिकल डारेक्टर डा भाष्करराज पन्तले विज्ञप्तिमार्फत जानकारी गराउनुभयो । नेताअधिकारीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न उहाँको पार्थ...
पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको  स्थिति नाजुक

पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्थिति नाजुक

काठमाडौँ, १८ फागुन । पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्यस्थित गम्भीर रहेको उहाँको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा विगत तीन सातादेखि उपचाररत उहाँलाई कृत्रिम श्वासप्रश्वासका लागि ‘भेन्टिलेटर’मा राखिएको छ । अस्पतालका मेडिकल डाइरेक्टर डा भाष्करराज पन्तका अनुसार उहाँको रक्तचाप बढाउन औषधि प्रयोग गर्नुपरेको छ भने शरीर महत्वपूर्ण अङ्गले काम गर्न...
श्रीमतीलाई बुझ्न बनाइयो एप

श्रीमतीलाई बुझ्न बनाइयो एप

जापानको एक कम्पनीले श्रीमतीको व्यवहार जान्नका लागि एउटा एप बनायो । उद्देश्य थियो, सानो बच्चाको लालनपालनमा आमा–बुवा दुबैको सहभागिता बढाउनु । तर एपको प्रोमोशनको लागि बनाइएको वेबसाइटमा श्रीमानलाई यस्तो सल्लाह दिएको छ जसका कारण मानिसहरुले कम्पनीलाई महिला विरोधी बताएको छ । कम्पनीको वेबसाइटमा संरचना, सर्किट र सिग्नलको आधारमा महिलाको दिमाग पुरुषको भन्दा भिन्न हुने भएकाले महिला र पुरुषबीच झगडा हुने गरे...
भारत नियन्त्रित काश्मिरमा छ को मृत्यु ३० घाइते

भारत नियन्त्रित काश्मिरमा छ को मृत्यु ३० घाइते

श्रीनगर, १८ फागुन । भारत नियन्त्रित काश्मिरमा भएको दुर्घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको छ भने अरु ३० जना घाइते भएका छन् । यात्रु बोकेको बस पहाडी बाटोबाट तल खसेर दुर्घटना भएको स्थानीय प्रहरी अधिकारीले शनिबार जानकारी दिएका छन् । भारत नियन्त्रित काश्मिरको गृष्मकालिन राजधानी श्रीनगरबाट झण्डै २०४ किलोमिटर टाढा पर्ने उधाम्पुर जिल्लाको माजाल्तामा शुक्रबार राति दुर्घटना भएको हो । दुर्घटनामा परी...
‘मौसमी बेलुन’ को नियमित उडान शुरु

‘मौसमी बेलुन’ को नियमित उडान शुरु

काठमाडौँ, १८ फागुन । मुलुकको मौसमी सूचना प्रणालीलाई व्यवस्थित, प्रभावकारी र थप विश्वसनीय बनाउन शुक्रबारदेखि ‘मौसमी बेलुन’ को नियमित उडान शुरु गरिएको छ । मौसमी बेलुन त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको रेडियसन उडान केन्द्रबाट बिहान ५ः४५ बजे नियमित उडान शुरु गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मन्त्रालयअन्तर्गतको विभाग र त्रिभुवन विश्वविद्...
दुर्घटनामा एकको मृत्यु

दुर्घटनामा एकको मृत्यु

राजविराज, १८ फागुन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–६ मा दुर्घटनामा परी आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक वोदेबर्साइन नगरपालिका– १ बस्ने ३९ वर्षीया कपुरदेवी मण्डलको मृत्यु भएको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताउनुभयो । उहाँ मोटरसाइकलको पछाडि बस्नुभएको थियो । त्यस्तै चालक उहाँका पति दुर्गानन्द र सोही मोटरसाईकलमा सवार निजकै १२ व...
जीप दुर्घटनामा सात महिलासहित ११ जनाको मृत्यु

जीप दुर्घटनामा सात महिलासहित ११ जनाको मृत्यु

दार्चुला, १८ फागुन । दार्चुला–तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा हिजो जीप दुर्घटना भएको छ । दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र कठायतका अनुसार मृत्यु हुनेमा सात महिला, तीन पुरुष र एक बालिका रहेका छन् । मृतकको सनाखत हुन सकेको छैन । सदरमुकाम खलङ्गाबाट हिकिलातर्फ गइरहेको म१ज २८० नंको जीप महाकाली नदीमा खसेको हो । सख्त घाइत...
हेलिकप्टर दुर्घटना : चारको पशुपति आर्यघाटमा दाहसंस्कार

