प्रितम र आयुषको ‘सारेगमप लिटिल च्याम्स’ मा धमकेदार प्रस्तुती
काठमाडौं । चर्चित भारतीय रियालिटी शो ‘सारेगमप लिटिल च्याम्स’ मा नेपाली बालकहरु प्रितम आचार्य र आयुष केसीले धमकेदार प्रस्तुती दिएका छन्। आइतबार राती प्रसारण भएको शोमा पनि प्रितम र आयुष केसीले राम्रो प्रस्तुति दिँदै टप १४ भित्र पर्न सफल भएका छन् ।
शोमा प्रितमले ‘दिवाना’ फिल्मको गायक कुमार सानुले गाएको गीत ‘सोचेंगे तुम्हे प्यार’ गाएका थिए । उक्त गीतका कारण उनले जुरीबाट शत प्रतिशत नम्बर प्राप्त गरे...































