चरीकोट, १ चैत । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले मजदुर बोक्न प्रयोग गर्दै आएको बस आज दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुर्खेत, चौकुने– ३ घर भएका ३८ वर्षीय दिनेश थापा र लमजुङ, मस्र्याङ्दी–३ घर भएका ४४ वर्षीय हीरा मिजार रहेको प्रहरी निरीक्षक प्रदीप महतले जानकारी दिनुभयो ।

बिहान ७ः३० बजे दोलखाको विगु गाउँपालिका– १ नयाँबाटो स्थित सिनो हाइड्रो प्रोजेक्टको कामदार बोक्न प्रयोग गर्दै आएको वा ४ ख ४५७३ नं को रोल्वालिङ यातायातको बस दुर्घटनामा करीब २० कामदार घाइते भएकामा आठ जना गम्भीर छन् । घाइतेको थप उपचारका लागि चरीकोट पठाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!