हेलिकप्टर दुर्घटना : चारको पशुपति आर्यघाटमा दाहसंस्कार

काठमाडौँ, १७ फागुन । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका चार जनाको आआफ्नै विधि, परम्परा र संस्कृति अनुसार आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्...
शैक्षिक सत्र शुरु तर विद्यालय बन्द

शैक्षिक सत्र शुरु तर विद्यालय बन्द

हुम्ला, १७ फागुन । हिमाली जिल्ला हुम्लामा शैक्षिक सत्र शुरु भएता पनि हिमपातका कारणले विद्यालय खोलिएका छैनन् । हुम्लालगायत देशका अधिकांश हिमाली जिल्लामा फागुनबाट नयाँ शैक्षिक सत्र शुरु हुने गर्दछ । जिल्लामा भारी हिमपात भई विद्यालय परिसरसँगै झ्याल ढोकाभन्दा माथिसम्म हिउँ जमेपछि विद्यालय नखोलिएको जिल्ला शिक्षा समन्वय समितिका प्रमुख वर्षबहादुर फडेराले जानकारी दिनुभयो । सात वटा गाउँपालिका रहेको हुम...
शनिबारदेखि पुन : वर्षा दोहोरिने

शनिबारदेखि पुन : वर्षा दोहोरिने

काठमाडौँ, १७ फागुन । गत मङ्गलबार प्रवेश गरेको पश्चिमी वायुको प्रभाव आज सकिएपछि मौसम सफा रहे पनि शनिबारबाट पुनः वर्षा शुरु हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार अर्काै जलवाष्पयुक्त नयाँ प्रणाली प्रवेश हुने भएकाले वर्षाको सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो । उहाँका अनुसार आज मौसममा केही सुधार भई घाम लागे पनि भोलिदेखि फेरि प्रभावित हुनेछ । देशको अधिकांश भू–भ...
बाबुको किरिया गर्दै १५ वर्षीया किशोरी

बाबुको किरिया गर्दै १५ वर्षीया किशोरी

भरतपुर, १७ फागुन । भरतपुर महानगरपालिका–११ बसेनीकी १५ वर्षकी आर्मिन्ता देवकोटा बाबुको किरिया बस्नुभएको छ । छोराले मात्रै बुबाआमाको काज–किरिया गर्ने परम्परालाई तोड्दै उहाँ हिन्दू संस्कारअनुसार आफै किरिया बस्नुभएको हो । उहाँका बाबु लक्ष्मण देवकोटाको फागुन ९ गते ३९ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको थियो । गोरखाको पालुङटार घर भई शिक्षक पेशामा आवद्ध बाबु लक्ष्मणको निधन भएपछि ठूली छोरी आर्मिन्ता...
शाहरूख र अक्षय एकसाथ सिनेमामा

शाहरूख र अक्षय एकसाथ सिनेमामा

एजेन्सी ।  बलिउड अभिनेता शाहरूख खान र अक्षय कुमार एकसाथ आउने भएका छन्। उनीहरू दक्षिण भारतिय मलयालम सिनेमा 'कोडिसमक्षम बालन वकिल'को हिन्दी रिमेकमा एकसाथ आउन थालेको भारतिय संचारमाध्यमले जनाएका छन्। गत वर्ष यी दुबै स्टारबिच 'जोली एलएलबी ३'लाई लिएर मनमुटाव भएको खबर सार्वजनिक भएको थियो । 'जिरो' फ्ल्प भएपछि राम्रो प्रोजेक्टको खोजीमा रहेका शाहरुखका लागि अक्षयसँगको सहकार्यले राहत दिने अपेक्षा गरिएको छ।...
इन्स्टाग्रामभन्दा डेढ गुणा बढी डाउनलोड भयो टिकटक

इन्स्टाग्रामभन्दा डेढ गुणा बढी डाउनलोड भयो टिकटक

सोसल भिडियो सेयरिङ एप टिकटक एक अर्ब बढीपटक डाउनलोड भइसकेको छ । सन् २०१८ मा यसलाई ६६ करोड बढी पटक डाउनलोड गरियो जबकी इन्स्टाग्राम ४४ करोड ४० लाख पटक डाउनलोड भएको छ । यो जानकारी ऐप एनालिटिक्स कम्पनी सेन्सर टावरको एक रिपोर्टले सार्वजनिक गरेको हो । रिपोर्ट अनुसार टिकटक चर्चित हुँदा फेसबुक र स्न्यापच्याटजस्ता ठूला कम्पनी प्रभावित हुनेछन् ।
ओसामाका छोरा हमजामाथि अमेरिकाले राख्यो ११ करोड रुपैयाँ इनाम

ओसामाका छोरा हमजामाथि अमेरिकाले राख्यो ११ करोड रुपैयाँ इनाम

अमेरिकाले अल–कायदा नेता ओसामा बिन लादेनका छोरा हमजा बिन लादेन बारे जानकारी दिनेलाई एक मिलियन डलर (११ करोड रुपैयाँ) इनाम दिने घोषणा गरेको छ । जिहादको युवराज नामबाट चर्चित हमजा बिन लादेनलाई अमेरिकाले थुप्रै वर्षदेखि खोजिरहेको छ । कहिले उनी पाकिस्तानमा त कहिले अफगानिस्तानमा भएको खबर आइरहन्छ । हमजा, ओसामाका तीन जीवित श्रीमतीमध्ये एक खैरिया सबारका छोरा हुन् जो एबटाबादको एक परिसरमा आफ्ना श्रीमान ओसा...
असिनापानीले दश लाख बढीको तरकारी नष्ट

असिनापानीले दश लाख बढीको तरकारी नष्ट

गलेश्वर, १७ फागुन । बुधबार राति परेको असिनापानीले म्याग्दीको बेनी नगरपालिका–२ खबराका कृषकले आफ्नो खेतबारीमा लगाएको लाखौँको तरकारी नष्ट गरेको छ । राति १२ बजेदेखि परेको भीषण असिनापानीले टिपेर बिक्री गर्ने तयारीमा रहेको तरकारी खेतीमा क्षति पुर्याएको हो । असिना र पानीले बन्दा, काउली, आलु, गाजर, रायोसाग, लसुन, प्याज, मुलालगायतका बेमौसमी तरकारी खेतीमा क्षति पुर्याएको कृषकले गुनासो गरेका छन् । नगरपालि...
प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि

प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि

काठमाडौँ, १७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेको मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभीरमा हेलिकप्टर दुर्घटना हुँदा सबैको निध...
आगलागीबाट चौध बाख्रा मरे

आगलागीबाट चौध बाख्रा मरे

गलेश्वर, १७ फागुन ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीमा गोठमा भएको आगलागीबाट १४ बाख्रा मरेका छन् । स्थानीय कृषक आइती गर्वुजाको गोठमा रहेका पशु चौपायालाई न्यानो गराउन बालिएको आगो गोठमा सल्किएर आगलागी हुँदा बाख्रासहित गोठभित्र रहेका सामान जलेर रु १ लाख ५७ हजार बढीको क्षति भएको स्थानीय पुर्ख फगामीले जानकारी दिनुभयो । हिमपातका कारण कठ्याङ्ग्रिएका गाई र बाख्रालाई न्यानो बनाउन साँझ बालिएको आगो ...
आइसिसी टि–२० वरियतामा नेपालका तीन खेलाडी

आइसिसी टि–२० वरियतामा नेपालका तीन खेलाडी

काठमाडौँ, १७ फागुन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको टि–२० नयाँ वरियतामा नेपालका तीन खेलाडी अटाएका छन् । आइसिसीले बिहीबार राति सार्वजनिक गरेको नयाँ वरियतामा कप्तान पारस खड्का, सोमपाल कामी र वसन्त रेग्मीले स्थान बनाएका छन् । वरियताको अलराउण्डरतर्फ कप्तान पारस ३८औँ स्थानमा उक्लिएका छन् । ७६ अङ्क पाएका कप्तान पारसको यो करिअरकै ठूलो वरियता हो । अघिल्लो महीना पारस ४०औँ स्थ...
मन्त्री अधिकारीको अन्त्येष्टि पोखराको रामघाटमा हुने

मन्त्री अधिकारीको अन्त्येष्टि पोखराको रामघाटमा हुने

पोखरा, १७ फागुन । हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको श्रद्धाञ्जलि कार्यक्रम पोखराको प्रदर्शनी केन्द्रमा हुने भएको छ । काठमाडौँबाट आज मध्याह्न दिवङ्गत मन्त्री अधिकारीको पार्थिव शरीर पोखराको विमानस्थलमा ल्याएपछि प्रदर्शनी केन्द्रमा राखिने गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले जानकारी गराउनुभयो । मन्त्री ब...
कवाडी सङ्कलन केन्द्रमा आगलागी

कवाडी सङ्कलन केन्द्रमा आगलागी

चितवन, १७ फागुन । भरतपुर महानगरपालिका–४ लङ्कुको धर्मचोकमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहीबार राति १ः३० बजे धर्मचोकमा रहेको कवाडी सङ्कलन केन्द्रमा आगलागी भएको हो । प्रदीप गुप्ताद्वारा सञ्चालित सो केन्द्रमा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा लिइएको थियो । दमकल, स्थानीयवासी, प्रहरी, नेपाली सेनाको टोलीले आगो नियन्त्रणमा लिएको हो । आगलागी हुनुको कारण खुल्न न...
error: Content is protected !!